जनगुनासो पछि अवैध प्याथोलोजी ल्याबमा प्रशासनको ताल्चा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 10, 2020

जनगुनासो पछि अवैध प्याथोलोजी ल्याबमा प्रशासनको ताल्चा

अन्तरङ्ग संवाददाता

सुन्दरबजार(लमजुङ) । लमजुङमा अवैध रुपमा सञ्चालन गरिएको एक प्याथोलोजी ल्याबमा जिल्ला प्रशासन कार्यालयले ताल्चा लगाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका- ६ को मिलन टोलमा सञ्चालन गरिएको लालीगुँरास प्याथोलोजी ल्याब अनुमति बिना सञ्चालन गरेको पाइएकोले आइतबार ताल्चा लगाइएको हो । 

जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीको नेतृत्वमा गएको टोलीले उक्त ल्यावमा ताल्चा लगाउने काम गरेको हो । ल्याबका प्रोपाइटरले फार्मेसी पनि सञ्चालन गरेका रहेछन्, त्यो अपडेट रहेछ सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर ल्याब घरेलुमा दर्ता गर्नु बाहेकका कुनै पनि पक्रिया पुरा गरेको पाइएन । ल्याबका साथमा एक्सरे, २४ घण्टे सेवा आदि गरी क्लिनिक नै सञ्चालन गरेका रहेछन् तर तिनका लागि आवश्यक कागजान केही भेटिएन अनि बन्द गरेर फर्कियौं ।’ 

उक्त ल्याव विगत तीन वर्षदेखि सञ्चालनमा रहेको स्थानीयले बताएका छन् । 

अनुगमन गर्ने सो टोलीमा स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाको प्रमुख रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । पत्रकारहरूलाई खबर गर्नु भएन ? भन्ने जिज्ञासामा जनगुनासो आएकोले अपर्झट जस्तो काम गर्नु परेको हुँदा अन्यत्र खबर गर्न लागिएन शाहीले भन्नुभयो । उहाँका अनुसार सो क्रममा अन्य पाँचवटा औषधि पसल पनि अनुगमन गरिएको थियो ।

No comments:

Post a Comment