अन्तरङ्गमा प्रकाशित समाचार, लेख रचना र अन्तरवार्ता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, December 13, 2016

अन्तरङ्गमा प्रकाशित समाचार, लेख रचना र अन्तरवार्ता


जिल्ला अस्पतालले उचित सेवा नदिएको गुनासो
बेसीशहर– यहाँ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको सेवा सुविधा प्रभावकारी नभएको सेवाग्राहीहरू गुनासो गरेको बढी रहेको बेलामा सो अस्पतालद्वारा गरिएको सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरूको सर्वाधिक चासोको प्रश्न अनुत्तरित नै रह्योर सेवाग्राहीले छ महिने मन्त्रीले उक्त अस्पतालाई १० वर्षका लागि जिल्लावासीको भविष्यमा खेलवाड गर्र्दै के कारण सम्झौता गरेका हुन् भनेर गर्र्दै आएको तर अनुत्तरीत रहने गरेको प्रश्न यसपटक पनि सम्बोधन भएनर सो सार्वजनिक सुनुवाई मंसिर ५ गते गरिएको हो ।
सो अवसरमा सांसद् जमीन्द्रमान घलेले ‘स–साना कुरामा पनि गुनासो आउने वातावरण अस्पतालले बनाउन नहुने बताउनु भयो । उहाँले ‘अस्पताललाई गुनासोरहित बनाउँदै सेवा सुविधा पर्याप्त बनाउन खासगरी व्यवस्थापन पक्षको पहल बढी जिम्मेजवार रहेको बताउनु भयो । उहाँले अस्पतालको सेवा महड्डो भएको जनस्तरबाट गुनासो आएकाले यसलाई अन्य सरकारी अस्पतालहरूसँग तुलना गरेर शुल्क निर्धारण गर्न र सर्वसाधारणको सेवालाई प्रभावकारी बताउन सुझाव दिनुभयो । उहाँले केही शैयालाई क्याविनको रूपमा विकास गरी केही शैया शुल्क लिने र सामान्य शैयाहरू निःशुल्क व्यवस्था गरेर सर्वसाधारणको गुनासो नआउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक सुनुवाई सुशासनको महत्वपूर्ण पक्ष रहेको बताउनुभएको छ ।
कार्यक्रममा अर्का सांसद् टुकाभद्र हमालले सार्वजनिक सुनुवाईले संस्थालाई थप पारदर्शी बनाउने भएकाले यस कार्यक्रमबाट आएका सुझावहरूलाई तत्काल कार्यान्वयन गर्न र सार्वजनिक सुनुवाईलाई नियमित बताउनु पर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालले औपचारिकताको हिसाबले नभई दीर्घकालीन रूपमा अत्याधुनिक सेवा सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको लागि अस्पताल अभिभावक जस्तै भएकाले उनीहरूको सेवा सुविधा दिन आग्रह गनुभयो । उहाँले समाजमा बढीरहेको भ्रष्टचार र अनियमिततालाई न्युनिकरण गर्न सार्वजानीक सुनवाई कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी मोहन जिसीले सार्वजनिक सुनुवाई गर्नुपर्नेमा उपस्थिति कम भएको भन्दै अर्कोपटक यस्ता कार्यक्रम गर्दा पर्याप्त प्रचारप्रसार गर्न सुझाव दिदै सार्वजानीक सुनुवाईले सार्वजनिक निकायलाई जवाफदेहिता र पारदर्शीता बनाउने र नागरिकहरुले आफ्नो जिज्ञासाहरु राख्न पाउने मौका प्राप्त गर्ने बताउनुभयो । उहाँले समयको मागअनुसार उपकरणहरू र दक्ष प्राविधकहरूको व्यवस्था गर्न सुझाव दिनुभएको थियो । उहाँले पुराना संरचना र कमी कमजोरीहरुलाई लिएर जनताको सेवा र माग पूरा नहुने भएकोले आधुनिक आवश्यकतालाई मध्यनजर गर्दै भौतिक पूर्वधारहरुको व्यावस्थापन गरी अगाडि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, नेकपा एमालेका कार्यालय सचिव सिंहबहादुर थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मधु अधिकारी, राप्रपा प्रतिनिधि टकबहादुर गुरुङसहितले सार्वजनिक सुनुवाईबाट आएका सुझावलाई कार्यान्वयन गर्दै गुनासो रहित ढंगले पारदर्शीताका साथ सेवा सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
    अस्पतालका सामाजिक सेवा प्रमुख शोभा ठकुरीले सञ्चालन गर्नुभएको थियो ।
अस्पतालका सञ्चालक मानव विकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक तीर्थ थापाले कार्यक्रमको अध्यक्षता गर्दै अस्पतालबाट लिने शुल्क अन्य अस्पतालको तुलनामा महड्डो नभएको पनि दाबी गर्नु भएको थियो । तर उहाँले मुलुकका सस्तो अस्पतालले जस्तो सेवा सुविधा दिन सकेको वा दिने प्रतिवद्धता भने व्यक्त गर्न सक्नु भएन ।
मानव विकास तथा सामुदायिक सेवाका स्वास्थ्य निर्देशक कपिल जैसीले अस्पतालमा विभिन्न सेवा र विशेषज्ञ चिकित्सकहरू थप गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले अस्पतालबाट हप्ताको ६ दिन बहिरड्ड सेवा, चौवीसै घण्टा आकस्मिक सेवा, ६२ बेडसँगै फार्मेसी, बालस्वास्थ्य कार्यक्रम, गर्भवती र प्रसूति सेवा, आँखा, दाँत आदि विभिन्न सेवाहरू दिइएको जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाईका सीमित सहभागीहरूले अस्पतालले नागरिकको अपेक्षा अनुसार सेवा दिन नसकेको र सामान्य खालका केसहरू पनि अन्य अस्पतालमा रिफर गरिदुःख दिने गरेको वताएका थिए । उनीहरूले अस्पतालको सुधारका लागि अस्पताल प्रशासन जवाफदेही र जिम्मेवार हुनु नसकेको औल्याए । उनीहरूले जिल्लामा ७२ प्रकारका निशुल्क औषधी पनि पर्याप्त मात्रमा नपाएको गुनासो गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका राज्य र अस्पताल प्रशासन संबेदनशील नभएको वताएका थिए । उनीहरूले अस्पतालबाट सामान्य सेवा समेत नदिनु लाजमर्दाे भएको भन्दै सेवा सुधार गर्न अस्पताल प्रशासन संघ मागसमेत गरेका थिए ।
स्मरणीय छ, जिल्ला अस्पताल मासेर सामुदायिक बनाउँदा लमजुङवासीलाई राजधानीको विर अस्पतालको जस्तो सस्तो र गुणस्तरीय सेवा दिने सपना बाडिएको थियो । तर त्यस्तो हुन सकेको छैन । त्यसमा पनि कमिसनतन्त्रको साम्राज्य मैलिएको वर्तमान अवस्थामा ६ महिने सरकारका मन्त्रीले त्यस अस्पताललाई १० वर्षका लागि विना मुलाहिजा सम्झौता गरेका होलान् भनेर सामान्य व्यवहार बुझ्ने जो कोही पनि पत्याउन तयार देखिदैनन् । यस बारेको रहस्य खुलाउनु पर्ने सर्वासाधारणको सर्वाधिक चासो र जल्दोबल्दो मागका बारेमा कसैले उक्त सार्वजनिक सुनुवाईमा पनि जबाफ नदिएको सहभागीहरूले व्यापक गुनासो गरेका थिए ।
उक्त अस्पताललाई सामुदायिक बनाउन नहुनेमा जिल्लाका क्रियाशील सबै राजनीतिक दलका प्रमुखहरूले प्रतिवद्धता समेत जनाएका थिए । त्यसरी राजनीतिक दलको विरोध हुँदाहुँदै पनि जस्केलाबाट, २ वर्षका लागि म्याद थप हुँदै छ रे ¤ भन्दै हल्ला चलाइएको बेलामा १० वर्षका लागि सम्झौता गरिएको थियो । जुन कुरा यस जिल्लाका २– ४ वना विशेष भात पानी गर्न पाउने नेता बाहेक अन्य कसैलाई पनि मन परेको छैन ।
अर्को स्मरणीय के छ भने अन्तरड्डले सूचनाको हकको उपयोग गर्दै  सो अस्पतालका गतिविधि सर्वसाधारणको जानकारीका लागि समाचार संप्रेषण गर्नका लागि मांसिर ९ गते माग गरिएको भए पनि यो समाचार तयार गरिरहदा समम दिइएको छैन । तर त्यही मागसँग मिल्ले खालका केही सूचनाहरू अन्य सञ्चारमाध्यममार्फत आज मंसिर १५ गते सार्वजनिक गरिएको जानकारीमा आएको छ । यस घट्नाबाट पनि सो अस्पतालमा के कति पारदर्शीतापूर्ण काम गर्ने गरिएको रहेछ र त्यहाँबाट जनहितका कामहरू पनि के कति हुने गरेका रहेछन् भन्ने बुझ्न कठिन नभएको समाचारस्रोले बताएको छ ।

