लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा घरभाडामा लिएर विभिन्न पेशा व्यवसाय सञ्चालन गरी आएका घरबेटीहरू सम्मानित भएका छन् । लमजुङ उद्योग वाणिज्य संघले घरबेटीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
लकडाउनको बन्दाबन्दीका कारण व्यवसायीमा धेरै मर्का परेकोले घरभाडा लिएर व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई छुट गरेको घरबेटीहरूले बताएका छन् । पहिलो चरणमा ६ जना घरबेटीलाई सम्मान गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । उनका अनुसार सम्मानित व्यक्तिहरूलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सम्मानित हुनेहरू बेसीशहर– ८ का गुणराज सिलुवाल, कृपाराम श्रेष्ठ, शिव सिलवाल, रामकुमार श्रेष्ठ तथा बेसीशहर– ७ का पार्वती श्रेष्ठ र मोहन बोहोरा छन् । उनीले आफ्नो घर तथा जग्गामा पेशा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई घरभाडा छुट गरेका छन् ।
बेसीशहर– ८ का कृपाराम श्रेष्ठले उनको जग्गामा संचालन गर्दै आएको ग्रिन कटेज होटल एण्ड रेष्टुरेन्टका सञ्चालक मानवसिंह ठकुरीलाई चैत्र, बैशाख र जेठ महिना गरी ३ महिनाको ४५ हजार भाडा छुट दिएको रेष्टुरेन्टका सञ्चालक मानवसिंह ठकुरीले बताए । उनले भने, ‘घरबेटीले ३ महिनाको भाडा छुट गरिदिँदा हौसला बढेको छ ।’
त्यस्तै, लमजुङ उद्योग वाणिज्य संघको द्वितीय उपाध्यक्ष रहेका बेसीसहर– ८ निवासी गुणराज सिलुवालले लामा स्टोर्सका सञ्चालक देवप्रसाद लामालाई एक महिनाको २५ हजार ५ सय, एस एण्ड एस मोबाइल सेन्टरका सञ्चालक सरोज मजाकोटीलाई ४५ दिनको ३० हजार र जोशी विजुली एण्ड मोबाइल हाउसका सञ्चालक मनोज जोशीलाई ४५ दिनको ७ हजार ५ सय भाडा छुट दिएका छन् ।
यसैगरी, लमजुङ उद्योग वाणिज्य संघको कार्यकारी सदस्य समेत रहेकी बेसीशहर– ७ निवासी पार्वती श्रेष्ठले आफ्नो घरमा व्यवसाय संचालन गर्दै आएका एस के फेसन होमका सञ्चालक सरस्वती श्रेष्ठलाई २ महिनाको ४० हजारका दरले ८० हजार, पोखरा टप टेलर्सका संचालक दीपक परियारलाई एक महिनाको २० हजार, सुरेन्द्र किराना पसल एण्ड तरकारी पसल सञ्चालन गर्दै आएका व्यवसायी सुरेन्द्र शाहलाई एक महिनाको २० हजार घरभाडा छुट दिएकी छन् ।
यसैगरी, बेसीशहर– ८ का शिवराम सिलवालले उहाँको घरमा लमजुङ आँखा उपचार केन्द्रका सञ्चालक अशोक अधिकारीलाई एक महिनाको ४० हजार र राजेन्द्र श्रेष्ठलाई एक महिनाको २० हजार घरभाडा छुट दिएका छन् । बेसीशहर– ७ का मोहन बोहोराले आफ्नो घरमा बाग्लुङपानी होटल सञ्चालन गर्दै आएका प्रतिकप्रसाद गुरुङलाई एक महिनाको ३४ हजार रुपैयाँ छुट दिएका छन् । बेसीशहर– ८ का रामुकार श्रेष्ठले आफ्नो घरमा विपिएच इन्टरनेशनल प्रालिका सञ्चालन राज रम्तेललाई एक महिनाको ३५ हजार भाडा छुट दिएको जानकारीमा आएको छ ।

No comments:
Post a Comment