सम्पादकीय
नेपाली राष्ट्रियताका लागि छिमेकका दुवै देशको बक्रदृष्टि
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले
नेपाललाई ‘‘दुई ढुंगा बीचको तरुल’ भन्ने उपमा दिनु भएको पाइन्छ । यसको सामान्य
अर्थ खोज्दा पनि ढुंगाले कोमल तरुललाई जुनकुनै पनि बेला थिच्न मिच्न सक्छ भन्ने हुन्छ
। जुन नेपालीको नियति बन्दै आएको छ ।
भारतले दार्चुला जिल्लाको लिपुलेक
क्षेत्रमा चीनको तिब्बतसँग जोड्ने एकतर्फी सडकमार्ग खोलेर उदघाटन गरेपछि मात्र
थाहा हुन्छ भलै त्यस कार्यको नेपालमा त्यसको चौतर्फी विरोध भएको किन नहोस् ।
भारतसँग नेपालको धेरै ठाउँमा खुल्ला सिमाना छ र विवाद तथा भारतले मिच्ने काम पनि
बढी नै हुँदै आएको छ । तर चीन सरकार नेपालप्रति सकारात्मक छ त ? त्यो पनि होइन ।
हिजो विपी कोइराला प्रधानमन्त्री हुँदा चीनले हेपेर सगरमाथामा सीमा मिचेको तथ्य
हिजोआज पनि सप्रसड्ड परिचर्चा हुने गर्दछ ।
त्यो बेलामा मात्र हैन यतिबेला पनि
चीनको एक सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने दावी गरेर समाचार
प्रकाशन गरेको छ । चीनको ‘चाइना ग्लोबल
टेलिभिजन नेटवर्क (सीजीटीएन) ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेर गत
सातामात्र समाचार प्रकाशन गरेको हो ।
यतिबेला चीनले नेपाललाई जानकारीसम्म
नगराई सगरमाथाको उचाई नाप्ने कार्य थालेको बताइन्छ । चिनियाँ समाचार एजेन्सी
सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न शुरु गरेको छ ।
त्यसका लागि गत बैशाख २४ गते चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेको हो
। सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्छ । तर चिनियाँ सर्वेक्षणकर्ताले सन्
१९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरिसकेको बताइन्छ ।
नेपाल सरकारले गत वर्षदेखि नै एउटा
बृहत प्रोजेक्ट बनाएर सगरमाथाको उचाइ नाप्ने कार्य अघि बढाइरहेको छ । यस्तो अवस्थामा
चीन सरकारले नेपाललाई सूचनासम्म नदिई सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको
चुचुरोतिर पठाउनुले ठूलो सन्देह पैदा गराएको छ ।
यस घटनाले नेपाली राष्ट्रियतामा
भारतबाट मात्र हैन चीनबाट पनि उत्तिकै खतरा रहेको देखिन्छ । यी घट्नाक्रममले
लिपुलेक क्षेत्रमात्र होइन सगरमाथा पनि नेपालले गुमाउनु पर्ने हो कि ? भन्ने आशंका
उत्पन्न भएको छ । सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा समेत ‘सगरमाथालाई
चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर’ भन्ने उल्लेख
गरिएको छ । यो समाचार तथा घट्नाले नेपाली राष्ट्रियताप्रति चीनको नियतमाथि प्रश्न
पनि उठेको छ । दक्षिणतर्फको छिमेकी मुलुक भारतको हेपाहा प्रबृत्तिको नेपालीहरू
शिकार भई आक्रान्त भइरहेको अवस्थामा उत्तरको छिमेकी मुलुक चीनले पनि उस्तै हेपाहा
प्रबृत्ति देखाउ पक्कै पनि शोभनीय र सैह्य विषय होइन न त हुन नै सक्दछ ।
यसको मूल कारण भनेको नेपाली सत्ता
राष्ट्रियताको मुद्दामा मुकदर्शक बन्ने गर्नु हो । यी दुवै मुद्दालाई आवश्यक परेमा
अन्तराष्ट्रियकरण गर्न समेत सरकार पछि पर्नु हुँदैन ।
२०७७ जेठ १ गते, वर्ष २८ अङ्क ३१ बाट
No comments:
Post a Comment