पीडामाथिको पीडा- खोज खबर – ३०७ (बुद्धिसागर बराल) - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 16, 2020

पीडामाथिको पीडा- खोज खबर – ३०७ (बुद्धिसागर बराल)

बुद्धिसागर बराल

गत डिसेम्बरको अन्त्य तिर चीनको हुवान प्रान्तमा कोरोना भाइरस (कोभिड१९) देखा प¥यो भन्ने बितिक्कै देखि लमजुङ जिल्ला अदालत वार इकाइको केन्द्रीय पार्षदको हैसियतले मेरो हालको कर्म थलो लमजुङ जिल्ला अदालत वार इकाइका साथीहरू बिशेष गरेर वार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी, वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेल, उपाध्यक्ष माधव बसौला, सचिव अग्निविलास अधिकारी तथा सदस्य रामबहादुर खत्रीका बीचमा फुर्सदको समयमा यसको बिषयमा छलफल गरिदै आएको हो । वास्तविकता थाहा नपाएको हुँदा हामीले सामान्य रुपमा सतहमा हुने गरेका गफगाफ सरह नै लिएका थियौं । जब चीनबाट आएका एक जना नेपालीमा समेत  कोरोनाको संक्रमण देखियो भन्ने समाचारहरू छ्यास छयास्ति आए, अली सतर्क  भैयो । सामान्य रुपमा रुघा र खोकी लागे जस्तै घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, १ सय डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउने र सजिलैसँग नियन्त्रण नहुने, सुख्खा खोकी आउने, जिउ दुख्ने, खानामा कम रुचिहुने आदि जस्ता लक्षण भए कोरोनाको संक्रमण भएको हुन सक्ने र दीर्घ रोगी, दम, ‚प्रेसर आदि भएका र ६० वर्ष उमेर कटेकालाई बढी असर गर्ने, बढी भिडभाड वा समुहमा रहन, बस्न नहुने, कम्तिमा पनि मानव मानव बीचको भौतिक दुरी १ मिटर हुनु पर्ने, यसको संक्रमण अति तिब्र गतिमा हुने हँुदा अत्यन्तै सजग रहनु पर्ने । अझ यो भाइरस नयाँ स्वरुपमा प्रस्तुत भएको र यसको औषधी हालसम्म पनि बिज्ञानले पत्ता लगाई नसकेकाले वा यस विषयमा विश्वकै अनुसन्धान कर्ताहरू असफल रहेकाले अत्यन्तै संवेदनशील रहनु पर्ने भनि समाचारका माध्यमहरूले प्रचार प्रसार गरेको सुनिन थालियो ।
आफ्नै मुलुकका तीन तहका सरकारले यस संकटको घडीमा के के गरी रहेका छन नागरिकको अवस्था के कस्तो छ विश्वमा  के  र कसो भएको होला किन आजको चन्द्रमामा पुग्ने र मंगल ग्रहमा मानव बस्ति बसाल्ने लक्ष्य लिएको मानवको ज्ञान तथा बिज्ञानले कोरोनाको नियन्त्रण गर्न सकिरहेको छैन ? 
यसैलाई मनन गरी आफूले ६५ वर्ष पनि पुरा गरिसकेको र गत केहि वर्ष अगाडिदेखि नै प्रेसरको औषधी पनि नियमित रुपमा सेवन गर्दै आइरहेको हुदा  आफ्नो शारीरिक अवस्था समेतलाई विचार गरी म पनि फाल्गुणको अन्तिम हप्ता देखि नै कर्म स्थलोमा उपस्थित हुन छोडी आजसम्म झण्डै ६५ दिन तथा सरकारले लकडाउन गरेको ५० दिनसम्म सानो बाबु पुष्प लगायतका आफ्ना परिवारका साथ घर मै लकडाउन भै बसिरहेको छु । एक नाति बाबु निमेष र नातिनी प्रेक्षाको समेत विद्यालयहरू बन्द रहेका हुँदा उनीहरूसँगै विविध विषयमा भएको छलफल तथा बातचितबाट दिनहरू बितिरहेका छन् । झण्डै दिनमा एक पटक काठमाडांैमा रहेका ठूलो बाबु तिर्थका परिवारसँग बाहेक अन्य कोही र कुनै दाजुभाइ, साथी तथा इष्टमित्र, नाता गोताहरूसँग सम्पर्क र भेटघाटसम्म पनि हुन सकेको छैन । यस अवधिमा मेरा जिन्दगीका पानाहरू, बन्दको बन्दी तथा संक्रामक रोग र नेपाली जनता नामक लेखहरू लेख्ने कोशिस गरे भने एडोल्फ हिटलर, अब्राहम लिंकन, माओत्सेतुङ, विंस्टन चर्चिल, महात्मा गांधी, नेलसन मण्डेला, जर्ज वासिंटन, मार्टिन लुथर किंग, कार्लमास्क जस्ता राजनीतिज्ञ र बैज्ञानिक अल्वर्ट आइन्सटाइन तथा संस्कृतका महाकवि कालिदास, कविशिरोमणी लेखनाथ पौडेल, आदिकवि भानुभक्त आचार्य तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा र राष्ट्कवि माधवप्रसाद   घिमिरेका जिवनी लगायतका पत्रपत्रिका आदिको अध्ययन गर्ने तथा रेडियो र टी.भी.बाट समाचार सुन्दैमा अन्य समय बितिरहेको छ ।

