

अन्तरङ्ग संवाददाता
काठमाडौं । सरकारलाई अटेर गर्ने प्रवृत्ती र अनुगमनको फित्तलो पद्दतिका कारणले गर्दा मोबाइल सेवाप्रदायकहरू प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्ने गरेका छन् । गत चैत महिनाबाटै यस्तो हुँदै आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको नयाँ निर्देशिकामा मोबाइलबाट मोबाइलमा र ल्यान्डलाइन फोनबाट मोबाइलमा हुने कलको अन्तरआवद्धता शुल्क घटानुपर्ने व्यवस्था गर्दै दुबै किसिमका अन्तरआवद्धतामा प्रतिमिनेट १० पैसा शुल्क मात्रै कायम हुनुपर्ने उल्लेख छ । जस अनुसार एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइल (टेलिकम र एनसेल, एनसेल र स्मार्टसेल तथा स्मार्ट सेल र टेलिकम) नेटवर्कमा हुने कलमा अहिले लिइँदै आएको अन्तरआवद्धता शुल्क प्रतिमिनेट ४४ पैसा कम हुनुपर्ने हो । तर आजका दिनसम्म सेवा प्रदायकहरुले अहिले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा ५४ पैसा अन्तरआवद्धता शुल्क जोडेर ब्यालेन्स काट्ने गरेछन् । सरकारी नियम भन्छ, यस्तो शुल्कमा प्रतिमिनेट १० पैसा मात्रै काट्न पाइन्छ । उदाहरणका लागि नेपाल टेलिकमको प्रिपेडबाट एनसेल वा स्मार्ट सेलमा फोन गर्दा मिनेटको २ रुपैयाँ लाग्ने गरेको छ । नियमानुसार सो शुल्क घटेर प्रतिमिनेट १.५६ रुपैयाँ हुनुपर्ने हो । त्यस्तै, पोस्पेडको शुल्क १.०६ रुपैयाँ हुनुपर्ने हो तर १.५० रुपैयाँ नै लाग्छ गरेको छ । यस प्रकार सबै नेटवर्कहरू बीचको अन्तरआवद्धता शुल्क घट्नुपर्ने हो । तर घटेको अवस्था छैन ।
लगानीका आधारमा नाफाको मार्जिन राख्नुपर्ने भन्दै प्राधिकरणले बिना आधार बढी शुल्क लिन नपाइने बताउँदै आएको छ । तर एनसेलले सबै नेटर्वकमा प्रतिमिनेट २.५४ रुपैयाँ शुल्क लिन्छ । त्यस्तै, स्मार्ट सेलले सबै नेटवर्कमा प्रतिमिनेट १.९२ रुपैयाँ शुल्क असुन्ने गरेको छ । यी दुई सेवा प्रदायकले प्राधिरकणलाई छल्न अन्तरआवद्धता शुल्क नदेखाइए पनि सेवालाई मँहगो नै राखेका छन् ।
सरकारी नियमको पालना गरिएको भए यतिबेला फरक नेटवर्कहरूमा हुने कलमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपथ्र्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । त्यस्तो सुविधा सेवाग्राहीले कहिले पाउन
तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका- २०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा आएको निर्देशिकालाई उनीहरुले कुल्चिरहँदा दुरसञ्चार प्राधिकरणले कारवाही गर्न सकेको छैन ।
एउटा सेवा प्रदायक कम्पनीको मोबाइलबाट अर्को सेवा प्रदायक कम्पनीको मोबाइलमा फोन गर्दा फरक फरक नेटवर्कहरू जोडिनुलाई ‘अन्तरआवद्धता’ भनिन्छ । हाल यस्ता फरक नेटवर्कहरुमा कल गर्दा अहिले मँहगो शुल्क लाग्छ । नेपाल टेकिलम, एनसेल र स्मार्ट सेलले एक अर्काको नेटवर्कमा फोन गर्दा आफ्नै नेटवर्कको फोनमा लाग्ने भन्दा मँहगो शुल्क लिने गरेका छन् ।
विदेश कल पनि सस्तिएन
यो निर्देशिका लागू भएपछि विदेशबाट आउने कल पनि सस्तिनु पर्ने हो तर त्यस्तो भएको छैन । यो नियमलाई पनि सेवा प्रदायकले धोति लगाउँदै आएका छन् ।
No comments:
Post a Comment