पोखरा, चैत २८ गते ।
अडियो रेकर्ड भएको झण्डै १२ वर्षपछि गीतकार वसन्ती लालचनको धौलागिरि अञ्चल, मन भयो मेरो चन्चल... बोलको गीत अब भिडियोमा हेर्न पाइने भएको छ ।
सोमबार पोखरामा थकाली सेवा समितिले आयोजना गरेको एक कार्यव्रmममा साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०६१ सालमै ‘सपनाको गाउँ’ नामक एल्बममा समेटिएको उक्त गीतको म्युजिक भिडियो विमोचन गर्नुभयो । श्रेष्ठले भिडियोसँगै लालचनकै ‘धौलागिरि ः कोबाङ हिमालपारिको गाउँ’ एल्बमको समेत विमोचन गर्दै नेपालको पर्यटन प्रबद्धनका लागि साहित्य र सङ्गीतले ठूलो भूमिका खेलेको बताउनुभयो । नेपालको धेरै इतिहाससँग मुस्ताङको साइनो जोडिएको भन्दै श्रेष्ठले मुस्ताङको प्रकृति र संस्कृतिलाई चिनाउन गीतकार वसन्ती लालचनको भूमिका स्मरणीय रहेको बताउनुभयो । लालचनको योगदानको कदर गरेर नेपाल पर्यटन बोर्डले विशेष सम्मान दिनुपर्ने मागसमेत श्रेष्ठले अघि सार्नुभयो ।
‘आदिवासीले आफ्नो जातीय संस्कृति र सभ्यताको चर्चा गर्दा साम्प्रादायिक हुन्छ तर अन्यले त्यही कुरा गर्दा राष्ट्रियता हुने ?’ श्रेष्ठले भन्नुभयो, ‘कुनै एक जातिको सभ्यताको विकास भएर मात्र देशको उन्नति हुने भए उहिल्यै भइसक्थ्यो, जसरी फूलबारी सुन्दर हुन सबै फूलहरु फुल्नुपर्छ, त्यसरी नै सबै जातिको संस्कृतिको विकास भए मात्र देशको विकास हुन्छ ।’ स्थानीय सम्भावनाहरुको साहित्य र सङ्गीतमार्फत् उजागर गर्न जिविस, नगरपालिका जस्ता स्थानीय निकायले समेत चासो दिनुपर्नेमा उहाँको जोड थियो ।
गीतकार लालचनले आफूलाई गाउँकै सौन्दर्य र वातावरणले लेख्न प्रेरणा दिएको बताउँदै आफूले गीतमार्फत् स्थानीय पर्यटनलाई उजागर गर्न चाहेको बताउनुभयो । गीत सरल हुनुपर्ने मान्यता आफ्नो भएको भन्दै लालचनले पहिलो एल्बम ‘सपनाको गाउँ’मै यो गीतको अडियो समावेश भए पनि भिडियो निर्माण गर्ने सपना चाहिँ अहिले आएर पूरा भएकोमा गौरव लागेको बताउनुभयो ।
गीतको समीक्षा गर्दै ज्योति भट्टचनले थकालीहरुको उद्गमस्थल मुस्ताङको कोबाङ गाउँको प्रकृति र संस्कृतिलाई गीतले न्याय गरेको बताउनुभयो । उहाँले लालचनको क्या राम्रो स्याउ बारी....बोलको गीतले जस्तै चर्चा यसले पनि पाउने विश्वास व्यक्त गर्नुभयो ।
थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचनले नेपालमा गाउँको गीत निर्माण गर्ने प्रचलनको विकास हुनुमा वसन्तीका गीतहरुको ठूलो भूमिका रहेको दाबी गर्नुभयो ।
सञ्चारकर्मी तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा थकाली सेवा समितिका पूर्व अध्यक्ष अजित शेरचन, मार्फा थकाली समाजका अध्यक्ष दीर्घसिंह लालचन, निर्माता विमल शेरचनलगायतले शुभकामना दिनुभएको थियो ।
अजुदा थापाको स्वर र सुनील थापाको सङ्गीत रहेको गीतको म्युजिक भिडियोको निर्माण शङ्कर शेरचन, किरण शेरचन, विमल शेरचन, उषा शेरचन, मदन गौचन र बालकुमारी गौचनले गर्नुभएको हो । भिडियोको निर्देशन दिनाङ्क शेरचनले र मोडलिङ सिम्रन गौचनले गर्नुभएको छ ।

No comments:
Post a Comment