रहेनन् कलाकार विष्णुभक्त फुयाँल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, January 3, 2017

रहेनन् कलाकार विष्णुभक्त फुयाँल

रहेनन् कलाकार विष्णुभक्त फुयाँल

काठमाडाैँ, पुस १९ गते ।
नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । 
उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारी
को निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएका थिए ।
नाटकमा अभिनय गर्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि काठमाण्डौको वीर अस्पताल पु¥याइएको थियो ।  हाँस्य सिरियल ‘तितो सत्य’मा उनले काम गरेका थिए । यो सिरियलमा उनी कलाकार दीपाश्री निरौलाको बुबाको भूमिकामा देखिएका थिए । साथै, थुप्रै चलचित्रमा पनि उनले अभिनय गरेका थिए ।
रंगकर्ममा नै काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल अन्ततः नाटकमा अभिनय गर्दा गर्दै सबैलाई छाडेर बिदा भएका छन् । ‘तितो सत्य’मा ‘अाे माई लभ’ नाम थेगोका कारण उनी चर्चित बनेका थिए ।
अहिले अस्पताल परिसरमा रंगकर्मीको घुईंचो लागेको छ। फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र हुने बताइएको छ।
तीन छोराका पिता रहेका फूयाँल पछिल्लो केहि वर्षदेखि बौद्ध स्थित पानी ट्याङ्कीमा एक्लै बस्दै आएका थिए।



र याे पनि पढ्नुहाेस्
http://kala.setopati.com/news/5055/

No comments:

Post a Comment