सम्पादकीय______ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, August 2, 2020

सम्पादकीय______


काँग्रेस जाग्ने हो भने स्थानीयतह निर्वाचनमा वडामा हार्नेलाई जिल्ला र  पालिकामा हार्नेलाई प्रदेश र केन्द्रको उम्मेदवार बन्न नपाउने नीति तय गर्नुपर्छ

नेपाली काँग्रेसको १४औं महाधिवेशनको सरगर्मी शुरु भएको छ । आउँदो फागुन ७ गतेदेखि १० गतेसम्मका लागि तय भएको उक्त अधिवेशनले पार्टी नेतृत्वको चयन गर्नेछ । त्यसका लागि आवश्यक क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्यका लागि यही साउन मसान्तको अवधि तोकिएको छ भने जिल्ला अधिवेशन पुस १३ गते(लमजुङजस्तो जिल्लाको हकमा) हुनेछ । प्रदेश भन्ने रहरको मात्र खेती भएको हुँदा जिल्ला नेतृत्व र केन्द्रको नेतृत्व चयनले विशेष महत्व राख्ने छ । 

काँग्रेसले जे जसरी लोकतन्त्रमा विश्वास गर्दै आएको छ, त्यो देखाएको पनि छ । त्यसअनुरुप आफ्नै पार्टीभित्र लोकतान्त्रिकरण गर्न सकेको अवस्था छैन, यो आम बुझाई मात्र होइन सोही दलको व्यवहारबाट प्रमाणित वस्तुगत तथ्य समेत हो ।  

पछिल्ला धेरै वर्षदेखि काँग्रेस विधि विधानका साथ चल्नुभन्दा पनि नेतृत्वको लहडका भरमा चलेको देखिदै आएकोछ । पार्टीका सभापतिहरूले पार्टीको विभिन्न अंगका रुपमा रहेका पार्टीका भातृ संगठनलाई पार्टी अधिवशेन सम्पन्न भएको ६ महिनाभित्र गठन    गरी सक्नु पर्ने विधानमा उल्लेख छ । तर पछिल्लो कार्यकालका सभापतिहरू कसैले कार्यकालभर त्यसलाई जगाउने प्रत्यन समेत गरेको देखिएन भने कसैले कार्यकालको ६/७ महिना बाँकी रहदा जन्माएका छन् । यी र यस्तै कारणले काँग्रेस नेतृत्वको लहडका    भरमा चलेको देखिदै आएको हो भन्दा अतिशयोक्ति हुँदैन । 

जुन कुनै पनि पार्टीको आत्मा भनेको उसले अंगिकार गरेको सिद्धान्त, नीति, व्यवहार (कार्यान्वयनपक्ष) आदि हो । काँग्रेसले अंगिकार गरेको भनिएको समाजवाद देखाउने दाँतभन्दा भिन्न रहन सकेको छैन । प्रजातन्त्र आफ्नो दलभित्र नभएपछि बाह्य दुनियाँमा फुक्नुको कति अर्थ रहला त्यसमा पनि कि देशमा तानाशाही शासन हुनु   पर्‍यो । आजका दिनसम्म नेपाललाई लोकतान्त्रिक देशकै सूचिमा अंकित गरिएको छ । यसैले त्यो दलको प्रजातन्त्रको पनि यतिबेला खासै अर्थ देखिदैन । सिंगो देश नै प्रजातान्त्रिक भएपछि एउटा दल प्रजातान्त्रिक हुनु नहुनुको खासै अर्थ रहन्न भलै देशमा प्रजातन्त्रको स्थापनार्थ उक्त दलले पटक पटक नेतृत्व लिएको किन नहोस् । 

राजनीतिक दल उर्जाशील हुनुपर्छ सदैव । त्यसको अर्थ भनेको जनजीवनसँग भिजेको र जनजीवनले स्वीकृत गरेको, आत्मसात गरेको हुनु पर्छ भन्नु हो । त्यसका लागि काँग्रेसले यस लेखनीको शीर्षकमा भनिएको जस्तो स्थानीय तहको चुनावका बेलामा आफ्नो वडामा पार्टीलाई जिताउन नसक्नेहरूलाई पार्टीको जिल्लास्तरको चुनावमा लड्न नपाउने र आफ्नो पालिका(नगर/गाउँ दुवै)मा पार्टीलाई जिताउन नसक्नेहरूलाई प्रदेश र केन्द्रमा हुने दलको निर्वाचनमा भाग लिन नपाउने नीति तय गर्नु पर्छ । यस्तो गर्दा यदि कुनै पार्टीका लागि नेतृत्व तहमा नभई नहुने होनहार व्यक्ति छुटेमा मनोनित गरेर तान्ने (२,३ जना) सकिने प्रावधान राख्दा भयो । यस्तो नीति तय गरी कार्यान्वयनमा जाने हो भने त्यस दलमा देखिने गरेको गुटबन्दीको पनि धेरै हदसम्म अन्त्य हुनेछ । कार्यकर्ता गाउँ/वडा तहबाटै फिल्टर भएर आउन थाल्ने छन् । नेताको वरपर घुमेर ठूलो मान्छे बन्ने पद्दति पनि प्रायः निमिट्यान्न हुनेछ । के यस्तो नीति लागू गर्ने हिम्मत छ काँग्रेसको नेतृत्व गणमा ?

No comments:

Post a Comment