पोखरा, चैत २७ गते ।
अनुपम म्युजिक पोखराले नयाँ वर्ष २०७४ को अवसरमा क्यालेन्डर विमोचनसँगै शुभकामना आदानप्रदान कार्यव्रmम आइतबार सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख सल्लाहकार वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि सञ्चारकर्मी सरस्वती गुरुङ र विशेष अतिथि नाट्यकर्मी कृष्ण उदासीले क्यालेन्डरको विमोचन गर्नुभएको थियो ।
प्रमुख अतिथि गुरुङले संसारमा आमा जति महान् चिज केही नभएको भन्दै आमाको सम्मानमा गीत, सङ्गीत वा अन्य जुनसुकै माध्यमबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । जीवनलाई सम्पूर्णता दिने वस्तु नै सङ्गीत भएको बताउँदै कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्षसमेत रहनुभएकी गुरुङले पोखराको वाङ्मयिक समृद्धि रहरलाग्दो भएको भनाइ राख्नुभयो ।
विशेष अतिथि उदासीले पोखराको वाङ्मय जुनसुकै कोणबाट पनि पूर्णताको बाटोमा यात्रा गरिरहेको जिकिर गर्नुभयो । उहाँले सङ्गीत र उद्घोषणमा लाग्न चाहनेहरुका लागि अनुपमले भूमिका खेले जस्तै नाट्य क्षेत्रमा लाग्न चाहनेहरुका लागि आफूहरुले नेशनल आर्ट स्कुलका माध्यमबाट भूमिका खेल्ने जानकारी पनि दिनुभयो । व्यक्तिगत तथा संस्थागत सहकार्यले नै कला, साहित्य, सङ्गीतको उत्थान हुने भएकाले सबै बिना स्वार्थ लाग्नुपर्ने उहाँको भनाइ थियो ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आगामी असार ३ गते हुने चौथो अनुपम साङ्गीतिक साँझबाट बचत भएको रकम अनाथ बालक सुदिप गुरुङको गीत रेकर्डिङ र भिडियो निर्माणमा खर्च गर्ने घोषणा गर्नुभयो ।
सोही अवसरमा अनुपम म्युजिक र कास्की मल्टिमिडियाद्वारा सञ्चालित ११६ औँ उद्घोषण तथा भाषण कला तालिमका सहभागीहरुलाई प्रमुख अतिथ सरस्वती गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यव्रmममा हिमाली बाल कल्याण संरक्षण मञ्चका शाखा प्रमुख टङ्कप्रसाद गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेस अफ पोखराकी अध्यक्ष इतु जोजिजू, नवदीप बोर्डिङ स्कुलकी प्रिन्सिपल तथा गायिका कौशल्या गुरुङ, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचन, जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजू, पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ, प्रशिक्षार्थीहरु खिमकुमार गुरुङ, क्षेत्रबहादुर केसी, सन्जु पुर्जालगायतले नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।
सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा साहित्यकार सुरज उपाध्यायले स्वागत गर्नुभएको थियो ।

No comments:
Post a Comment