युद्धका नायकप्रति
आओ युद्दका नाइकेहरू,
जसले बन्दुक बनायौ
जसले मृत्युजहाज बनायौ
जसले बम बनायौ
जो पर्खालपछाडि लुक्छौ
जो डेस्कपछाडि लुक्छौ –
र यो बुझ
नकाबभित्रको तिमीहरूको मुहार
म स्पष्ट देख्छु ।
जसले मृत्युजहाज बनायौ
जसले बम बनायौ
जो पर्खालपछाडि लुक्छौ
जो डेस्कपछाडि लुक्छौ –
र यो बुझ
नकाबभित्रको तिमीहरूको मुहार
म स्पष्ट देख्छु ।
तिमी – जसले विध्वंस सिर्जना गर्नेबाहेक
केही काम गरेका छैनौ ।
तिमी मेरो संसारसँग
बच्चाको गुडीयाजस्तै खेल्छौ
मेरा निर्दोष हातमा बन्दुक थमाएर
मेरो दृष्टिबाट बिलाउँछौ
र जब अन्धाधुन्ध बारुद चल्न थाल्छन्
तिमी फनक्क फर्केर कुलेलाम ठोक्छौ ।
केही काम गरेका छैनौ ।
तिमी मेरो संसारसँग
बच्चाको गुडीयाजस्तै खेल्छौ
मेरा निर्दोष हातमा बन्दुक थमाएर
मेरो दृष्टिबाट बिलाउँछौ
र जब अन्धाधुन्ध बारुद चल्न थाल्छन्
तिमी फनक्क फर्केर कुलेलाम ठोक्छौ ।
प्राचीन धोकेबाज जुडासजस्तै
तिमी झूट बोल्छौ, जालझेल गर्छौ
तिमी चाहन्छौ म विश्वास गरूँ
कि विश्वयुद्द जित्न सकिन्छ
तर म तिम्रो भित्री दृष्टि छर्लंग देख्छु
मेरो घर अगाडिको ढलमा बग्ने पानी जस्तै
तिम्रो भित्री मस्तिष्क देख्छु ।
तिमी झूट बोल्छौ, जालझेल गर्छौ
तिमी चाहन्छौ म विश्वास गरूँ
कि विश्वयुद्द जित्न सकिन्छ
तर म तिम्रो भित्री दृष्टि छर्लंग देख्छु
मेरो घर अगाडिको ढलमा बग्ने पानी जस्तै
तिम्रो भित्री मस्तिष्क देख्छु ।
सबै बन्दुकमा बारुद भरेर
अरूको हातमा थमाइदिएर
तिमी पछि हट्छौ र हेर्छौ
जब एकएक गर्दै मृतकको संख्या बढ्छ
कैयौं युवाको शरीरबाट बगेको रगतले
धर्ती रक्ताम्य हुन्छ
तिमी आफ्नो महलमा लुक्छौ ।
अरूको हातमा थमाइदिएर
तिमी पछि हट्छौ र हेर्छौ
जब एकएक गर्दै मृतकको संख्या बढ्छ
कैयौं युवाको शरीरबाट बगेको रगतले
धर्ती रक्ताम्य हुन्छ
तिमी आफ्नो महलमा लुक्छौ ।
यो संसारमा तिमीले
अकल्पनीय भय भरिदिएका छौ
यो संसारमा बच्चा जन्माउने भय
मैले जन्माई नसकेको
मैले नाम राखी नसकेको मेरो बच्चालाई
आतंकित बनाइसकेका छौ
आफ्नै नसामा बग्ने रगत बोक्न
तिमी नालायक छौ ।
अकल्पनीय भय भरिदिएका छौ
यो संसारमा बच्चा जन्माउने भय
मैले जन्माई नसकेको
मैले नाम राखी नसकेको मेरो बच्चालाई
आतंकित बनाइसकेका छौ
आफ्नै नसामा बग्ने रगत बोक्न
तिमी नालायक छौ ।
अरूको पालो मिचेर बोल्न
मलाई कति थाहा छ र ?
तिमी भनौला म आलोकाँचो छु
भनौला म अबुझ छु
तिमीभन्दा कमै भोटो फटाएको भएपनि
म एउटा कुरा भने पक्कै बुझ्छु
परमेश्वरले पनि तिम्रा कर्तुतहरू
माफ गर्न सक्ने छैनन् ।
मलाई कति थाहा छ र ?
तिमी भनौला म आलोकाँचो छु
भनौला म अबुझ छु
तिमीभन्दा कमै भोटो फटाएको भएपनि
म एउटा कुरा भने पक्कै बुझ्छु
परमेश्वरले पनि तिम्रा कर्तुतहरू
माफ गर्न सक्ने छैनन् ।
मेरो एउटा सवाल सुन
के तिम्रो पैसाले क्षमा किन्न सक्छौ?
