१३औं राष्ट्रिय सूचना दिवस : सूचना अधिकारीमा पहुँच पुृर्याउन निर्देशन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, August 21, 2020

१३औं राष्ट्रिय सूचना दिवस : सूचना अधिकारीमा पहुँच पुृर्याउन निर्देशन

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा १३औं राष्ट्रिय सूचना दिवसका अवसरमा सूचना अधिकारीमा सूचनाको पहुँच पु¥याउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले त्यस्तो निर्देशन दिएका हुन् । 

१३औं राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारीको नामावली सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रशासन कार्यालयमा ३० वटा सरकारी कार्यालय र ८ वटा स्थानीय तह गरी जिल्ला स्थित ३८ वटा कार्यालयका सूचना अधिकारीको नाम र उनीहरूको स्थायी मोवाइल नंबर सार्वजनिक गरेका हुन् । उनका अनुसार कार्यालयमा आउने सेवाग्राहीको सबै कार्यालयका सूचना अधिकारीको बारेमा जानकारी पाउने र सूचनाको पहुँच पु¥याउन सहज हुनेछ । उनले भने, ‘पछिल्ला दिनमा सूचना अधिकारीले यथार्त सूचना दिन नसकेको र सूचनामा सूचना अधिकारीकै पुहँच नपुगेको गुनासो आइरहेकाले यसको अत्यका लागि पनि सबै कार्यालयका प्रमुखलाई कार्यालय प्रमुखको बैठकमा सूचना अधिकारीको पहुँच पु¥याउन भनिसकिएको छ ।’ सार्वजनिक सरोकारका निर्णयहरु सूचना अधिकारीलाई उपलब्ध गराउन र सूचनाको पहुँच पु¥याउन यसअघि दिएको निर्देशनको पुनः स्मरण गर्दै कार्यान्वयन नभएको भए तत्काल कार्यान्वयन गरिनु पर्ने उनले बताए । 

नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ । वि.सं. २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो ।

No comments:

Post a Comment