तीन संस्थाले मनाए पोखरामा नारायण गोपालको स्मृति दिवस
पोखरा, मङ्सिर १८ गते ।
पोखरामा व्रिmयाशील तीन ओटा साङ्गीतिक संस्थाहरुले संयुक्त रुपमा स्वर सम्राट् नारायण गोपालको स्मृति दिवसका सन्दर्भमा शुव्रmबार विशेष कार्यव्रmम गरेका छन् ।
अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीले संयुक्त रुपमा नारायण गोपालको स्मृति दिवसको सन्दर्भ पारेर आयोजना गरेका कार्यव्रmममा स्वर सम्राट्का स्वरमा भएका गीतहरु नयाँ र पुराना डेढ दर्जन कलाकारहरुले गाएका छन् । कार्यव्रmममा रामभक्त जोजिजू, मालती गुरुङ, प्रज्ज्वल जोजिजू, रुवी गौली, ज्ञान गोपाल, इतु जोजिजू, आशिष दास, कौशल्या गुरुङ, पूर्णिमा परियार, मधुसुदनमान श्रेष्ठ, मितु पाल, प्रमिला बराल, अङ्कित बाँस्कोटा, लक्ष्मी गिरीलगायतले नारायण गोपालका स्वरमा भएका गीतहरु गाउनुभएको थियो ।
आयोजक मूल समितिका संयोजक तथा जे.ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजूको अध्यक्षतामा भएको कार्यव्रmमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले नगरपालिकाले सङ्गीत र संस्कृतिको प्रबद्र्धनका लागि छुट्टै योजना तथा नीति बनाएर अघि बढ्ने सोचाइ रहेको बताउनुभयो । आगामी दिनमा बजेट नै छुट्याएर कार्यव्रmमहरु सञ्चालन गरिने उहाँको भनाइ थियो ।
कार्यव्रmममा नारायण गोपालसँग ढेड दशकसम्म सँगै साङ्गीतिक यात्रा गर्नुभएका सङ्गीतकर्मी अर्जुन चैनपुरेले नारायण गोपालको साङ्गीतिक योगदान अतुलनीय रहेको बताउनुभयो । पोखरासँग पनि नारायण गोपालको साङ्गीतिक साइनो दरिलो रहेको चैनपुरेको भनाइ थियो ।
त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले स्वागत गर्नुभएको कार्यव्रmमको सञ्चालन अनुपमका प्रबन्ध निर्देशक अनुराग अधिकारीले गर्नुभएको थियो ।
हरेक महिनाको पहिलो शनिबार संयुक्त रुपमा ‘सुगम सङ्गीत यात्रा’ नामक साङ्गीतिक अभियान सञ्चालन गरिरहेका तीन संस्थाले यस वर्षदेखि हरेक वर्ष नारायण गोपाल स्मृति दिवस मनाउने निर्णय गरेका छन् ।
नेपाली साङ्गीतिक क्षेत्रका स्वर सम्राट् नारायण गोपालको जन्म वि. सं. १९९६ असोज १८ गते भएको थियो भने २०४७ मङ्सिर १९ गते निधन भएको थियो ।
No comments:
Post a Comment