नवराज पहाडी
लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका– ३ खुदीको पल्लोटारीमा पहिरोका कारण विस्थापित भएका परिवारलाई ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) र रेडक्रस जिल्ला शाखाद्वारा राहत वितरण गरिएको छ । त्यस गाउँमा पहिरोका कारण घर पुरिएर विस्थापित भएका ५१ परिवारलाई राहत वितरण गरिएको हो ।
पल्लोटारीका ३३ घर वरिवारलाई आरसिडिसीले र १८ घरपरिवारलाई नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाले राहत सहयोग गरेका हुन् ।
जिल्ला विपत व्यवस्थापन समिति लमजुङको सहकार्यमा राहत वितरण गरेको आरसीडीसी लमजुङका अध्यक्ष राजेन्द्र बोहराले बताउनु भयो । उहाँका अनुसार पहिरो प्रभावित ३३ घरपरिवारलाई आधारभुत आश्रयका लागि बन्दोबस्तीका सामग्री वितरण गरिएको हो । बोहराले भन्नुभयो, ‘एक परिवारका लागि फम डसना एक थान, त्रिपाल एक थान, त्रिपाल बाध्ने डोरी र डोरी राख्ने झोला १ थान प्रदान गरिएको छ ।’ साथमा व्यक्तिगत सरसफाई सामग्रीहरू सेनेटरी न्याप्किन १ एक थान, लुगा धुने तथा नुहाउने साबुन एक वटा, महिलाका लागि लत्ता कपडा सेट, काइयो एक÷एक वटा, नङ्कट एक÷एक वटा, ब्रस, मन्जन एक एक वटा, गम्सा १ थान, टर्च लाइट १ थान, कपडाको झोला एक÷एक वटासहितका सामग्री सहयोग गरिएको आरसीडीसीका कार्यकारी निर्देशक प्रेम भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार सरसफाई सामग्रीहरूमा हात धुने साबुन ४ वटा, साबुन राख्ने डिब्बा एक÷एक थान, कपडा धुने साबुन ४ वटा, सेनेटरी कपडा १ वटा, महिलाका लागि कपडा चार चार वटालगायत तत्कालको लागि आवश्यक पर्ने सामग्री छन् ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडी, मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, मस्र्याङदी गाउँपालिका– ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, आरसीडीसीका डीआरआर कार्यक्रम संयोजक बिव्रmम सेढाई, सुआहारा कार्यक्रमका फिल्ड संयोजक शिवेन्द्र अधिकारीको टोलीले राहत वितरण गरेको हो ।
उक्त राहत आरसिडिसीले केयर नेपाल र डिएफआइडीको सहयोगमा वितरण गरेको उक्त संस्थाका अध्यक्ष बोहोराले जानकारी दिए ।
यसैगरी, नेपाल रेडक्रस सोसाईटीले पहिरोमा परी घर पुरिएका १८ घरपरिवारलाई खाद्यन्न सामग्री सहित खाना पकाउने भाडाकुँडा र ओढ्ने ओछ्याउने कपडा र त्रिपाल सहयोग गरेको रेडक्रसका जिल्ला सभापति दिपक बरालले बताउनु भयो । उहाँका अनुसार पहिरोबाट पीडित भएका १८ घरपरिवारलाई खाना पकाउने सामान, पकाउने खाने भाँडा, लगाउने लुगा, ओड्ने ओछ्याउने कपडा लगायतको सेट वितरण गरिएको हो ।
पहिलो सूचनामा १८ घर पूर्ण क्षति भएको भन्ने खवर आए अनुसार १८ घरपरिवारलाई सेट उपलब्ध गराएको र बाँकी अन्य घर परिवारलाई १, २ दिन भित्रै राहत सामग्री उपलब्ध गराउने रेडक्रसका जिल्ला सभापति बरालले जानकारी दिनु भयो । उहाँका अनुसार १८ घरपरिवारलाई प्रतिघर परिवार एक एक सेट सामग्री र अन्यका लागि १० वटा त्रिपाल सहयोग गरेका छौं ।
एउटा सेटमा त्रिपाल १ थान, कम्मल दुई थान, एक एक थान जग र बाल्टिन, तिन वटा सिलोडको दिउची थाल, गिलास, डाँडु पनियो र लत्ता कपडा लगायतको सामग्री राखिएको रेडक्रस शाखाका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा रेडक्रस लमजुङ शाखाका सभापति दिपक बरालको नेतृत्वमा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका कोषाध्यक्ष नारायाण घिमिरे, नेपाल रेडक्रस जिल्ला शाखा उपसभापति ऋषिराम घिमिरे, सोसाईटी जिल्ला सदस्य हरिश्चन्द्र थापा, कार्यक्रम अधिकृत गणेश गौली लगायतले पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारालाई सहयोग गरेको रेडक्रसका उपसभापति ऋषिराम घिमिरेले जानकारी दिनु भयो ।
No comments:
Post a Comment