
Wednesday, July 15, 2020

आमा बिनाका ३ महिने शिशुलाई सहयोग
लमजुङ । लमजुङमा आमा बिनाका ३ महिने बालकलाई एक सामाजिक अभियन्ताले व्यक्तिगत रुपमा सहयोग गरेका छन् । बेसीसहर नगरपालिका– ८ को ठाडोलाइन, प्रगतिटोलमा बस्दै आएका बालक सुकबहादुर तामाङ र उनको हेरचाह गर्दै आएका जिजुआमा ६९ बर्षीया सुकमाया तामाङलगायत परिवारले सहयोग प्रदान गरिएका हो ।
ती बालक सुकबहादुर तामाङ जन्मिएको एक महिनामै आमाले छोडेर बेपत्ता भएकी थिइन् । उनलाई बालबालिकाको क्षेत्रमा काम गर्दै आएका पोखरास्थित नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङले १० हजार रुपैयाँ नगद पठाएर सो बराबरको १ बोरा चामल, आलु ३ किलो, दाल ३ किलो, खाने तेल ५ पोका, २ किलो प्याज, चिनी १ किलो, नुन १ पोका, चिपायपत्ती १ पोका सहयोग गरेका हुन् । साथै, बालकका लागि २ जोर लुगा, बेबी पाउडर, २ बोत्तल स्याम्पु, १ दर्जन नुहाउने साबुन, लुगा धुने १ दर्जन साबुन, ल्याक्टोजिन, झुललगायत लत्तकपडा, सरसफाई सामग्री, खाद्यान्नलगायत खरिद गरेर हस्तान्तरण गरिएको उक्त संस्थाका लमजुङ संयोजक अनिल गुरुङले बताए । उनका अनुसार ती सामग्री पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङले हस्तान्तरण गरेका हुन् ।
नमस्ते किड्स नेपालले लमजुङमा बुवाआमा गुमाएका, बुवाआमामध्ये कुनै एकजना गुमाएका, साथमा नरहेका, असाहय, अति गरीब परिवारका ४४ जनालाई महिनै पिच्छे खाद्यान्न, स्टेशनरी, लत्तकपडा, सरसफाई सामग्रीलगायत सहयोग गर्दै आएको छ ।
Tags
# बाल अन्तरङ्ग
# स्थानीय
Share This

हाम्रो बारेमा___________
लमजुङकै जेठो पत्रिका अन्तरङ्ग द्वैमासिक, पाक्षिक हुँदै हाल साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ । २०४९ साउन २३ गते जिल्ला प्रशासन कार्यालय, लमजुङमा दर्ता भई प्रकाशन सुरु भएको याे पत्रिका मूलत: साहित्य र समाचारसँग सम्बन्धित छ । यसलाई हामीले साहित्य प्रधान पत्रिका पनि भन्ने गरेका छौँ । कला साहित्य र संस्कृतिका माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने विश्वाससहित अघि बढेको यस पत्रिकाले लमजुङबाट सयौँ पत्रकार तथा साहित्यकार जन्माइसकेको छ । पत्रिकालाई ई पेपरमा पनि उपलब्ध गराउने र साहित्य र समाचारलाई अनलाइनबाट पनि पाठकसमक्ष पुर्याउने उद्देश्यले प्रारम्भिक चरणमा यो ब्लग सुरु गरिएको छ । आशा छ, पत्रिकालाई जस्तै यसलाई पनि यहाँहरुको पूर्ण साथ रहने छ ।
Newer Article
लमजुङ उद्योग वाणिज्य संघद्वारा घरभाडा छुट दिने घरबेटीलाई सम्मान
Older Article
बेसीशहरकी एक महिलामा डेंगु संक्रमण पुष्टि
लोक–संस्कृतीको संरक्षणमा जुट्दै लमजुङका सात चेलीहरू
अन्तरङ्गAug 20, 2021लमजुङमा कोरोना संक्रमण संख्यामा उतारचढाव जारी
अन्तरङ्गAug 17, 2021पहिरो पीडितलाई सफल आमा समुहको सहयोग
अन्तरङ्गAug 10, 2021
Labels:
बाल अन्तरङ्ग,
स्थानीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment