साहित्यिक चटनी- लकडाउनका रङ्गहरु– २ (प्रशान्ती) - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 16, 2020

साहित्यिक चटनी- लकडाउनका रङ्गहरु– २ (प्रशान्ती)


७. युरोपेली हुँकार
नेपालमा केही हुन्न भनेर बिदेश जानेको पहिलो जमात थियो युरोप र अमेरिका तिर गएको संभ्रान्त वर्ग । यहाँका धनीमानी जो, अंग्रेजी पढेका थिए अनि खान्दानी सम्पतिको आडमा युरोप र सम्पन्न देशमा पुगेर त्यतै पढेर रोजगारीमा अल्झिए । अहिले कोरोना लागेर मानिसहरू भकाभक मर्दा नेपाल सरकारलाई गुहार्दैछन् । पहिले नेपाललाई वास्ता नगर्ने तर आपत पर्दा चाहिँ कमसेकम मातृभूमि चाहिने त रहेछ नि ¤ याद राख्नुस ¤ अरब तिरको खाडीमा बाध्यताले काम गर्न जाने नेपाली र युरोपमा बसेको खान्दानी नेपालीमा फरक छ । नेपालमै बसेर केही गरौं भन्ने मानिसले सम्पन्न देशमा पढ्न जाने भनेर पि आर  कुरेर बसेका तिमीहरूको नियत मजाले हिसाब गर्न जानेकै छन् ।

८. ज्ञानेन्द्र शाही
कहिल्यै काम गर्न नपर्ने अनि थुतुनो बजाएर क्षणिक समर्थन ल्याउनेमा ज्ञानेन्द्र शाही पनि एक हुन् । राज्यले लिएको नीति अबलम्बन गर्नै पर्छ । उन्ले राहत बाँढे त्यो पनि ठीक हो । तर यसमा तीनवटा कुरा जोडिएर आउँछन् । पहिलोउन्ले राहत बाडिरहँदा राहत पाउनेले राज्यले समेत दिन सक्ने हुँदा दोहोरिने सम्भावनालाई किन नहेरेको । दोश्रोउनैको समर्थनमा उत्रेको एक जना विद्यार्थीले खान पाइन भनेर फेसबुक र यु ट्युबमा निकै कुर्ले । तर पछि प्रहरीले छापा मार्दा ती खान पाइन भन्ने ज्ञानेन्द्र शाहीको समर्थकको कोठामा सयौं बोरा चामल भेटिएको थियो । वाह ¤ किन रुनु फेसबुकमा अनि किन क्षणिक समर्थन खोज्नु ? तेश्रोज्ञानेन्द्र शाही न कुनै काम गर्छन्, न कुनै व्यापार व्यवसाय छ, अनि राहत बाढ्ने औकात कहाँबाट आयो ? उनलाई प्लेन उड्ने खर्च, राजनीति गर्ने खर्च, उनका आसेपासे राख्ने खर्च,  समर्थकले दिन सक्ने औकात सधैँ नहुन सक्छ । कसैबाट सञ्चालित हुन भनेर शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ ।

९. सरकारी रबैया
यो बेला सबैभन्दा झुक्याउने जो कोही छ भने सरकार नै हो । कहिले लकडाउन केही दिनको लागि खुल्यो भनेर बजारमा हल्ला हुन्छ । अनि केही समय पछि हैन भन्ने हल्ला गराउँछ । संसारको सबैभन्दा कमेडी गर्ने सरकार जो कोही छ भने यही नै हो । अझ अध्यादेश जारी गरेर फेरि अर्को पार्टी फुटाउन उद्धत भएको थियो । तर नसकेपछि अध्यादेश फिर्ता पनि लियो । केटाकेटीले भाँडाकुँडी खेलेको जस्तो हैन नि   सरकार चलाउने कुरा ¤ तर यै भएको छ यहाँ । तर सबैभन्दा अनौठो चुट्किला के थियो भने, सरकारले बाडेको राहत नेपाली जनसंख्यालाई लाखौं पुग्ने थियो, यसमा अझ विदेशीएका नेपालीको कुनै हिसाब नगर्ने हो भने एक नेपालीको भागमा लाखौं रकम पर्न सक्छ तर खै नेपाली जनता उस्तै छन् ।

१०. यात्रुबाहक एम्बुलेन्स
लकडाउनमा कसैको लक अर्थात भाग्यले साथ दिएको पाईयो । भाग्यले धेरै साथ दिनेमा अहिलेका एम्बुलेन्स सञ्चालक र ड्राईभर हुन भनेर ठोकुवा गर्दा फरक पर्दैन । काठमाडौंबाट लमजुङ जानेलाई प्रतिव्यक्ति ३ हजारदेखि ७ हजारसम्म लिएर यी एम्बुलेन्सले कमाईको भाँडो बनाई राखेका छन् । असली बिरामी बोक्नु भन्दा एक जना बिरामीलाई सेतो टालो जिउँमा बाँधेर स्लाइनको सुई नभएको तार जिउमा टेपले टाँसेर बिरामी ओसारेको बहाना गर्ने यी एम्बुलेन्सलाई यात्रुवाहक सबारीको रूपमा घोषणा गरिदिउँ झैं लाग्छ ।

११. नाममात्रका क्वारेन्टाईन
जिल्लामा मानिस भित्रिन नदिनु पहिलो कुरा अनि भित्रिएकालाई क्वारेन्टाईनमा राख्नु नै पर्ने हो । तर यहाँके भयो भने जिल्ला भित्रिने केही औकात र पहुँच नपुगेकोलाई भने क्वारेन्टाईनमा राखिएको पाईयो । पहुँच हुनेहरू त गाउँ पुगेर डुल्न थालिसके नि ¤ उता क्वारेन्टाईनमा बस्नलाई छिटै घर पठाइएछ । अनि कोही भागेछन् । आखिर उनीहरू भाग्नुको कारण के रहेछ भने, न त्यहाँ बस्न र खानको राम्रो व्यवस्था थियो न सावुन पानी नै । भलै सुविधा लिएर त्यहाँ बस्न गएका हैनन् । क्वारेन्टाईनमा तर हाम्रा स्थानीयतहमा जब कोरोना फैलन्छ अनि बल्ल थाहा हुन्छ ।
खै यस्तै धेरै रंगहरू कोरोन अर्थात कोभिडका देखिए । नयाँ बर्ष उपलब्धि मुलक बनोस्, सिकाईको बर्ष बनोस्, नयाँ खोज र अनुसन्धानको बर्ष बनोस्, आत्मनिर्भरतको बर्ष बनोस् सबैलाई शुभकामना ¤
 तारेमाम् ¤

No comments:

Post a Comment