पौडेल लायन्स क्लब अफ लमजुङको अध्यक्ष चयन
बेसीशहर । लायन्स क्लब अफ
लमजुङको अध्यक्षमा इश्वर पौडेल चयन हुनुभएको छ । पौडेल क्लबको २०२०÷२१ का लागि
अध्यक्षमा बैशाख २६ गते चयन हुनुभएको हो । उहाँ ल्याण्डस्टार आमाविको प्रिन्सिपल
हुनुका साथै प्याव्सनको जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।
क्लबको तेस्रो अधिवेशनले नयाँ समिति
चयन गरेको हो । जसमा प्रथम उपाध्यक्षमा गणेश घिमिरे, द्वितीय
उपाध्यक्षमा विवस बुढाथोकी, तृतीय उपाध्यक्षमा राज रम्तेल, सचिवमा राम
बस्नेत, कोषाध्यक्षमा
विमल अधिकारी चयन हुनुभएको छ । अधिवेशनले २४ जनाको कार्यसमिति चयन गरेको निवर्तमान
अध्यक्ष ताराराज घलेले बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ लमजुङका
अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको नवनिर्वाचित तृतीय उपाध्यक्षमा राज
रम्तेलले बताउनुभयो । उहाँका अनुसार क्लबको एक÷एक बर्षमा नयाँ
समिति चयन गरिन्छ । अधिवेशनको औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष सुरेश प्रधान,
निवर्तमान
अध्यक्ष ताराराज घले, लायन्स क्लब लमजुङ टुगेदर वी क्यानका अध्यक्ष पायल शर्मालगायतको
सहभागिता थियो । क्लबले सामाजिक सेवाका कार्यलाई अघि बढाउँदै आएको छ ।
रक्त क्यान्सर पीडित वालकलाई बेलायतबाट २ लाख सहयोग
बेसीशहर । मस्र्याङदी
गाउँपालिका– ५ को तल्लो चिप्ला गाउँका रक्त क्यान्सर पीडित १५ बर्षीय बालक विशाल
विकको उपचारमा सहयोगका लागि २ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । लमजुङमा घर भई
बेलायतमा रहेकाहरूले सो रकम बैशाख १५ गते हस्तान्तरण गरिएको हो ।
उत्तरी क्षेत्रका साविक बाहुनडाँडा,
घेर्मु
र ताघ्रिङका नागरिकको संस्था बाघेताको समाज युकेको सक्रियतामा बेलायतमा रहेका
नेपालीहरुबाट २ लाख रुपैयाँ संकलन गरिएको हो । संकलित रकम मस्र्याङदी गाउँपालिका–
४
का खुशीराम गुरुङले विशालका बुवा आशबहादुर विकलाई हस्तान्तरण गरे । खुशीराम
गुरुङले विशालको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग खोजिएको बताउनु भयो ।
पीडितका बुवा आशबहादुर विकले सहयोग
रकमले छोराको उपचारमा थप सहज बनाउने बताउँदै धन्यवाद दिनुभयो । उहाँका अनुसार ४
महिनादेखि विशाललाई क्यान्सर भएको जानकारीमा आएको हो । हालसम्म दुई लाख बढी रकम
खर्च भइसकेको छ । छोराको उपचारमा २० देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्ने
अस्पतालले बताएको तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको उहाँले
उल्लेख गर्नु भयो । उहाँका अनुसार विशालको हाल हरिसिद्धी क्यान्सर अस्पताल
काठमाडौंमा उपचार भइरहेको छ ।
स्वास्थ्य सहायता कक्षको अनुगमन
भोर्लेटार । जिल्लास्थित
कमाण्ड पोष्टले मध्यनेपाल नगरपालिकामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षाको
अनुगमन गरिएको छ । टोेलीले मध्यनेपालको रामबजार तथा दुईपिप्लेमा स्थापना गरिएका
स्वास्थ्य सहायता कक्षाको अनुगमन गरेको हो ।
सो क्रममा स्वास्थ्य सहायता कक्षाको
व्यवस्थापन, नागरिकलाई प्रदान गरिएको सेवा, स्वास्थ्यकर्मी
परिचालनलगायतको विषयमा अनुगमन गरिएको कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला
अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा स्वास्थ्य
सहायता कक्षाका साथ त्यस क्षेत्रमा थोक विक्रेताहरूको पनि अनुमगन गरिएको थियो ।
अनुगमन टोलीमा कमाण्ड पोष्टका संयोजक
एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का, मध्यनेपाल
नगरपालिका मेयर रमेशकुमार पाण्डे, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा,
उपभोक्ता
हित संरक्षण मञ्चका अध्यज्ञक्ष डम्बरबहादुर अधिकारी, वडाध्यक्ष तथा
सुरक्षा निकायका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
बजारका सुरक्षाकर्मीलाई पिउनेपानी
बेसीशहर । स्थानीय बजारमा
खटिएका सुरक्षाकर्मीलाई लमजुङ उद्योग वाणिज्य संघले पिउने पानीको प्रवन्ध गरेको छ
। सरकारले लकडाउनको घोषणा गरेपछि बजारका चोकचोकमा खटिएका नेपाल प्रहरी, शसस्त्र प्रहरी
बल र नगर प्रहरीलाई संघले पिउने पानीको व्यवस्था गरेको हो ।
संघले हुलाकी सप्लायर्सको प्रायोजनामा
खानेपानीको व्यवस्था गरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले
बताउनुभयो । उहाँका अनुसार प्रत्येक सुरक्षाकर्मीलाई १÷१ बोतल पानीको
व्यवस्था गरिएको हो । बैशाख २७ गते मात्रै ३० प्याक खानेपानीका बोतल वितरण गरिएको
प्रायोजक हुलाकी सप्लायर्सका सञ्चालक एवं संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवालले
बताउनुभयो । उहाँका अनुसार दिनरात घाम पानी नभनेर डिउटीमा खटिने सुरक्षाकर्मीलाई
पानीको अति आवश्यक हुने भएकाले सहयोग गरिएको हो । उहाँले भन्नुभयो, ‘‘‘लकडाउनको अवधिभर
बेसीशहरको सेराचोकदेखि मनाङेचौतारासम्म खटिएका सुरक्षाकर्मीलाई खानेपानीको
व्यवस्था गरिने छ ।’
पहिलो दिन खानेपानी वितरण गर्न संघका
अध्यक्ष राजेश थापा, द्वितीय उपाध्यक्ष सिलवाल, उपमहासचिव प्रदिप बस्नेतलगायत सहभागी
हुनु भएको थियो ।
No comments:
Post a Comment