अपराध गरेर अर्को अपराधका कारक बनेका केही उदाहरणहरु - अधिवक्ता दामोदर पौडेल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 16, 2020

अपराध गरेर अर्को अपराधका कारक बनेका केही उदाहरणहरु - अधिवक्ता दामोदर पौडेल


विचार

अपराध गरेर अर्को अपराधका कारक बनेका केही उदाहरणहरु

अधिवक्ता दामोदर पौडेल
नराम्रो कार्य गर्नु, त्यसलाई खुसी भएर साथ दिनु तथा  हुर्काउनु समग्रमा ठुलो मुर्खता हो । राजनीतिमा गुण्डाराज तथा घुस र कमिसन आदि छन् भने समाजमा र परिवारमा पनि गलत कार्य हुने गरेका छन् र कुनै समयमा त्यसको परिणाम आफ्नै लागि घातक भएको छ ।

झापामा केही वर्ष पहिला विदेशिएको पुरुषकी पत्नी र वालवच्चालाई नै गाउंँको एक झिल्केले आफ्नी पत्नी र छोरा  छोरी हुंदाहुंदै आफ्नो घरमा भित्र्याएछ । विदेशिएको पुरुष नेपाल आए पछि झिल्केकी जेठी पत्नीलाई आंफूले फकाएर ल्याएछ । अर्थात पप्लु पप्लु क्वीट तर सधँै यस्तै हुंदैन ।

त्यसो त एक जना नेताजीले केही धनी महिलाहरूसंग अनुचित सम्वन्ध स्थापित गरेर ठूलै फाइदा लिएको चर्चा चलेको थियो । उनले ती महिलाहरूलाई पतिसंग सम्वन्ध विच्छेद गर्न लगाएर वच्चाहरूको मनोविज्ञानमा ठूलो भुइचालो ल्याएर, ती अलग अलग महिलालाई अलग अलग ठाउंँबाटै मुख्यत आर्थिक फाइदा लिएर सम्पन्न जीवन विताएका छन् समेत भनिन्छ । ती महिलाहरूले यौनको माध्यमवाट आर्थिक फाइदा लुट्ने काम भएको नसोची प्रेमीको लागि खर्च गरेको सम्झन्छन् । ती पुरुष सुखद आर्थिक जीवन विताउंदा अरूको परिवार बिग्रेको छ तर त्यो महसुस गर्न पर्ने पक्षले गरेका छैनन् । भनिन्छ, गल्ती गर्नेले आफ्नो गल्तीलाई लुकाउनको लागि गल्तीलाई ठिक भनेर वहस गर्दा गर्दै आफ्नो गल्तीको उचित मुल्यांकन र पस्चाताप नै गर्ने फुर्सत पाउंदैन ।
मानिसको मन रुपी गर्भमा त्यो गलत कार्यको परिणाम पिडाको रुपमा रहन्छ र मौका परेमा कतिपय अवस्थामा विकराल रूपको वदलामा परिणात हुन्छ । त्यसैले भनिन्छ पिडित नै पिडकले पिडा दिने मुख्य कारण छ भने पिडकलाई सजाय दिनु हुंदैन ।

दुनियाका केही घटनाका वारे सुनिएका पक्ष यस्ता छन् कि एक जना युवाका २ वटा छोरी रहेछन् । उनी र उनकी पत्नीले छोरीमात्र भए हुन्छ भन्ने निर्णय गरेछन् । पछि उनले परिवारमा संगै बस्न नसक्ने बताउंदै बाबु आमा र दाज्युसंग अंश मागेछन् । परिवारका अन्य सदस्यले तिम्रा छोरी मात्र छन्, दाज्युका छोराहरू छन् । छोरीहरूको विवाह भए पछि तिनै दाज्युका छोराले हेर्न पर्दछ । किन छुट्टिन्छौ समेत भनेर सम्झाएछन् । उनी नमाने पछि उनका पत्नी र छोरी माइती मामाली गएको समयमा उनलाई विष खुवाएर मारी विदेशमा उपचार गर्न लगेको भन्दै लगेर नदीको किनारमा छोडेछन् । पछि उतै सदगद गरेर आएको बताएछन् ।

मर्नेकी पत्नीले केही दिन पछि थाहा पाएर परिवारका सबै सदस्यलाई ज्यान मारेको मुद्धा दिन तयार भइछन् । ती मृतको लास वेवारिसे रुपमा सनाखत समेत भएको जानकारी भए पछि मार्नेहरू भएको सवै सम्पत्ति समेत मर्नेको पत्नी र छोरीहरूलाई दिन तयार भए ।  लक्ष्यको उल्टो परिणाम भएका अरू पनि धेरै घटना छन् ।