समाज र मुलुकको लागि शैक्षिक, न्यायिक तथा भौतिक रुपमा केही न केही सेवा र सहयोग तथा विकास र प्रगति गर्ने उत्कृष्ट इच्छा हुँदाहुँदै पनि निश्क्रिय रुपमा हल न चल रहि यसरी पनि जीवन त चल्ने नै रहेछ भन्ने अनुभव भएको छ । यस्तो समयमा चित्त शान्त गर्नका लागि आध्यात्मिक ज्ञानले मद्दत पु¥याउछ भनि केही विद्वानहरूले भन्ने गरेको सम्झी केही वेतान्त शास्त्र तथा उपनिषदको  बारेमा अध्ययन गर्ने शोच बनाए तर ११० भन्दा पनि बढी उपनिषदका नेपालीमा पर्याप्त मात्रामा पुस्तकहरू नभएकाले कसरी अध्ययन गर्ने भन्ने समस्या प¥यो । पछि विचार आयो । जहाँ इच्छा तहाँ तहाँ उपाय भन्दछन् तै पनि कम्प्युटरमा गुगल सर्च गर्दा केही पाइन्छ कि त भनी कम्प्युटर खोले । विकिपिडियाबाट उपनिषद तथा वेदान्त शास्त्रको विषयमा धेरै कुराहरूको करिव ३ दिनसम्म जानकारी लिएँ । तै पनि लकडाउन सकिएको छैन ।

मन फेरी बदलियो र बिचार गर्न लागे समसामयिक बिषयमा । आफ्नै मुलुकका तीन तहका सरकारले यस संकटको घडीमा के के गरी रहेका छन ? नागरिकको अवस्था के कस्तो छ ? विश्वमा  के  र कसो भएको होला ? किन आजको चन्द्रमामा पुग्ने र मंगल ग्रहमा मानव बस्ति बसाल्ने लक्ष्य लिएको मानवको ज्ञान तथा बिज्ञानले कोरोनाको नियन्त्रण गर्न सकिरहेको छैन ? भन्ने जस्ता जिज्ञासाले जतिसुकै रुपमा मनलाई नियन्त्रण गर्न खोजिए पनि ध्यान वा क्रम भंग भै कुनै बिषयमा पनि अझ गहन रुपमा यति बाक्लो समयसम्म पनि थप अध्ययन, मनन र चिन्तन गर्न सकिएको छैन ।
यस अवस्थाको बारेमा सुन्दा सुन्दै र बुझ्दा बुझ्दै त मानव जातिलाई नै चुनौती दिदैं केही दिनमा चीनको हुआन प्रान्तमा लाखौं संक्रमित भएका, हजारौंको मृत्यु भएको र चीनभर लकडाउन र नाकाबन्द भएका खवरहरू प्रसारित हुन थाले । विश्वका अन्य मुलुकहरूले त्यसलाई चीनको मात्र समस्या देखि चीनको वारेमा आलोचना खिसिटिउरी र ठट्टा तथा आरोप समेत गर्न भ्याए । पुँजी र शक्तिको घमण्ड गरे । के किन र कसरी चीन जस्तो महाशक्तिले समेत त्यसलाई नियन्त्रण गर्न सकेन भन्ने तर्फ ध्यानै दिएनन् । हावा सरी आफ्ना मुलुकमा कोरोनाले पञ्जा फिजाएर नागरिकको ठूलो क्षति भएपछि अहिले बल्ल झल्यास्स भएका छन् । अझै पनि   कोरोना के किन र कसरी रहेछ भनेर सत्य तथ्य तथा वास्तविकता पत्ता लगाउन सकिरहेका छैनन् । नेपाल सरकार पनि त्यतिबेलासम्म कानमा तेल हालेर बस्यो । खासै तयारी नै नगरी खाली चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने सुर सार मात्र गराउन लाग्यो ।

No comments:

Post a Comment