भ्रष्टाचार विरुद्ध ढुक्कस“ग लेख्न देउवाको आह्वान - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 29, 2020

भ्रष्टाचार विरुद्ध ढुक्कस“ग लेख्न देउवाको आह्वान

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार, अनियमितताका बारेमा निडर भएर समाचार लेख्न पत्रकारलाई आह्वान गर्नु भएको छ । प्रेस युनियनले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले  जेठ १३ गते त्यस्तो आह्वान गर्नु भएको हो । 

उहाँले स्वास्थ्य सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको बारेका विवरण सञ्चार माध्यममा आएको स्मरण गर्दै देउवाले भननुभयो, ‘‘प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कारवाही गर्नुपर्नेमा उल्टै सञ्चार माध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाउनुभयो ।’ उहाँले प्रधानमन्त्री ओलीलाई प्रेस स्वतन्त्रता   विरोधी अभिव्यक्ति नदिन आग्रह गर्दै ‘भन्नुभयो, ‘प्रधानमन्त्रीले संचार माध्यमले औंल्याएका गल्ती सच्याउँदै अघि बढ्न जरुरी छ, म उहाँलाई प्रेस स्वतन्त्रता  विरोधी अभिव्यक्ति नदिन आग्रह गर्दछु ।’

अर्को एक प्रसड्डमा देशभरका पत्रकारको कोरोना परीक्षण गर्न माग गर्दैै देउवाले कोरोना महामारीमा रिपोर्टिङमा खटिएका पत्रकार जोखिममा रहेको भन्दै देउवाले श्रमजिवी पत्रकारहरू बेरोजगार रहेको भन्दै विज्ञापन व्यवसायमा असर पर्दा मिडिया हाउसहरू संकटमा परेको पनि उल्लेख गर्नु भएको छ ।

पत्रकारका लागि सुरक्षा सामग्री व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गर्नु भएको छ । कोरोना जोखिमका बेला पत्रकारिता काम सजिलो छैन भन्दै सभापति देउवाले भन्नुभयो, ‘देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य हो, देशभरका पत्रकारको निःशुल्क       परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्दछु । उहाँले पत्रकार र मिडिया हाउसलाई     राहत योजना ल्याउन पनि सरकारसँग माग गर्नु भएकोछ । 

No comments:

Post a Comment