सुन्दरबजार चेम्बर अफ कमर्शद्वारा खुदीका पहिरो पीडितका लागि विपद व्यवस्थापन समितिमार्फत राहत वितरण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 24, 2020

सुन्दरबजार चेम्बर अफ कमर्शद्वारा खुदीका पहिरो पीडितका लागि विपद व्यवस्थापन समितिमार्फत राहत वितरण

लमजुङ । सुन्दरबजार चेम्बर अफ कमर्शले दाल, तेल र नुन तथा सोयविन रहेको एक सय पोका राहत सामग्री जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको कार्यकक्षमा राहत सामग्री साउन ८ गते हस्तान्तरण गरिएको हो । 

गण्डकी प्रदेश सभाका सदस्य धनञ्जय दवाडीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका संयोजक लोकराज पाण्डेको बिशेष आतिथ्यतामा चेम्बरका अध्यक्ष विष्णुकुमार श्रेष्ठले ती सामग्री जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रजिअ शर्मालाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त राहत हस्तान्तरण कार्यक्रममा लमजुङ जिल्लाका सहायक प्रजिअ अनिलकुमार शाहीको उपस्थिति रहेकोे सुन्दरबजार चेम्बर अफ कमर्सका महासचिव देविप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

सुन्दरबजार चेम्बर अफ कमर्शले सुन्दरबजार क्षेत्रमा यसअघि कोभिड– १९बाट बचाउका लागि विभिन्न संघ संस्था(नगरपालिका, प्रहरी, पत्रकार महासंघ समेत)लाई २ हजार थान मास्क वितरण गरेको थियो भने सो सम्बन्धी समेचता पत्र छपाई गरी १० हजार प्रति वितरण गर्ने कार्य गरेको थियो । 

No comments:

Post a Comment