के तिमीलाई लाग्छ, तिमी सक्छौ?
जब तिमीले मारेका मान्छेहरूको संग्रह बन्छ
युद्दबाट बटुलेको तिम्रो अकुत धनले
एउटा आत्मा पनि फर्काउन सक्ने छैनौ ।
के तिम्रो पैसाले क्षमा किन्न सक्छौ?
के तिमीलाई लाग्छ, तिमी सक्छौ?
जब तिमीले मारेका मान्छेहरूको संग्रह बन्छ
युद्दबाट बटुलेको तिम्रो अकुत धनले
एउटा आत्मा पनि फर्काउन सक्ने छैनौ ।
र म कामना गर्छु तिम्रो मरण होस्
तिम्रो मृत्यु चाडैं आओस्
उराठलाग्दो मध्यान्हमा
म तिम्रो खटलाई पछ्याउनेछु
र तिमीलाई चितामा चढाएको हेर्नेछु
र तिम्रो अन्त्य भएकोमा पूरै ढुक्क नभएसम्म,
तिम्रो चिहानमा उभिइरहनेछु ।
तिम्रो मृत्यु चाडैं आओस्
उराठलाग्दो मध्यान्हमा
म तिम्रो खटलाई पछ्याउनेछु
र तिमीलाई चितामा चढाएको हेर्नेछु
र तिम्रो अन्त्य भएकोमा पूरै ढुक्क नभएसम्म,
तिम्रो चिहानमा उभिइरहनेछु ।
-अनुवाद
नयन पी सिन्धुलीय
हृदयको युवा
दन्त्यकथा सत्य हुनसक्छन्,
दन्त्यकथाजस्तै हुनसक्छ तिम्रो जीवन
तिम्रो हृदय जवान भए
तिमीलाई साँघुरो सोचमा बस्न गाह्रो हुनेछ
तिम्रो हृदय जवान भए ।
असम्भव प्रस्तावको उच्चाइमा पुग्न सक्छौ तिमी
उध्रिएको ठाउ“मा तिम्रो सपना च्यातिँदा हाँस्न सक्छौ तिमी
अनि हरेक बितेका दिनसँगै जीवन अरु रोमाञ्चक हुनेछ
अनि प्रेम तिम्रो हृदयमा वा आफ्नो बाटोमा हिँडिरहेको हुनेछ ।
दन्त्यकथाजस्तै हुनसक्छ तिम्रो जीवन
तिम्रो हृदय जवान भए
तिमीलाई साँघुरो सोचमा बस्न गाह्रो हुनेछ
तिम्रो हृदय जवान भए ।
असम्भव प्रस्तावको उच्चाइमा पुग्न सक्छौ तिमी
उध्रिएको ठाउ“मा तिम्रो सपना च्यातिँदा हाँस्न सक्छौ तिमी
अनि हरेक बितेका दिनसँगै जीवन अरु रोमाञ्चक हुनेछ
अनि प्रेम तिम्रो हृदयमा वा आफ्नो बाटोमा हिँडिरहेको हुनेछ ।
तिमीलाई के थाहा छैन,
धर्तीका सबै सबै मूल्यवान हुने गर्छन्
जब कोही हृदयदेखि हुनेछ युवा
तिमी धेरै धनी बन्नुभन्दा धेरै राम्रो हो
हृदयमा हुनु युवा ।
तिमी १०५ वर्ष बाँचे पनि
तिमीले बाँचेर हासिल गरेका सबै कुरालाई हेर
हो यही नै जीवनको उत्कृष्ट जीवन हो
तिमी निकै युवा हृदय हौ भने यदि
तिम्रो शुरुवात भव्य हुनेछ ।
धर्तीका सबै सबै मूल्यवान हुने गर्छन्
जब कोही हृदयदेखि हुनेछ युवा
तिमी धेरै धनी बन्नुभन्दा धेरै राम्रो हो
हृदयमा हुनु युवा ।
तिमी १०५ वर्ष बाँचे पनि
तिमीले बाँचेर हासिल गरेका सबै कुरालाई हेर
हो यही नै जीवनको उत्कृष्ट जीवन हो
तिमी निकै युवा हृदय हौ भने यदि
तिम्रो शुरुवात भव्य हुनेछ ।
तिमी १०५ वर्ष बाँचे पनि
तिमीले बाँचेर हासिल गरेका सबै कुरालाई हेर
हो यही नै जीवनको उत्कृष्ट जीवन हो
तिमी निकै युवा हृदय हौ भने यदि
तिम्रो शुरुवात भव्य हुनेछ ।
तिमीले बाँचेर हासिल गरेका सबै कुरालाई हेर
हो यही नै जीवनको उत्कृष्ट जीवन हो
तिमी निकै युवा हृदय हौ भने यदि
तिम्रो शुरुवात भव्य हुनेछ ।
अनुवाद
नीरज लवजु
No comments:
Post a Comment