एक जना विदेशीलाई अर्को देशमा जग्गा किन्ने अवस्था आए छ । उनले आफ्नी पत्नी पहिला जग्गा किन्न परेको देशमा जन्मेकोले सजिलोको लागि आफ्नो विदेशी साथीकी पत्नी उल्लेख गराएर पत्नीको नाममा कडोरौंको जग्गा किनेछन् । पछि त ती पत्नीलाई साथीले वास्तवमा नै आफ्नी पत्नी वनाएछन् । उनी आफ्नो भुतपुर्व पतिबाट भएको एउटा छोरालाई छोडेर नयां पतीसंग माइती देशमा आइछन् र नयां पतिबाट पनि एउटा छोरा भए छ । उनले पहिलो लोग्नेको सम्पत्ति दिन चाहिनन् र यसमा उनको नयां पतिको नै मुख्य भुमिका रह्यो । ती महिला खुसीले जीवन बिताउंदै थिइन् । यसैबीच, अघिल्लो दिन घुम्न गएका पति नआएकोमा भोलिपल्ट खबर आयो कि उनका पति मारिएका छन् । पतिको नाक काटिएको रहेछ । उनको गर्धनको छाला काढेर निधारसम्म ल्याइएको रहेछ । आंखा झिकिएको रहेछ र लिगं काटिएको रहेछ । यो घटना पछि मुद्धा चल्दा केहीले सजाय समेत पाए तर सम्पत्तिको लोभले गर्दा ज्यान पनि तड्पिएर  गयो । यी घटनाहरूका केही अंश प्रष्ट नभएकाले औपचारिक रुपमा कथाको रुपमा हेरे हुन्छ ।

तर वारा जिल्लाको जितपुरमा राजा विरेन्द्रको हत्या भएको वर्ष एक जना युवकले उनका दाज्यु, भाउजु र सवै छोरा छोरीहरूलाई निन्द्रमा परेको बेलामा ढुंगाले टाउकोमा हानेर मारेछन् । उनलाई प्रहरीले पक्रियो पनि । ती युवालाई किन यसो गरेको भनेर सोध्दा राजा विरेन्द्र र उनका परिवारलाई मार्न हुन्छ मैले मेरा दाज्यु भाउजु र छोरा   छोरीहरूलाई मार्न हुंदैन ? भन्थे । पछि उनले सत्य तथ्य खुलाउंदै भने दाज्यु भाउजुले विवाह पनि गरी दिएनन् र अंश पनि दिएनन् । विवाह र अंश मध्ये एउटा कार्य भएको भए ती ज्यान जाने थिएनन् ।

एउटा अपराध र गल्ती प्रमाणित भएको हुंदैन । मानिसको मन रुपी गर्भमा त्यो गलत कार्यको परिणाम पिडाको रुपमा रहन्छ र मौका परेमा कतिपय अवस्थामा विकराल रूपको वदलामा परिणात हुन्छ । त्यसैले भनिन्छ पिडित नै पिडकले पिडा दिने मुख्य कारण छ भने पिडकलाई सजाय दिनु हुंदैन । नेपालमा पनि फौजदारी दण्डसंहितामा त्यो विषयले पनि प्रवेश गर्ने सम्भावना छ । केही विषयमा यस्तो व्यवस्था पनि छ ।  तर यस्तो अवस्थाको व्याख्या, सदुपयोग र दुरुपयोगले फरक परिणाम देला । वास्तवमा कुनै पनि निहुं, कारण, तर्क, कानुनले नदेख्ने अवस्थाको फाइदाको आधारमा गलत गर्नबाट समयमा नै सचेत भएर त्यस्ता कार्यवाट अलग रहन सक्नु पर्दछ । अन्यथा परिणाम भयावह हुन सक्दछ । बिरालोलाई समेत भाग्ने ठाउँं दिएर लखेट्नु पर्दछ, त्यसो नगरे उसले झम्टन्छ भनिन्छ भने पिडितले त जुन समयमा पनि पिडाको प्रतिकार गर्न सक्दछ । उसको प्रतिकार अपराध भए पनि उस्ले त्यसमा नै सन्तुष्टि पायो भने अपराध रोक्न गाह्रो हुन्छ  । तर्सथ मानिसले कानुनले नदेख्ने गल्ती गरे पछि केही हुंदैन भन्ने सेचेमा भुल पनि हुन सक्दछ । वास्तवमा त्यो अर्को ठूलो अपराधको कारण बन्न सक्दछ र आत्मघाती पनि वन्न सक्दछ । समग्र समाजलाई शान्ति र समुन्नतीको बाटोमा लग्नको लागि हरेक नागरिक नैतिक  चरित्रले सुसज्जित, आफ्नो पौरख र पसिनामा विश्वास गर्ने, कमसेकम आंफूलाई जे अरूले गर्दा राम्रो लाग्दैन अरूलाई पनि त्यसो नगर्ने हुन आवश्यक छ ।

राज्यले पनि नैतिकवान समाजको निर्माण गर्न जनताका आधारभुत आवश्यकताहरूलाई अनिवार्य रूपमा पुरा गर्न पर्ने हुन्छ । अर्थात गास, वास, कपास, उचित वतावरण, स्वास्थ, शिक्षा समेतमा सबैको अधिकार स्थापित हुन आवश्यक छ । यसले धेरै अपराध र विसंगती रोक्न सक्दछ । त्यसभन्दा माथि उठेर असल व्यक्ति र समाजको परिकल्पना हरेक व्यक्तिले आफ्नो लागि पनि आवश्यक हो र  सुरक्षित भविश्य र संततिको लागि हो भन्ने सम्झन आवश्यक छ ।


No comments:

Post a Comment