लेखनाथ महोत्सवमा खुला कविता प्रतियोगिता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, January 16, 2017

लेखनाथ महोत्सवमा खुला कविता प्रतियोगिता

लेखनाथ महोत्सवमा खुला कविता प्रतियोगिता


कास्की, माघ ३ गते ।
    लेखनाथ महोत्सव–२०७३ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस पटक पनि खुला कविता प्रतियोगिताको कार्यक्रम समावेश गरिएको छ ।
    प्रतियोगिता सम्पन्न गर्न लेखनाथ उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य ई. बसन्तमोहन भट्टराईको संयोजकत्वमा साहित्यिक उपसमिति गठन गरिएको छ ।
    समितिको सहसंयोजकमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल र सचिवमा कृष्णप्रसाद पौडेल रहनुभएकाे छ ।
    यसै गरी सदस्यमा ताराप्रसाद तिमिल्सिना, छवि सुवेदी, प्रतिभा शर्मा, छन्दमणि त्रिपाठी, तारा पोखरेल, धर्मराज पौडेल र शिव लामिछाने रहनुभएकाे छ ।
    समितिको सल्लाहकारमा लक्ष्मीप्रसाद त्रिपाठी, प्रा.डा. रविलाल अधिकारी, हरिदेवी कोइराला, कृष्णप्रसाद बास्तोला र माधव शरण उपाध्याय रहनुभएकाे छ ।
    माघ १८ गतेसम्म सङ्कलित कवितामध्येबाट २० वटा कविता छनौट गरी प्रतियोगितामा समावेश गराइने छ । पुरस्कृत ६ वटा कवितालाई लेखनाथ महोत्सवको स्टेजमा वाचन गर्न दिइने छ । प्रतियोगितामा प्रथम हुनेलाई दस हजार, द्वितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पा“च हजार तथा सान्त्वना पुरस्कार तीन जनालाई जनही दुई हजार र प्रमाण पत्र प्रदान गरिने सह स‌याेजक पदमराज ढकालले जानकारी दिनुभयाे ।
   

No comments:

Post a Comment