काठमाडौं । दूरसञ्चार सेवाका क्षेत्रमा करको दर उच्च भएका मुलुकमा नेपाल पनि दरिएको छ । सन् २०१८ को तथ्यांकका आधारमा नेपाल संसारमै दूरसञ्चार कर धेरै भएका दश मुलुकमा अंकित भएको जेठ ८ गते खुलासा भएको हो ।
इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन(आइटियु)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उच्च कर भएको मुलुकमा नेपाल पनि परेको हो । आइटियुले आफ्नो प्रतिवेदनमा फोन गर्दा, इन्टरनेट चलाउँदा तथा अन्य दूरसञ्चार सेवा उपभोग गरे बापत नेपालका उपभोक्ताहरूले २६ प्रतिशत कर तिर्नु परिरहेको उल्लेख गरेको छ । तर जानकारहरूले नेपाली उपभोक्ताले आइटियुले उल्लेख गरेभन्दा पनि धेरै कर तिरिरहेको दावी गरेका छन् ।
पछिल्लो समय सरकारले लगाएको दूरसञ्चार शुल्कको नाममा १३ प्रतिशत कर लिइरहेको छ । नेपालमा सन् २०१८ को तथ्यांकलाई आधार मानिएका कारण करको दर २६ प्रतिशत मात्र देखिएको हो । धेरै कर लाग्ने मुलुकहरूमा जोर्डन, ब्राजिल, इजिप्ट, श्रीलंका जस्ता मुलुकहरू रहेको बताइएको छ ।
No comments:
Post a Comment