बेसीशहरकी एक महिलामा डेंगु संक्रमण पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, July 14, 2020

बेसीशहरकी एक महिलामा डेंगु संक्रमण पुष्टि


लमजुङ । लमजुङमा एक जना महिलामा डेंगु संक्रमण पुष्टि भएको छ । २९ वर्षीया महिलामा असार ३० गते डेंगु संक्रमण पुष्टि भएको हो ।
क्व्होलासोथर गाउँपालिका– २ मा स्थायी बसोबास भई सदरमुकाम बेसीशहरमा बस्ने २९ वर्षीया महिलामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । चार दिन अघि ज्वरो आएपछि उनी स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पुगेकी थिइन् । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी महिलामा रगत परीक्षण गर्दा डेंगुको जिवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले वताउनु भयो । उहाँका अनुसार डेंगुको शंका लागेर परीक्षण गर्दा उनमा आज संक्रमण पुष्टी भएको हो । उहाँले भन्नुभयो, ‘विरामी महिलाको अवस्था सामान्य छ ।’
ती महिला बेसीशहर नगरपालिका– ७ को घलेगाउँचोकमा डेरामा बस्ने गर्दछिन् ।
उनको जिल्ला सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । कोरोनाको कहरका बीच लमजुङमा एक जनामा डेंगु संक्रमण देखिएको पछि जनसमुदायमा संत्रास फैलिएको छ । यसवर्ष जिल्लामा पहिलो पटक एक जना डेंगुका विरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गतवर्ष जिल्लाका विभिन्न स्थानमा ४ जनामा डेंगु देखा परेको थियो । डेंगु ‘एडिस एजिप्टाई’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । डेंगु रोगको संक्रमण एक विरामीबाट अर्कोमा सजिलै फैलिने भएको हुँदा सर्तकता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
दवाडीले भन्नुभयो, ‘सफा ठाउँमा सफा पानिमा लामखुट्टेले सन्तानको वृद्धि गर्ने र यसको बासस्थान शहरी क्षेत्रमा वढि हुने हुन्छ त्यसैले ७÷७ दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात सात दिनमा पानि जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान संचालन गर्नुपर्ने हुन्छ ।  प्रत्येक घर घरघर बाट टोल टोलबाट लमखुट्टेको बासस्थान खोजेर नष्ट गर्न सकियो भने यो रोगलाई छिटो नियन्त्रण गर्न सकिने उहाँको भनाई छ ।  
डेंगु रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने आखाँका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरिरमा बिविरा आउने आदि लक्षण देखापर्ने गर्छ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले वताउनु भयो । उहाँका अनुसार गत वर्ष लमजुङका विभिन्न क्षेत्रमा गरी चार जनामा डेंगुको संक्रमण देखिएको थियो । डेंगुको विरामी फेला परेसँगै गतवर्ष जिल्लाका विभिन्न स्थानमा डेगुं सार्ने लामखुट्टेको लार्भा खोजी गरी मार्ने तथा जनस्तरमा सचेतना फैलाउने अभियान समेत सञ्चालन गरिएको थियो ।
यो रोगबाट बच्नको लागि लामखुट्टेको लार्भा नष्ट गर्न ‘खोज र नष्ट गर’ भन्ने अभियान सञ्चालन गर्नुपर्ने स्वास्थ्य कार्यलयका प्रमुख दवाडीले बताउनु हुन्छ । उहाँका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डा खुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने हुन्छ ।
बेसीशहर नगरपालिकाको समन्वयमा डेंगु प्रभावित क्षेत्रमा असार ३१ गतेदेखि सचेतना मुलक कार्यक्रम संचालन गर्ने र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने योजना तय भएको दवाडीले जानकारी दिनु भएको छ । 

No comments:

Post a Comment