सीमा सुरक्षा : प्राथमिकतामा राख्ने काम गरियोस्_______________
राष्ट्रको सीमानाले नै कुनै पनि देशको भूभागको निर्दिष्ट गर्दछ । चार किल्ला भित्रको क्षेत्रफल नै देशको भूभाग हो, जसले राष्ट्रको भूभागको किटान हुन्छ । त्यसै क्षेत्रले नै राष्ट्र र राष्ट्रियताको मापदण्ड निर्धारण गर्न सघाउँछ ।
नेपालमा राष्ट्रियताको मुद्दालाई सत्तामा जाने भ¥याङका रुपमा मात्र उपयोग गर्ने गरिएको छ । अबका दिनमा त्यस्तो नहोस् ।
भारतले नेपाली भूमि अतिक्रमण गरी चीन पुग्ने नाकासम्म सडक बनाएर उद्घाटन ग¥यो भने यही बेलामा चीनको सरकार अधिनस्त सञ्चार माध्यममा नेपालमा पर्ने सर्वोच्च शिखर सगरमाथालाई चिनको भन्दै तस्बिर सार्वजनिक ग¥यो । त्यसअघि भारत र चीनबीच सन् २०१५ मा नेपाली भूमि भएर व्यापार मार्ग खोल्न नेपाललाई नसोधी सहमति गर्दछन् । यी र यस्ता दृष्टान्तले नेपालको सीमा जोडिएका दुवै छिमेकीहरू मौका पर्दा हाम्रो साँध सीमाना मिच्न पछि पर्दैनन् भन्ने सिद्ध हुँदै आएको तथ्य हो ।
सीमा सुरक्षा चौकी स्थापना कार्यमा सम्भवतः सीमा सुरक्षाको अग्रपंक्तिमा सशस्त्र प्रहरी खटाइनेछ । यतिबेला सशस्त्र प्रहरीका लागि उपयुक्त काम अहिले सीमाको सुरक्षाको जिम्मा दिनु पनि उपयुक्त देखिन्छ ।
यसको प्रमुख कारण हामी नेपालीले अर्थात हाम्रो सरकार सीमा सुरक्षामा ध्यान नदिनु वा दिदैनौ भन्ने पनि हो । नेपाल सरकारले पनि सीमा सुरक्षाका लागि आवश्यक साधन स्रोत, जनशक्ति र प्रविधिको व्यवस्था गर्न उदासीन रहिआएको छ । परिणाम स्वरुप विभिन्न स्थानमा सीमा अतिक्रमण हुँदै आइरहेको छ ।
बर्षेनी डुबानदेखि भारतीय सीमा प्रहरीको यातना सहन विवश छन् सीमाका बासिन्दाहरू तथा सीमा क्षेत्रका सुरक्षाकर्मीहरू । जसले उनीहरूको मनोबल कमजोर बनाएको छ । राष्ट्रको सीमा सुरक्षाका लागि सत्तामा बस्नेहरूभन्दा सकडमा बस्नेलाई बडी चासो, चिन्ता एवम् पिरलो भएको देखिन्छ । यसैले, जनआवाज सुन्न सरकार बाध्य भएको छ । सायद, यही कारणले सरकारको आगामी वर्षको नीति र कार्यक्रममा ‘‘सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार र जनशक्तिसहित थप बोर्डर आउटपोस्ट स्थापना गरिनेछ भन्ने उल्लेख भएको पाइन्छ ।
सीमा सुरक्षा चौकी स्थापना कार्यमा सम्भवतः सीमा सुरक्षाको अग्रपंक्तिमा सशस्त्र प्रहरी खटाइनेछ । यतिबेला सशस्त्र प्रहरीका लागि उपयुक्त काम अहिले सीमाको सुरक्षाको जिम्मा दिनु पनि उपयुक्त देखिन्छ । सशस्त्र प्रहरीलाई नेताको पछुवाका रूपमा खटाउने काम बन्द गरेर सीमा सुरक्षामा केन्द्रित गर्नु आवश्यक छ ।
सरकारले सीमा क्षेत्रमा आइपर्ने चुनौतीको सामना गर्ने गरी साधनस्रोत, जनशक्ति र प्रविधिको प्रबन्ध गर्नुपर्छ ।
नेपाल सरकारमा बस्नेहरू वा बस्न चाहना राख्नेहरू सबै सबैले राष्ट्रियताको मुद्दालाई सत्तामा जाने भ¥याङ बनाउने वा तत्कालका लागि जनताको आँखामा छारो हाल्नका लागि मात्र तातेको जस्तो नगरी सीमा सुरक्षाप्रति साँच्चै नै संवेदनशील हुन आवश्यक छ । अबका दिनमा सीमा सुरक्षा पहिलो प्राथमिकतामा परोस् ।
२०७७ जेठ १५ गते
No comments:
Post a Comment