विराटनगर । विराटनगर– १०मा प्रेम विवाह गरी औषधि व्यवसाय गर्दै आएका देविप्रसाद दुलाल उनकी पत्नी बीचमा बढेको इगोका कारण पत्नी मिना श्रेष्ठले पतिको हत्या गरेकी छन् । श्रीमती श्रेष्ठले अन्य दुई जना युवकको साथ लिएर बेडरुममै श्रीमानको हत्या गरेको भन्दै दुलाल पत्नी श्रेष्ठसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
तस्बिर : गुगलबाट |
यस घट्नासँगै ३३ वर्षीय देविप्रसाद र मिनाको १० वर्ष लामो प्रेम विवाहको दाम्पत्यको दुःखद अन्त्य भएको छ । उनीहरूको एक ८ वर्षीय छोरा समेत रहेका छन् । आफू खुशी प्रेम विवाह गरेपनि पछिल्लो समय पति पत्नि बीच सम्बन्धलाई लिएर चिसोपना रहेको प्रहरी अनुसन्धानले खुलेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रारम्भिक अनुसन्धान अनुसार पति दुलाललाई सबक सिकाउने इगो राखेर दुलाल पत्नी मीना श्रेष्ठ दुलालको योजनामा हत्या गरिएको खुलेको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भर्चुअल पत्रकार सम्मेलनका क्रममा घटनामा मुख्य योजनाकार श्रेष्ठसहित सिराह लाहान– १० पडहरीयाका २१ वर्षीय ब्रम्हदेव साह र इटहरी उपमहानगरपालिका– १२ का २० वर्षीय सोनु साहलाई गिरफ्तार गरिएको बताउनु भयो । उहाँका अनुसार सो घट्ना जेठ ३ गते भएको हो । अधिकारीले भन्नुभयो,‘‘ ‘श्रीमानसँगको बिग्रदो सम्बन्धका कारण उनलाई सबक सिकाउने भन्दै योजनागत रुपमा मीनाले हत्या गराएको देखिन्छ ।’ हत्याका क्रममा प्रहरीले ८ जोर सर्जिकल ग्लोब्स, ४ थान मोबाइल, ८ वटा सिमकार्ड समेत बरामद गरेको छ । प्रहरीका अनुसार राती हत्याका क्रममा मृतक दुलालको घाँटीमा डोरी कस्दा डोब लुकाउन पाउडर प्रयोग गरिएको थियो । हत्यामा संलग्न ब्रम्हदेव मृतक दुलालकै औषधी पसलमा काम गरिसकेका पूर्वकर्मचारी हुन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ परेका ब्रम्हदेव चार वर्षअघिदेखि दुलालको माँ देवी पाथिभरा फर्मामा काम गर्थे । त्यही क्रममा दुलालकी श्रीमतीसँग ब्रम्हदेवको हिमचिम बढ्यो । त्यसपछि उनलाई कामबाट हटाइएको थियो । यसबारे थाहा पाएपछि दुलालले श्रीमतीलाई सम्झाए । तर मीना भने श्रीमानको कुरा सुन्ने पक्षमा थिइनन् । बरु ब्रम्हदेवसँग मिलेरे श्रीमानलाई सबक सिकाउने योजना बनाइन् । त्यही योजनाअनुसार मध्यरातमा दुलालको हत्या भएको प्रहरीको दाबी छ । आफ्नोमा ४ वर्ष लामो काम गरेका ब्रम्हदेवसंग पत्नी मीनाले आन्तरिक कुरा समेत राख्ने गरेकी थिइन् ।
प्रहरीले पति पत्निबीच चिसिएको सम्बन्धका कारण पति दुलाललाई सबक सिकाउने क्रममा योजनाबद्ध रुपमा हत्या गरिएको अनुसन्धानबाट खुलेको जनाएको छ । ब्रम्हदेव र सोनी राती प्लाष्टिकको डोरीसहित दुलालको घर पुगेका थिए । दुईतर्फबाट आक्रमण हुदाँ आत्मरक्षाका क्रममा दुलालले फुत्किने प्रयास गरे । त्यो क्रम राती करिब साढे ११ बजेसम्म चलेको प्रहरीले जनाएको छ । यसबीच दुलालको मृत्युलाई पक्का गर्न दुवैजनाले लात्ती तथा मुक्का प्रहार गरेका थिए । जसका कारण शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको थियो ।
देविप्रसाद मरेको एकिन भएपछि ब्रम्हदेव र सोनी त्यहाँबाट राती २ बजेतिर निस्किए । त्यसको केही समयपछि राति पौने ३ बजेतिर मीनाले आफ्ना श्रीमान् अचेत भएको भन्दै छिमेकी र दुलालका साथीहरूलाई बोलाएकी थिइन् । एम्बुलेन्समा राखेर गोल्डेन अस्पताल पु¥याइन् ।
दुलाललाई अस्पताल लग्दालग्दै बाटोमै मृत्यु भएको भन्ने देखाउन सबै योजना मीनाले बुनेको र उनलाई गोल्डेन अस्पताल लगेको प्रहरी भनाई छ । चिकित्सकहरूले दुलालको मृत्यु भइसकेको घोषणा गरेपनि उनको मृत्युलाई स्वभाविक मान्न नसकिने जनाउदै प्रहरीलाई खबर गरेपछि लगत्तै अस्पताल पुगेको प्रहरीले दुलालको शरीरमा देखिएको चोटपटकपछि शव पोस्टमार्टमको लागि पठाउँदै सुक्ष्म अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख अधिकारीले बताउनु भयो । एसपी अधिकारीले थप भन्नुभयो,‘‘ ‘अस्वभाविक रुपमा शरीरमा चोट पटक समेत देखिएकोले यो कर्तव्य गरी हत्या गरेको हुनसक्ने हामीले प्रारम्भिक आंकलन गरेका थियौं ।’
चिकित्कसहरूले दुलालको मृत्यु भइसकेको घोषणा गरेपछि मीनाले रुवाबासीको नाटक समेत मञ्चन गरेको प्रत्यक्षदर्शीले बताए ।
यसैबीच, रुकुम पश्चिम भेरी नगरपालिका ४, रानागाउँका नवराज विकले पनि प्रेम विवाह गर्ने क्रममा ज्यान गुमाउनु परेको छ । उर्मिला र मोहनलालका एक्ला छोरा जेठ १० गते मारिएका हुन् । त्यो समाचारको पूर्ण विवरण आउँदो अंकमा दिइने छ ।
No comments:
Post a Comment