पोखरा । शिक्षा
तालिम केन्द्र, गण्डकी प्रदेशले यस वर्ष भर्चुअल ल्याब बनाउने भएको छ । शिक्षकहरुका लागि आवश्यक अडियो तथा भिडियो सामग्री उत्पादन गर्ने गरी ल्याब तयार पारिने तालिम प्रमुख नेपालहरि रानभाटले बताए ।
माध्यमिक तह (९-१२)
का शिक्षकहरुका लागि आयोजित १० दिने पेसागत सिप विकास तालिमको बुधबार समापन गर्दै रानाभाटले यसै वर्ष वास्तविक भर्चुअल तालिम सञ्चालन गर्ने पक्षमा आफूहरु रहेको धारणा सुनाए । सूचना
तथा सञ्चार प्रविधिमा आधारित तालिम समापन कार्यक्रमका अध्यक्ष तथा तालिम प्रमुख
नेपालहरि रानाभाटले तालिममा सिकेका कुरालाई कक्षाकोठामा लागू गर्न सुझाव दिए ।
आजैदेखि आफ्ना विद्यार्थीलाई कसरी ज्ञान दिने भन्ने योजना बनाउन आग्रह गर्दै
रानाभाटले प्रविधिको प्रयोग गरेर स्रोतसम्म जाने बाटो देखाउने काम मात्रै तालिमले गरेको
बताए । अभ्याससहित अद्यावधिक भएर ज्ञानको भण्डार समृद्ध बनाउन शिक्षकहरुसँग उनको
आग्रह थियो । लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण प्रविधिकै माध्यमबाट सञ्चालन
गरिएको तालिमको थप प्रभावकारिता देखिएको उनले बताए ।
९०
प्रतिशत विद्यार्थी पढाइबाट बञ्चित भएको विषम परिस्थितिमा शिक्षकले कसरी पढाउन
सक्छन् भन्ने प्रश्न गर्नेहरुका लागि गतिलो जवाफ दिन सक्ने शैक्षिक जनशक्ति तयार
भएको उनको विश्वास थियो । कतिपय शैक्षिक क्षेत्रकै विज्ञहरुले पनि भर्चुअल तालिमको
औचित्यमाथि प्रश्न उठाउने गरेको अनुभव सुनाउँदै तालिम प्रमुख रानाभाटले सहभागीहरुको
प्रतिक्रियाले चाहिँ आफूहरु थप उत्साहित भएको बताए । जस्तोसुकै परिस्थितिमा पनि
तालिमका कार्यक्रमहरु रोक्नुनपर्ने सोच विकास भएको भनाइ उनले राखे । यस वर्ष
मात्रै १२ वटा समूहलाई भर्चुअल माध्यमबाट तालिम दिइएको उनले जानकारी दिए ।
तालिम
केन्द्रका शाखा अधिकृत विदुरहरि आचार्यको संयोजनमा भएको तालिममा सहभागीहरुका
तर्फबाट धारणा राख्दै डिल्लीराज उपाध्याय र मन्जू थापाले तालिम फलदायी रहेको बताएका
थिए । साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकहरुलाई समेत तालिम
केन्द्रले सहभागिताको अवसर दिनु सुखद् भएको उनीहरुको भनाइ थियो ।
असार २२
गतेदेखि सञ्चालन गरिएको तालिममा सूचना तथा सञ्चार प्रविधिमा आधारित रहेर पेसागत
विकास तालिम सञ्चालन भएको थियो । तालिममा खेमराज पौडेल,
श्रीकान्त पौडेल, केशव अम्गाईँ, श्रीकृष्ण
आचार्य, नेपालहरि रानाभाटलगायतले सहजीकरण
गरेका थिए ।
No comments:
Post a Comment