तनहूँ– तनहूँमा भानु नगरपालिकाले आफ्ना सम्पूर्ण सेवाहरू स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण तथा रोकथामका लागि नगरपालिका कार्यालयकाले आफ्ना सम्पूर्ण सेवा स्थगित गरेको हो ।
भानु अन्तरगतका सम्पूर्ण वडाका सेवाहरू समेत साउन २७ गतेबाट बन्द गरिएका छन् । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आजदेखि भदौ २ गतेसम्मका लागि नगरपालिकाका कार्यालय र वडाकार्यालयबाट प्रवाह हुँदै आएको सबै सेवाहरू स्थगित गरिएको जनाएको छ । पिसिआर रिपोर्टको आधारमा अर्को निर्णयले थप्ने वा खोल्ने निर्णय गर्ने मेयर उदयराज गौलीले बताउनु भयो । उहाँका अनुसार भानु नगरपालिका– १ भन्सारमा समुदायमा कोरोना संक्रमण देखिएकोले कन्ट्र्याक्ट ट्रेसिङ गर्नु पर्ने भएकोले सम्पुर्ण सेवा स्थगित गर्नु परेको हो । उहाँले भन्नुभयो, ‘नगरपालिका भित्र रहेका अत्यावश्यक बाहेकका बस्तु वा सेवाहरूको कारोबार बन्द गरिनुका साथै सम्पूर्ण संघ÷संस्था, बैंक तथा वित्तीय संस्थाका सेवाहरू बन्द गरिएको छ ।
यसैगरी नगरपालिका क्षेत्र भित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवा समेत बन्द गरिएको मेयर गौलीले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘यो अवधिमा पनि कोरोना भाइरस(कोभिड– १९) नियन्त्रण तथा रोकथाम र उपचार सम्बन्धि सम्पूर्ण कार्य, स्वास्थ सम्बन्धि कार्य र बिपद व्यवस्थापन सम्बन्धि कार्यहरू भने नियमित सञ्चालन हुन

No comments:
Post a Comment