कर्मचारीतन्त्र प्रक्रियाभन्दा सेवामुखी हुनुपर्छ– सांसद घले

बेसीशहर– हुने विरुवाको चिल्लो पात भन्ने लोकोक्ति छ । निजामति कर्मचारी संगठनको नयाँ समितिले नेतृत्व सम्हालेको १ महिना नपुग्दै समयसापेक्ष सान्दर्भिक काम गरेर सक्षमता देखाएको छ । जलपान कार्यक्रमका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर संगठनको नयाँ नेतृत्वले सराहनीय काम गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिमा सांसद जमिन्द्रमान घले र टुका हमाल तथा विशेष अतिथि प्रजिअ मोहन जिसी हुनहुुन्थ्यो । कार्यक्रममा सांसद घलेले कर्मचारीले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्दै सरकारले जति नियम कानुन बनाए पनि कर्मचारीले पालना नगर्दा समस्या थपिने गरेको, निजामती क्षेत्र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उहाँले सरकारी काम प्रक्रियाभन्दा सेवा मुखी हुनुपर्नेमा जोड दिनु भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजनामा बेसीशहरमा गरिएको ‘नेपालको निजामती प्रशासनमा देखिएका समस्या र समाधानका उपायहरू बिषयक कार्यशाला गोष्ठीमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै सांसद घलेले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न समेत कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले फरक फरक सरकारी निकायका सेवा÷ सुविधामा संशोधन गरेरै भए पनि एकरूपता बनाउनु पर्छ भन्नुभयो ।
यसैगरी, कार्यक्रममा बिषयविज्ञ प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले ‘निजामति कर्मचारीका समस्या र समाधान’ बिषयक कार्यपत्र प्रस्तुत गर्दैे भ्रष्टचार र अनियमितता निजामति क्षेत्रमा बढ्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले निजामती क्षेत्रको कर्मचारीमा अनुशाशन र सिष्टताको कमी आएको बताउँदै निजामति कर्मचारीले कार्यालयको कामका लागि उपलब्ध सामग्रीको बढी र सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै जिसीले जिल्लाको मात्र नभएर देशका निजामति क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र गोपनीयतामा प्रश्न उठाउने काम भएकाले सबै कर्मचारीलाई इमानदारी हुन आग्रह गर्नुभएको थियो । उहाँले कर्मचारीतन्त्रको काम गर्ने शैली नजितामुखी भन्दा प्रशासनमुखी रहेको, कर्मचारी संरचना पिरामिड शैलीको र अधिकार केन्द्रीकृत रहेकोले सुधार गर्नुपर्नेमा जोड दिनुभयो । निजामती कर्मचारीहरूमा माथिकोले तल अधिकार दिन नचाहने र तलकाले पनि अधिकार लिन नमान्ने प्रबृत्ती रहेको औल्याउनु भयो । प्रजिअ जिसीले राजनीति गर्नेहरू प्रशासक बन्न खोज्ने र प्रसाशक राजनीतिज्ञ बन्न खोज्ने प्रवृत्ती रहेको भन्दै राजनीतिक दलहरूले अनावश्यक हस्तक्षेप गर्न नहुने र कर्मचारीले जनतालाई केन्द्रविन्दुमा राखेर नगरेको काम गर्नु पर्ने बताउनु भयो ।
सो कार्यपत्र माथि नेपाल बार एकाईका केन्द्रीय पार्षद एंव अधिवक्ता गुमानसिं अर्याल र आधिकारिक टे«ड युनियन लमजुङका अध्यक्ष पूर्णचन्द्र अधिकारीले टिप्पणी गर्दै कार्यपत्रले अहिलेको निजामती प्रशासनको अवस्थालाई एक्सरे गर्न सफल रहेको बताउनु भयो ।
उक्त गोष्ठिमा नेपाली काँग्रेसका जिल्ला सचिव हरिप्रसाद बराल, नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवााडी,  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मधु अधिकारी, राप्रपाका ठाकुरप्रसाद गुरुङ, कर्मचारी युनियनका अध्यक्ष वामदेव पौडेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष नवीनराज कुइँकेल लगायतले मन्तव्य व्यक्त गर्दे निजामती कर्मचारीले सुशासन, पारदर्शी र जनउत्तरदायी बन्नुपर्नेमा जोड दिनु भएको थियो ।
नेपाल निजामती कर्मचारी संगठन लमजुङका अध्यक्ष कमल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णराज पोखरेलले स्वागत, महिला उपाध्य देवी शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन सचिव सूर्यकान्त अधिकारीले गर्नु भएको थियो ।
    दशौं जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएपछि कर्मचारी संगठनले कार्यशाला गोष्ठिसंगै चियापान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

फेरि हुन छाड्यो पत्रकार भेटघाट

बेसीशहर– जिल्ला विकास समिति लमजुङले मासिक रूपमा गर्ने गरिएको पत्रकार भेटघाट कार्यक्रम फेरि प्रभावित भएको छ । पछिल्ला       चार महिनादेखि सो भेटघाट हुन छाडेको हो ।
पाठक वर्गलाई थाहै छ मुलुकमा जनताले निर्माण गरेको संविधान आएको भन्दै लोकतन्त्रिक  गणतन्त्रका चर्का र ठूलाठूला भाषण (गफ) छाट्ने गरिए पनि सर्वसाधारणले व्यवहारतः त्यस्तो अनुभूति गर्न पाएको अवस्था सिर्जिन सकेको छैन । आज पनि यो मुलुकमा नीतिभन्दा नेता प्रधान हुने पद्दतिबाट नै हाकिने गरिआएको छ । त्यसैले पनि नेपालका ऐन नियमहरूको  कार्यान्वयन तथा प्रभावकारिता व्यक्तिको निजी चाहनामा निर्भर गर्ने परम्परा तोडिन सकेको छैन । मानिसहरूलाई मिठा गफमा भुलाउन जति सजिलो हुन्छ ती गफको कार्यान्वयन पक्षमा उत्रन कठिन हुने रहेछ भन्ने यस घट्नाले पुनः पुष्टि गरिदिएको छ ।
जिल्ला विकास समितिले गर्ने गरेका मासिक पत्रकार भेटघाट प्रभावित भएको यो पहिलो घट्ना पनि होइन । 
यस सम्बन्धमा जिल्ला विकास समितिमा सम्पर्क गर्दा नि. स्थानीय विकास अधिकारी मेघेन्द्र पोखरेलले स्थानीय विकास अधिकारीको व्यस्तताले गर्दा पत्रकार भेटघाट नियमित हुन नसकेको बताउनु भयो । उहाँका अनुसार यो विचमा प्रशासकीय (योजना) अधिकृत खिमबहादुर विकको सरुवा त्यसपछि प्राविधिक शाखाका प्रमुख(डि.इ.) लिला दाहाल समेत सरुवा हुनुभयो । नयाँ डिई स्थानीय विकास अधिकारी पौडेलसँग काठमाडौँबाट सँगै आउने हुनु भएको छ, योजना अधिकृत पदमा को आउने भन्ने अझै टुड्डो लाग्न सकेको अवस्था छैन ।
पहिले हाम्रोमा खटिनु भएका योजना अधिकृतले यो जिल्लामा आउन मान्नु भएन रे ¤ अर्को को आउनु हुन्छ टुड्डो लाग्न बाँकी रहेको सुनिएको छ पोखरेलले भन्नुभयो ।
पत्रकार भेटघाटका बारेमा थप जिज्ञासा राख्दा हामीले सम्झेका छौँ, अस्ति १० गते त स्थाविअ हुनुहुन्थ्यो र पनि भ्याइएन । स्थानीय तह पुनःसंरचनाले पनि धेरै समय खायो । अब स्थाविअ शेखर पौड्याल आउनु भएपछि तुरुन्तै बस्छौँ होला पोखरेलले भन्नुभयो । 

अपाड्गताका लागि निशुल्क विशेष शिविरमा ९५को स्वास्थ्य परीक्षण


बेसीशहर– अपाड्डताका लागि आयोजना गरिएको विशेष स्वास्थ्य शिविरमा कुल ९५ जनाले स्वास्थ्य परीक्षण गराएका छने । सो शिविर अपाड्ड संरक्षण समाज, लमजुङको संयोजनमा मंसिर १५ गते बेसीशहरमा सम्पन्न भएको हो ।
शिविरमा अपाड्डता भएका बालबालिकाका लागि स्वास्थ्य परीक्षा, अशक्त बालबालिकाका लागि बैशाखी वितरण, ओठतालु फाटेका ४ जनाको निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको विएनवि अस्पतालका ओठ तालु विभागका प्रमुख एवम् कार्यक्रम संयोजक राजकुमार केसीले बताउनु भएको छ । उहाँका अनुसार जन्मदै समस्या भएको बालबालिकाहरूका लागि निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम छ । सो अवसरमा संख्या ३७ जनालाई सहायक सामग्री वितरण गरिएको थियो ।
बेसीशहर १४ महिला समेत ३८ जनाले स्वास्थ्य परीक्षण गराएको अपाड्ड बाल अस्पतालका परियोजना संयोजक हिरा केसीले बताउनु भयो । उहाँका अनुसार सो शिविर यसअघि तार्कुघाट र भोर्लेटारमा पनि सम्पन्न भएको छ ।
उक्त शिविरका क्रममा तार्कुघाटमा १३ महिला समेत २५ जना र भोर्लेटारमा १० महिलासमेत ३२ जनाले उक्त सेवा लिएको अपाड्ड संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार तार्कघाटमा मंसिर १४ गते र मंसिर १३ गते भोर्लेटारमा शिविर सञ्चालन गरिएको थियो ।
सो अवसरमा  भोर्लेटारमा ३२ र तार्कुघाटमा २७ जनालाई सहायक सामग्री वितरण गरिनुका सार्थै १२ जनाका लागि आवश्यक सहायक सामग्रीका लागि सिफारिस गरिएको सो कार्यक्रमका संयोजक हिरा केसीले बताउनु भएको छ ।

सनराइज बै“कको घरकर्जा र ईलेक्ट्रोनिक सेवाको अन्तरक्रिया

विष्णुकुमार श्रेष्ठसुन्दरबजार(लमजुङ)– सनराइज बैंक लि.ले सनराइज सुरक्षित घर कर्जा तथा ईलेक्ट्रोनिक सुविधाका बारेमा यहाँ अन्तरक्रिया गरिएको छ । सनराइज बैंक सुन्दरबजार शाखाको आयोजनामा यस क्षेत्रका व्यवसायी, उद्योगी, समाजसेवी तथा बैंकका ग्राहकहरूबीच सामाजिक उत्तरदायित्व वहन गर्ने अभियानका क्रममा मंसिर १२ गते सो कार्यक्रमको गरिएको हो ।
सो अवसरमा बैंकले प्रदान गर्ने सुरक्षित घरकर्जा तथा घरकर्जा लिनेलाई बीमाको सुविधा तथा ईलोक्ट्रानिक बैंकिड्ड सेवाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बैंकका प्रमुख रुद्रजड्ड गुरुङले सञ्चालन गर्नु भएको कार्यक्रममा सनराइज बैंक लि.का हरिप्रसाद आचार्यले सनराइजको सुरक्षित घर कर्जाका बारेमा विस्तृत जानकारी दिनु भएको थियो ।
उहाँले ५ लाखदेखि १ करोडसम्मको विमा हुने र विमितलाई १० देखि २० वर्षको अवधि पुरा भएपछि एकमुष्ट बोनस दिने कार्यक्रम रहेको बताउनु भयो । सो अवसरमा मार्केटिङ प्रमुख नहकुल पौडेलले ईलेक्ट्रोनिक सुविधाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा घरकर्जा अन्तर्गत रकम बराबर कर्जाको अवधि अनुसार ऋणिको जीवन बीमा गरिने र कर्जाको अवधिको अन्त्यमा बीमा कम्पनीबाट विमांक रकम लगायत विमाको अवधिअनुसार मुनाफावापत बोनस प्राप्त कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा लमजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले वैंकले प्रदान गर्ने सेवा तथा सुविधाका बारेमा जानकारी गराएर व्यवसायीलाई उत्साही बनाएको बताउनु भयो ।
यसैविच, सोही विषयक अन्तरक्रिया कार्यक्रम उक्त बैँकको बेसीशहर शाखामा पनि गरिएको बुझिएको छ ।
वित्तीय क्षेत्रमा ‘‘क’ वर्गको इजाजत प्राप्त सनराइज बैंकले हालसम्म ६७ शाखा, ७२ वटा एटिएम, २ वटा एक्सटेन्सन काउन्टर र ११ वटा स्थानवाट शाखारहित वैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ । सो बैँकको हाल चुक्तापूँजी ५ अर्व ३० करोड, ५५ अर्व निक्षेप, ४७ अर्व ऋण लगानी रहेको छ तथा ग्राहक ३ लाख २५ हजार भन्दा बढी रहेका छन् ।
२३औं वाणिज्य वैंकका रूपमा २०६४ साल असोज २५ गते स्थापना भएको सो वैंकले गत आर्थिक बर्षमा ९५ करोड मुनाफ गरेको थियो ।

चोकको घर र रोगको घर  ¤

नन्दप्रसाद रोगी थियो जन्मजातै । पहाडको ब्राम्हण क्षेत्री परिवारमा जन्मिएको उस्को पारिवारिक अबस्था मध्यम भन्दा अलिक राम्रो थियो । सानोमा धेरै चिसो लागेकोले निमोनिया र अरु रोगले उस्लाई निकै सताउँथ्यो । एसएलसी परीक्षा पश्चात उस्ले डाक्टर बन्ने सपना साचेको थियो । तर सकारात्मक विभेद भन्दै आरक्षणको नाममा उभन्दा पढाईमा निक्कै कमजोर उस्कै एक जनजाति साथी र एक दलित साथी डक्टर पढ्न पाउने भए जबकि उस्को नम्बर निकै बढी थियो ।
राज्यको व्यबस्थालाई उस्ले वेवास्ता गर्न चाहेन किनकि राज्यको नागरिक हुनुको नाताले राज्यले निर्दिष्ट गरेको कुरालाई शिरोपर गर्नु नन्दप्रसादको बाध्यता थियो र जुन कुरा सबै नन्दप्रसाद जस्ता नेपालीले मानिरहेका छन् र मान्दै जानेछन् पनि । तर सकारात्मक बिभेदको छेद जबसम्म हट्दैन सम्पन्न दलित, जनजाति र बिपन्न ब्राम्हण क्षेत्रिको तुलना गर्न मिल्दैन । किनकि उ सोच्थ्यो बजारमा चारचारवटा पक्की पाँच तले भवन भएको उस्को दलित साथि र त्यस्तै अवस्थाको जनजाति साथीको आर्थिकस्तर उस्को आर्थिकस्तर तुलना गरि नसक्नुको थियो । कारण उस्का बाबुले टपरी नटक्टक्याउने हो र निधार नथाप्ने हो भने उनीहरूको घरमा खान लाउन धौ धौ हुने अबस्था थियो ।
नन्दप्रसादका दाजुहरू पढाईमा अब्बल भए पनि त्यही आरक्षणको कोटाले तिरस्कृत गरेका कारण बिदेश भास्सिएका थिए । अरबका खाडीमा पसिना चुहाएर उनीहरूले केही पैसा पठाए पछि नन्दप्रसादका बाबुले बजारको चोकमा घर घडेरी किन्न सफल भए । तर बिडम्बना उस्का बिदेशीएका दाजुहरूको शरिर एक बर्ष बिराएर बट्टा भित्र सजिएर आयो । कसैले भन्थे– ‘कठै ¤ उनीहरू मेसिनमा परेर मारिएछन् । खै किन हो उनीहरूले क्षतिपुर्ति पनि पाएनन् ।
नन्दप्रसाद बिए पास गरे पनि बेरोजगार थियो । बेरोजगारीको कारण उस्लाई राम्ररी थाहा थियो किनकि उ आरक्षण कोटामा परेको थिएन । पढाईमा आरक्षण अनि रोजगारीमा आरक्षण लगाउने राज्यको बिभेदकारी नीति बुझिनसक्नुको थियो उस्लाई । तर उस्को उमेर बढ्दै जाँदा रोगले गाँज्दै निकै गइरहेको थियो । उस्लाई दिनहुँ जसो अस्पताल धाउनु पर्ने भयो । विभिन्न बाहानामा डाक्टरले उस्लाई केही न केही चेक जाँच गर्न थाले कहिले रगत, कहिले दिसा पिसाव त कहिले सिँगान, खकार पनि । नानाथरी चेक जाँच गर्दा पनि उस्को उपचार हुन नसकेपछि उस्ले बाबुले किनेको चोकको घर बेच्नु पर्ने भयो । बेचियो पनि तर अचम्म त्यो घर किन्नेमा उस्को कक्षामासँगै एसएलसी दिएको र आरक्षण कोटामा परेर डाक्टर पढेको साथीको परेछ ।
समय बित्दै गयो । आर्थिक दुर्वलताले नन्दप्रसादलाई समात्दै गयो । उ दिनहुँ चोकको त्यही घर हुँदै बजार आउ जाउ गथ्र्यो । बिस्तारै उस्ले बेचेको घरमा अस्पताल खुल्यो । बिरामीहरू चेकजाँच गर्न आउजाउ गर्न थाले । उ पनि चेक गर्न जाँदा उस्कै डक्टर साथीले नचिनेको झैं उपचार गरिदिँदा उस्लाई हुन सम्म्को भाउन्न छुटेन । तर उस्ले सहेर बसिरह्यो ।
एक दिन चोकको त्यही हस्पिटलको परिसरमा एक जना मरेको खबरले हस्पिटलको त्यो मुख्य डक्टरको मरेको रहेछ भन्दै हेर्न आईपुगे । त्यहाँ उस्ले मरेको बिरामीको साथबाट एक पत्र पायो जुन पत्र उस्लाई सम्बोधन गर्दै लेखिएको रहेछ यसरी प्रिय डक्टर साथी, ... ... धेरै दिनसम्म तिम्रो अस्पताल धाएँ, आरक्षणको कारण मैले डक्टर पढ्न पाइन, रोजगारी पाइन तर मलाई आजकल रोगले पनि संरक्षण गरिरहेको छैन । आजकल घरबार बिहिन भएको छु, सडक छापे भएको छु, के गरिबको उपचार निशुल्क सम्भब छैन, किन लाखौं तिरेर डक्टर पढ्नु पर्छ ? तर पनि यी प्रश्नको उत्तर म राज्यलाई सोध्दिन किनकी राज्य लाटो छ, बोल्दैन, बोल्ने भएको भए मेरा पीडाको सम्बोधन गथ्र्यो होला । तर साथी के मरे भने र तिमी म¥यौ भने के तिम्रो लाशले आर्यघाटमा पनि जनजाति र दलित कोटा खोज्छ होला ? यही प्रश्न म तिम्लाई सोध्न खोजिरहेछु ।
उही तिम्रो साथी ....
नन्द प्रसाद ।
चिठी पढिसके पछि त्यो डक्टर आफ्नो अस्पताल हे¥यो र मरेको साथीलाई हेरेर टोलाई रह्यो अनि उस्को आँखा पर रहेको मानिस जलाउने घाटतर्फ हेरिरह्यो नाजवाफ, नाजवाफ । जदौ ।

अन्तरवार्ता

सञ्चालक, कर्मचारी सवैको आचारसंहिता बनाउनुपर्छ, पल्र्स आन्तरिक अनुगनको औजार हो, सानालाई ऐन र ठुलालाई चैन भन्ने पहिलेदेखि नै चलिआएको हो, अहिले झन् मौलाएको छ

           दिनेश कोइराला, प्रमुख, साना किसान सहकारी सुन्दरबजार, लमजुङ
अन्तरङ्ग– हिजोआज के कस्ता काम गर्दै हुनुहुन्छ ?
कोइराला– लमो समय कृषि सहकारीमा नै समयहरू विते अहिले पनि सहकारीको माध्यमवाट कृषि क्षेत्रको विकासमा क्रियाशील छु । साना किसान कृषि सहकारी संस्था लि.को माध्यम वाट आत्मनिर्भर कसरी वन्न र वनाउन सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै सहकारीको प्रवन्धक पदमा कार्यरत छु ।
अन्तरङ्ग– यस साकोसको ऐतिहासिक पृष्ठभूमि, वर्तमानसम्म आउँदाको अनुभव के कस्ता छन् ?
कोइराला– नेपालमा सहकारीको एउटा लामो इतिहास छ । ती इतिहास मध्ये साना किसान कृषि सहकारी संस्थाको स्थापना अन्य सहकारी भन्दा फरक छ । कृषि विकास वैँकको साना किसान विकास आयोजनालाई संस्थागत विकास कार्यक्रम अन्र्तगत तालिम गोष्ठी लगायत अन्य पुर्वाधारहरू तयार गरी स्थानीयस्तरमा नै नेतृत्वको विकास गरी सम्पुर्ण व्यवस्थापन हस्तान्तरण गर्न यो सहकारीको स्थापना भएको हो ।
सहकारीको माध्यमवाट प्रत्यक्ष रूपमा आर्थिक रूपले कमजोर भएका, विविध कारणहरूले पछाडि परेका र राज्यको स्रोत र साधन सम्म पहँुच नभएका ठुलो जनसंख्याको विचमा जाने अवसर मिलेको छ । मवाट हामी र हामीवाट सवैको भन्ने भावनाका साथै सवैको विकास र उन्नत्तीसगै आफ्नो विकास र उन्नती पनि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ भन्ने सहकारी कै माध्यमवाट सिक्ने अवसर मिलेको छ ।
अन्तरङ्ग– अहिले त नेपालमा बचत सहकारीको बाढी नै आएको छ, यो स्थितिमा यहाँहरूले यो साकोस खोल्नुको मूल उद्देश्य चाहिँ के होला ?
कोइराला– राज्यले गर्न नसकेको काम सहकारीले गर्न सक्छन् गाउँगाउँमा पुगेर तर सहकारीको उद्देश्य समाजको सकारात्मक परिवर्तनसँग जोडिएको हुनुपर्छ । अहिले केही मान्छेहरू मिलेर संस्था दर्ता गर्ने र कमाउने उदेश्य मात्र भएका सहकारीहरू पनि प्रशस्त मात्रामा खुलेका छन् । सहकारीको अनुगमन गरी व्यवस्थित सरकारले सकिरहेको छैन । यस्तो कमाउने मात्र उद्देश्य भएका संस्था दर्ता रोकिनु पर्छ । समाजको हितसँग जोडिएका सहकारीलाई प्राथमिकता दिन जरुरी छ ।
साना किसान कृषि सहकारी संस्था प्रत्यक्ष रूपमा सदस्यहरूको हरेक आवश्यकतासँग जोडिएको छ । पहिलो प्राथमिकता सदस्यको आर्थिक र सामाजिक विकाससँग जोडिएको छ । सदस्यको विकास भएन भने संस्थाको आयु पनि कहाँ रहन्छ र ? मुख्य उद्देश्य भन्नु नै सदस्यहरूको व्यवसायिक कृषि लगायत चौतर्फी विकास हुनुपर्छ भन्ने हो ।
अन्तरङ्ग– यहाँ यति धेरै साकोसहरू छन् । तीमध्ये कुनै संस्थालाई सहयोग गर्नु भएको भए हुन्नथ्यो र नयाँ नै चाहिनुको खास कारण ?
कोइराला– सहकारीको मुल्य मान्यता र सिद्धान्त एउटै भए पनि सञ्चालन प्रक्रिया सवै सहकारी फरक– फरक छन् । यो सहकारी नयाँ भन्नु भन्दा नेपाल सरकारको पनि धेरै सहयोग र नजिगवाट हेरिने सहकारी हो । सवैसँग सम्वन्ध राम्रो छ तर सञ्चालन प्रकृयाको कारणले अरूसँग धेरै कार्यहरू नमिल्न सक्छन् त्यसैले यो संस्थाको आवश्यकता भएको हो ।
अन्तरङ्ग– अधिकांस बचत सहकारी संस्थाका गतिविधि र वास्तविक सहकारी आन्दोलनको भावना विपरित चलेर सञ्चालकहरूले व्यक्तिगत फाइदा लिने गरेको सुनिन्छ यहाँको संस्थाले कस्तो गरिरहेको छ ?
कोइराला– मैले अघिनै भनिसके सहकारी दर्ता गर्न पनि सञ्चालन गर्न गाह्रो छ । पक्कै पनि धेरै सहकारी पारिवारिक रूपका पनि छन् जसलाई व्याज सगमात्र सरोकार छ । नाफासँग मात्र सरोकार छ त्यस्ता सहकारीहरूलाई समयमा नै चिन्न जरुरी छ । हामी संस्था र संस्थागत कुरालाई अंगिकार गर्छौैँ । जहाँ व्यक्तिको फाइदाको त कुरै हँुदैन सवै सदस्य मालिक हुन् । शेयरमा गरेको लगानीले सदस्यमा विभाजन हुँदैन । पुर्ण रूपमा सदस्यको हक हित र विकासको कुराहरू साना किसान कृषि सहकारी संस्थाले गर्ने गर्दछ ।
अन्तरङ्ग– सहकारीको नियम अनुसार १५ प्रतिशत भन्दा वढी शेयर लामांश वितरण गर्न नपाइने व्यवस्था छ तर कतिपय सहकारीले ३५– ४० प्रतिशतसम्म लाभांश एकै वर्षमा वाँडेको पनि सुनिन्छ, के यस्तो कार्य सम्भव हुन्छ ? यस्तो कार्यले सहकारीको भावना र मर्ममा टेवा पुग्छ त ?
कोइराला– सहकारी एैन र नियमावली अनुसार सवै सहकारीले गरेका होलान् भन्ने लाग्छ । तर पनि लाभांश वितरण मात्र नभइ सदस्यहरूलाई अन्य शिर्षकहरू मार्फत रकम वितरण गरेका कुराहरू सुनिएको हो । सहकारीले एैन नियम अनुसार अरूको देखेर प्रतिस्पर्धाको आधार वनाएर मात्र सदस्यलाई रकम वितरण गर्नु भन्दा पनि आफ्नो अवस्था हेरेर नियम अनुसार कार्य गर्न सक्नुपर्छ ।
अन्तरङ्ग– सहकारीको सिद्धान्त अनुसार १५ प्रशिततमात्र मुनाफा वितरण गर्नु पर्छ भनिन्छ । सरकारले तिनै सहकारीबाट कर भने २० प्रतिशत लिई रहेको अवस्था छ । तर सहकारीका अभियन्ताहरूले सरकारलाई हामी सेवा प्रदायक संस्था पनि हौँ, छुट हुनुपर्छ भनेर दबाब मूलक अभियान सञ्चालन गरी सरकारको ध्यानाकर्षण गरेको त देखिदैन नि किन होला ?
कोइराला– सहकारी संस्थाहरू अति विकट गाउँदेखि शहरसम्म छन् । सरकारीमा अति नै विपन्नहरूको सहभागिता छ तर सरकारले के सोचिरहेको छ यो कर लिने नियमलाई परिवर्तन गर्न जरुरी छ । करको दायरा घटाउनु पर्छ । अहिलेको करको दायराले पनि सहकारीले सरकारलाई कर तिर्नुभन्दा सदस्यहरूलाई दिन ठीक छ भन्ने धारण राखी विभिन्न प्वालहरूवाट लाभांशको नाममा ३५÷४० प्रतिशत रकम वाडिरहेका छन् ।
हामी कृषि सहकारी भयर पनि अहिलेकै दायरामा कर तिरी रहेका छाँै र नेपाल कृषि सहकारी केन्द्रीय संघले लामो समय सम्म पनि करको विषयमा आवाज उठाए पनि सरकारले नसुनेको वहाना वनाइरहेको छ । यो विषयमा सहकारी कर्मीहरूले कडा दवाव दिनुपर्ने जरुरी देखिएको छ ।
अन्तरङ्ग– सहकारीहरूले गलत बाटो अपनाएर कर छली गर्दछनु भन्ने पनि व्यापक चर्चा छ, खासगरी नगरपालिका क्षेत्रमा रहेका बचत साकोसहरूलाई त्यस्तो आरोप लाग्दै आएको छ के भन्नु्हुन्छ ?
कोइराला– सहकारीलाई अनुगमन गर्ने निकाय डिभिजन सहकारी कार्यलय नै यो विषयमा अनभिज्ञ छ भने हामीले कसरी कर छलेका छन् भन्न सक्छौ? सहकारीसँग सरकारले तोकेको करको मापदण्ड नै गतल र धेरै छ कतै फेरवदल भएको छ भने नि कारण यहि हुन सक्छ । करको विषयमा उठेका सहकारीको आवाजलाई सरकारले यदि सुन्छ भने यस्तो आरोपवाट सहकारीहरू ग्रसित हुनुपर्ने अवस्था आउने थिएन ।
अन्तरङ्ग– सहकारीको मूल उद्देश्य सेयर सदस्यहरूको सेवा र स्तरबृद्धि तथा समृद्धि हो तर बचत सहकारीहरू सेयर धनीहरूको सेवाभन्दा पनि नाफामुखी बढी भएको र व्याज पनि बढी लिने अनि सहकारीको सिद्धान्त अनुसार सबै सेयर सदस्यको हैसियत बराबर हुन्छ तर अधिकांस सहकारीले सय रुपैयाको सेयर दिएर बनाइएका सदस्यलाई अन्य बढी लगानी गर्ने सेयर सदस्य सरहको अधिकार नदिएर शोषण गरेका छन् भन्ने सुनिन्छ यहाँको कार्यशैली र अनुभव ?
कोइराला– अति नै राम्रो विषयको उठान गर्नु भो सहकारी सिद्धान्त अनुसार धनको आधारमा सदस्यको वर्गिकरण गर्नु हुँदैन सवै सदस्यहरू जसले जति शेयर लिए पनि वरावर हुन् भन्ने भावना हुनुपर्छ । आजकल त्यस्तो नभइकन सदस्यले शेयरमा लगानी गरेको आधारमा प्राथमिक्ता दिने गरेको पनि पाइन्छ । यो कार्य सहकारीको मुल मर्म विपरित छ ।
हामी त्यस्तो शैलीको विरोध गर्छौ, जसले जति शेयर राखेता पनि सवै सदस्यहरू अवसर वरावर रहन्छ र निर्णय प्रक्रियामा सवै सदस्यहरूको समान सहभागिता रहन्छ । हामी पुर्णरूपमा सहकारीको सवै कार्य सवै सदस्यहरूले थाहा पाउनु पर्छ भन्ने धारण राखेर अघि वढेका छौँ । जव संस्थाले आफनै सदस्यहरूमा कुराहरू लुकाउन थाल्छ र अविश्वास गर्छ तव सहकारी सदस्यहरूको नभई सञ्चालकको मात्र वन्न पुग्छ ।
अन्तरङ्ग– सहकारी संस्थाहरूले  सदस्य केन्द्रित विभिन्न कार्यक्रम मार्फत सदस्यको कल्याण गर्नु पर्ने हुन्छ, आफ्ना सदस्यहरूलाई सञ्चालन गरिएको राम्रा कार्यक्रम के कस्ता छन् र त्यसका आधारहरू के कसरी पुष्टि भएको देख्नु हुन्छ ?
कोइराला– एउटा असल सहकारीको सुन्दरता भनेकै सदस्य केन्द्रीत कार्यक्रमहरू हुन् । हामी जुनसुकै समयमा पनि सदस्यलाई नियमअनुसार हरेक काम छिटो र छरितो कसरी गर्न तर्फ केन्द्रीत छौ । विशेषगरी कृषि सहकारी संस्था लि. भएको कारणले धेरै कामहरू सोही विषयमा सम्वन्धित पनि छन् । व्यवसायिक कृषिको विकास गर्नको लागि सदस्यलाई आवश्यक पर्ने ऋण लगायत विउ विजन, प्राविधीक सहयोग तालिम भ्रमण सम्पुर्ण कुराहरू सहकारीले सहयोग गरिरहेको छ । पशु सुरक्षण कार्यक्रम, भकारो सुधार कार्यक्रम, विउ विजन वितरण, तालिम भ्रमण लगायत अन्य सामाजिक सामुदायिक कार्यक्रमहरूमा पनि सहयोग गरिरहेको छ । त्यसको अलावा सदस्यहरूको लागि जेष्ठ सदस्य सम्मान, सुत्केरी खर्च, सदस्यको मृत्यु हुँदा अन्तेष्टी राहत सहयोग आदि कार्यक्रमहरू सदस्य कल्याण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
अन्तरङ्ग– यो सहकारीको भावि कार्यक्रमहरूका बारेमा प्रकाश पारिदिनु हुन्छ कि ?
कोइराला– संस्थाले हाल सञ्चालन गरिरहेका कार्यक्रमहरूको निरन्तरताको साथै संस्थाले आफनो भवन निर्माण गर्न लागेको र अव सदस्यलाई उत्पादनमा प्रोत्साहित गर्ने र उत्पादित वस्तुको वजार व्यवस्थापन गर्ने सोचाई वनाइरहेको छ । सहकारीको माध्यमवाट व्यवसायिक रूपमा कृषि क्षेत्रको माध्यमवाट सदस्यहरूको विकास नै सहकारीको मुल उद्देश्य हो । ठाउँ माटो र सम्भाव्यताको आधारमा पकेट क्षेत्र तोकी उत्पादन गरी सवै सदस्यलाई आत्मनिर्भर कृषि क्षेत्रवाट नै वनाउने मुख्य कार्यक्रम रहने छ ।
अन्तरङ्ग– यहाँको मुल्यांकनमा यो सहकारी जिल्लामा कतिऔँ स्थानमा पर्दछ भन्ने ठान्नु हुन्छ ? र त्यो के कसरी पुष्टि गर्नु हुन्छ ?
कोइराला– धेरै सहकारी संस्थाहरू छन् सवैका आफ्नै शैलीका कार्यक्रमहरू छन् कुन सहकारी कुन स्थानमा पर्छ भन्नु भन्दा नि कुन सहकारीले कस्ता काम गरेका छन् भन्ने कुरा महत्वपूर्ण हो । हामी जस्तै सहकारी जिल्लामा २ वटा मात्र छौँ । सहकारी विकास वोर्डले राम्रा राम्रा सहकारी छानेर नेपाल टेलिभिजनमा प्रसारण हुने सहकारी दर्पण कार्यक्रममा उत्कृष्ट सहकारी भनेर प्रसारण गर्दा हामीलाई राम्रै कार्य गरे झैँ लागेको छ । मुल्याङ्कनका धेरै आधारहरू हुन सक्लान् तर सहकारीलाई मुल्याङ्कन गर्ने उचित आधार नै वनेको छैन । त्यसैले कति स्थानमा भन्दा नि हामीले के गरेका छौँ भन्ने कुराले महत्व राख्छ भन्ने लाग्छ ।
अन्तरङ्ग– वैंक, फाइनान्स कम्पनीहरू र यहाँहरूका सकारी संस्था वीचको समानता र अन्तरहरू के कस्ता छन् ?
कोइराला– वैक र सहकारीमा धेरै कुराहरूमा भिन्नता छ । वैकहरूमा गाउँका सवै मान्छेको पहँुच नहुन सक्छ तर सहकारीमा अति नै विपन्न र पीछडिएका जनताहरूको पनि पुर्ण रूपमा पहुँच छ । वैँकहरू मात्र मुनाफा केन्द्रीत छन् तर सहकारी सदस्यको हित र विकास कसरी हुन्छ भन्ने कुरामा वढी केन्द्रीत छ । सामान्यतया ऋण प्रवाहको दृष्टीकोणले केही कुरा वैँकहरूसँग मिल्न सके पनि सहकारीले दिने सेवा छिटो छरितो छ र सदस्यहरूमा सहकारी मेरो हो हाम्रो हो भन्ने भावनाको विकास भएको छ त्यो कुरा वैँकहरूमा भएको पाइदैन ।
अन्तरङ्ग– विदेशतिर लमजुङ जिल्ला जति क्षेत्रफल भएको स्थानमा ८÷१० वटामात्र वैँक हुन्छन् भन्निछ तर हामी कहाँ वैँक र वचत सहकारीहरूको संख्या वग्रेल्ती खुलेका छन् र खुल्ने क्रम जारी छ यसको कारण के देख्नु हुन्छ ?
कोइराला– मुख्य कारण त अरुले कमाएको देखेर लोभले आफु पनि कमाउनको लागि मात्र सहकारीहरू खोल्ने प्रवित्ती वढि देखिएको छ । अनि एउटा सहकारीका सञ्चालक झगडा गरेर नयाँ खोल्ने क्रम पनि छ । विशुद्ध सामाजिक हित भन्दा नि सहकारीलाई कमाइ खाने भाडो वनाइएको कारणले नै धेरै सहकारीहरू खोलिएका छन् सवैले सहकारीमा आफनो पकड वनाउन खोज्नु ने नयाँ सहकारी खुल्नुको मुख्य कारण हो ।
अन्तरङ्ग– केही सहकारीहरूमा अध्यक्षहरू नै कार्यकारी प्रमुखको रुपमा तलव खाई कार्य गरेको देखिन्छ के यस्तोप्रति तपाईको दृष्टिकोण ?
कोइराला– यो एकदमै गलत कुरा हो सहकारी ऐन विपरीत कुरा हो । यस्तो देखिएको सहकारीलाई अनुगमन गर्ने निकायले तत्काल कार्यवाही गर्नसक्नु पर्छ । जनताले सहकारीमा लगानी गरेका हुन्छन् वढी मात्रमा सञ्चालकहरू भाग्ने र ठगी गर्ने यस्तै यस्तै कारणहरूले हो ।
अन्तरङ्ग– वचत सहकारी संस्थाका व्यवस्थापक र सञ्चालकहरू वीच द्वन्द्वको अवस्था कतिपय संस्थामा देखिएको पाइन्छ त्यसले संस्थाको प्रगतिमा के कति वाधा उत्पन्न गर्ने देख्नु हुन्छ ?
कोइराला– सहकारी भन्नु नै मिलेर कार्य गर्नु हो सहकार्य गर्नु हो । यही नै सहकारीको मुल मर्म हो जव सहकारी भित्र द्वन्द्व छिर्छ तव सहकारीका हरेक प्रगतिका सुचकहरू नराम्रो दिशातिर अग्रसर हुन थाल्छन् । त्यस्तो झैँझगडाले सहकारी चल्न सक्दैन । सञ्चालक, व्यवस्थापक कर्मचारी सवैको आचारसंहिता तयार गर्नुपर्छ । कसले के काम गर्ने कति गर्ने भन्ने कुरा स्पष्ट रूपमा तोकिनु पर्छ ।
अन्तरङ्ग– सहकारी संस्थाको सञ्चालन पल्र्स अनुगमन प्रणाली वमोजिम गर्नुपर्छ भन्ने सुनिन्छ, पल्र्स भनेको के हो ? सर्वसाधारणले बुझ्ने भाषामा बताइदिनुस् न ?
कोइराला– सोझो अर्थमा भन्नु पर्दा सुधारिएको अनुगमन प्रणली हो पल्र्स भनेको । पल्र्स प्रणली विश्व कर्जा परिषद(धयचमि अयगलअष् िया अचभमष्त गलष्यल) ले तयार पारेको एक प्रकारको वित्तीय सुचकहरूको ‘सेट’ हो । यसलाई खासगरी व्यवस्थापकीय औजारको रूपमा लिइन्छ जसले संस्थामा रहेको आर्थिक र संगठनात्मक समस्याहरूलाई पत्ता लगाउन मद्दत गर्दछ । एब्च्ीक् को हरेक अक्षरले यसले अनुगमन गर्ने विविध क्षेत्रलाई इंगित गर्दछ । ए ले सुरक्षणले प्रभावकारी वित्तीय संरचना ब् ले सम्पत्तिको गुणस्तर च् ले लगानीको प्रतिफल र श्रोतहरूको लागत ी ले तरलता क् ले वृद्धीदरका वारेमा जानकारी गराउँछ ।
अन्तरङ्ग– यहाँको सहकारीमा पल्स पद्दति छ त ? छ भने किन त्यो सञ्चालन गर्नु भएको छ र छैन भने नहुनुका कारणहरू चाहिँ के के होलान् ?
कोइराला– छ हामीहरू सधैँ पल्र्स पद्दतीवाट नै संस्थाको सम्पूर्ण मुल्याङ्कन गर्ने गर्दछौँ । पल्र्स आन्तरिक अनुगनको औजार हो यसको आधारमा जो कसैले पनि सजिलै संस्थाको वारेमा जान्न र वुझ्न सक्दछ र हामी आफैलाई पनि संस्था कुन अवस्थामा छ र सवल र कमजोर पक्षहरू पत्ता लगाउन सजिलो भएकै कारणले ‘पल्र्स’को प्रयोग गरिएको छ । सवै सहकारीहरूले यो पद्दती अवलम्वन गर्न एकदमै जरुरी छ ।
अन्तरङ्ग– सहकारी संस्थाहरूबीच पनि अब त मर्जर हुनुपर्ने भन्ने यहाँहरूको केन्द्रले अभियान नै चलाएको सुनिन्छ जिल्लामा त त्यसका पहल भएको सुनिदैन, यहाँको दृष्टिकोण ?
कोइराला– हामी कहाँ त्यस्तो मर्जरको कुरा उठेको छैन वरू हामी नेपाल सरकारको सहयोगमा अन्य ठाउँमा साना किसान कृषि सहकारी संस्था लि.को अनुसरण कार्यक्रम सञ्चालन गरी यस्तै सहकारी वनाउने पक्षमा छौँ । अन्य गाविसहरूमा साना किसान अनुसरण कार्यक्रमलाई सरकारले नै पुर्ण सहयोग गर्दै आइरहेको छ ।
अन्तरङ्ग– वचत सहकारीका केही सञ्चालकहरूले संस्था बन्द गरेर कोही भागेर सहकारी आन्दोलनलाई वदनाम गरिरहेको छन् त्यसप्रति यहाँको दृष्टिकोण ?
कोइराला– यो एकदम दुःख लाग्दो कुरा हो सहकारीको केन्द्र सम्म राजनीति गर्ने व्यक्तिहरू पुग्छन् । सहकारी आन्दोलनको नाममा स्वार्थमा डुवेका मान्छेहरू पनि छन् सहकारी आन्दोलनलाई कमाई खाने भाडो सम्झेर वदनामा गरिरहेका छन् ।
     सहकारी दर्ता भनसुनका आधारमा गर्ने पारिवारिक सहकारीहरू पनि छन् । अनुगमन फित्तलो छ नियम संगत रूपले सहकारी चलेका छन् छैनन् भन्ने निकाय नहँुदा पनि सहकारी क्षेत्रलाई वदनाम गरेर भाग्ने संचालकहरू पनि धेरै भइसकेका छन् । तेस्तालाई कडा कार्यवाही हुनुपर्छ ।
अन्तरङ्ग– यहाँहरूले यो नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका बचत सहकारीहरूको सञ्जाल आवश्यक देख्नु भएको छैन ?
कोइराला– सहकारीहरूको प्रतिस्पर्धाले धेरै सहकारीहरू खुलेका छन् आजकल एउटा व्यक्तिले पन्ध्र सोह्रवटा सहकारीवाट ऋण लिन्छ । एउटा व्यक्ति खराव हुँदा सवै सहकारीको ऋण डुव्न सक्ने खतरा छ । सवैले आफु सुरक्षित भएको ठानेर कारोवार गरिरहेको छ तर अवस्था त्यस्तो छैन सदस्यको पहिचान हुन नसक्दा आवश्यकता भन्दा वढी ऋणको भारी वोकीरहेको छ यस्ता कुरामा कमी ल्याउनको लागि सवै सहकारीहरू विचमा आवश्यक समन्वय हुन जरुरी देखिएको छ ।
अन्तरङ्ग– सहकारी संस्थाहरूको विकासका लागि सरकारले के कस्ता नीतिगत कुरामा ध्यान दिनुपर्ने देख्नु भएकोछ ?
कोइराला– पहिलो कुरा त करको दायरालाई कम गर्नु पर्छ । सहकारीलाई राजनीति भन्दा अलग राख्न सक्नुपर्छ । सहकारीहरू गाउँमा छन् सहकारीमा अन्त पहुँच नभएका जनताहरूको पहुँच हुन्छ त्यसैले गाउको विकास गर्नको लागि सहकारीमार्फत जाने गरी सरकारीस्तरवाट कार्यक्रमहरू आउन जरुरी छ । अनुगमन प्रणालीलाई कडा वनाउन आवश्यक छ । अनुगमन गर्ने निकायमा जनशक्ति थप्न जरुरी छ ।
अन्तरङ्ग– नेपाल राष्ट्र वैँकले बचत सहकारीलाई नियन्त्रण गर्न शुरू गरेको सुन्नमा आएको छ त्यसवारेमा यहाँको धारणा ?
कोइराला– राम्रो कुरा हो सहकारीलाई नियन्त्रण गर्ने कुराले डराउनु पर्ने भन्दा नि व्यवस्थीत हुने भयो भनेर खुशी हुनु पर्ने देख्छु म त । ऐन नियममा नचल्नेहरूलाई कडा कार्यवाही हुन जरुरी छ । भगौडा सहकारीले सहकारी क्षेत्रकै वदनाम गरेको अवस्थामा कडा नियन्त्रण प्रणली आउन जरुरी छ ।
अन्तरङ्ग– यस्ता सहकारीमा त टाठाबाठा, हिसाव गर्न जान्नेको मात्र व्याज दिइन्छ, सामान्य बचत कर्ता जो लेखपढ गरेका छैनन्– लाई उनीहरूले गरेको बचतको व्याज पनि दिइन्न तर ऋण लिएभने चक्रबृद्धि शैलीमा व्याज असुल्ने गरिन्छ भन्ने सुनिन्छ यहाँको अनुभव ?
कोइराला– त्यस्तो नहुनु पर्ने हो यदि त्यस्तो कार्यशैलीका सहकारी छन् भने समयमा नै चिन्न जरुरी छ र त्यस्तालाई सरकारीस्तरवाट कार्यवाही हुनुपर्छ । सवै सदस्य वरावर हुन् भन्ने भावनाले सहकारी चल्नुपर्छ । सहकारीमा कोही पनि सदस्य ठुलो र सानो भन्ने हँुदैन सवै वरावर हुन् र सवैले नियम अनुसारको सेवा पाउनु पर्छ सदस्यलाई वर्गीकरण गरी सेवालाई पक्षपात पुर्ण वनाइन्छ त्यो गलत कुरा हो ।
अन्तरङ्ग– नेपालमा पहुँच हुनेहरूले कानून मिच्ने प्रवृत्ति पुरानै हो वचत सहकारीहरूको व्यवहार पनि त्यही ढंगले अघि वढेको आशंका गरिदै आएको छ, यहाँको धारणा ?
कोइराला– सानालाई ऐन र ठुलालाई चैन भन्ने कुरा पहिलेदेखि नै चलिआएको कुरा हो । यो अहिले झन् मौलाएर गएको छ । सहकारीको विषयमा भन्नु पर्दा धेरै सहकारीमा यो रोग हुन सक्छ । जहाँ नीति नियम छैन र भएर पनि लागू नगरी मनोमानी ढंगले व्यवहार गर्ने सहकारीमा यो समस्या छ । सहकारीमा कानुन मिच्ने भन्दा नी कानुनको प्रयोग नगर्ने धेरै छन् ।
अन्तरङ्ग– प्रसड्ड बदलौँ, यहाँ कत्तिको डरपोक हुनुहुन्छ ?
कोइराला– डर त सवै मान्छेमा हुने चीज हो समय र अवस्था अनुसार ।
अन्तरङ्ग– यहाँ जीवनमा यश, मृत्यू, आलोचना, सिर्जना, यौवन, तरूनी, पैसा, जुवा, मदिरा मध्ये क– कस्को बढी डर मान्नुहुन्छ ?
कोइराला– जीवनलाई गलत दिशामा धकेल्ने हरेक चीजसँग डर लाग्छ मलाई ।
अन्तरङ्ग– अनि, कुन प्यासले यहाँलाई बढी सताउँछ ?
कोइराला– सवैको नजरमा असल कसरी वन्न सक्छु भन्ने ।
अन्तरङ्ग– खुसीको क्षण ?
कोइराला– सानामा चिठ्ठा किन्दा मलाई कोकाकोला पर्दाको क्षण ।
अन्तरङ्ग– जीवनको दुःखद घट्ना ?
कोइराला– खासै तेस्तो छैन ।
अन्तरङ्ग– सफलताको आधार सुत्र ?
कोइराला– पहिले आफुलाई चिन्ने प्रयत्न गनुपर्छ
अन्तरङ्ग– यहाँको विचारमा जीवन के हो ?
कोइराला– एउटा सुन्दर फूल हो एकदिन ओइलाउँदै जान्छ र झर्छ ।
अन्तरङ्ग– लमजुङ त साहित्यका हिसाबले पनि समृद्ध जिल्ला हो नि ! राष्ट्रकवि यही जिल्लाको उपज हुनुहुन्छ, तर यसतर्फ राज्य, स्थानीय सरकार, निजी क्षेत्र तथा यहाँहरूका जस्ता गाउँले जनजीवनसंँग प्रत्यक्ष जोडिएका सहकारीहरूले साहित्यको श्रीबृद्धिमा चासो नराख्नुको कारण के होला ?
कोइराला– यो विषय कुनै सहकारीहरूले पनि आज सम्म प्राथमिकतामा राखेका छैनन् । राम्रो कुराको उठान गर्नु भयो, साहित्यिक क्षेत्र जीवनकै एउटा पाटो हो । साहित्यले जीवन देखाउँछ जीवनको वाटो देखाउँछ । अवका दिनमा सहकारीहरूले यो विषयलाई पनि जोडेर अघि वढ्ने हो भने सुगन्ध झनै थपिने थियो ।
अन्तरङ्ग– यहाँले पत्रकारितालाई कसरी हेर्नु भएको छ ? र लमजुङको अनुभव ?
कोइराला– पत्रपत्रिकाले लिन भन्दा नि दिन सक्नुपर्छ । पत्रपत्रिका ज्ञानको एउटा पाटो हो, सिर्जनाको माध्यम हो । लमजुङवाट पनि धेरै पत्रपत्रिकाहरू निस्कन्छन् यसलाई प्रतिस्पर्धाको आधारमा निकाल्ने नभइकन वौद्धिक खुराकको रूपमा जनताको विचमा लान सक्नुपर्छ । विज्ञापन उठाउने कार्यको लागि मात्र पत्रपत्रिका निस्कन्छन् भने त्यो राम्रो होइन ।
अन्तरङ्ग– अन्त्यमा, छुटेको केही थप्न चाहनु हुन्छ कि ?
कोइराला– सहकारीको माध्यमवाट जीवन परिवर्तन गर्न सकिन्छ भनेर वसिरहेको अवस्थामा आफ्ना कुराहरू राख्ने जुन अवसर दिनुभयो, त्यसको लागि यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

सम्पादकीय

नियमभन्दा नियत बदल्न आवश्यक

एकजना कविले कविताका बारेमा टिप्पणी गर्दै भनेका छन् ‘शब्द थुपारी के हुन्छ, भाव भए पो कविता हुन्छ ।’ यसै भनाईसँग मिल्दोजुल्दो छ हाम्रो देशका नेताहरूको कर्म, सोच, शैली र व्यवहार भने यो मुलुकमा बनाइएका जे जति ऐन नियम कानुन छन् वा संविधान छ ती सबै ‘भाव विनाका कविता’को उपमा दिन लागयक भएका छन् । जुँघाको लडाईमा रमाउने यो देशका राजनीतिक दल तथा तिनका नेताहरू अब प्रस्तावित संविधान संशोधनले पनि समस्या समाधान गर्ला भनेर विश्वास गर्ने आधार देखिदैन । किनकि, खोट संविधानमा भन्दा पनि नेताहरूको नियतमा देखिन्छ । यो मुलुकमा जे जति राजनीतिक दल र नितका नेताहरू छन्– उनीहरूले परिस्थिति आफू अनुकूल भएन भने समस्या जन्माई हाल्छन् । समस्याको समाधान निकाल्नमा भन्दा पनि स– साना कुरामा निहुँ खोज्ने, खोते थाप्ने र समस्या जन्माउनमा हाम्रा नेताहरूले आफूलाई अभ्यस्त बनाउँदै आएका छन् । नेताहरूको नियत राम्रो हुन्थ्यो भने २०४७ सालको संविधान पनि कमजोर थिएन । आजको संविधान पनि विश्वका ठूला संविधानको गणनामा दर्ज हुन पुगेको छ । यसबाट पनि के सिद्ध हुन्छ भने संविधानमा लेखिएको कुराले मात्र मुल्ुकमा शान्ति आउने, राजनीतिक स्थिरता हुने र विकासतर्फ देश लम्कने भन्ने हु्रँदैन । त्यसका लागि त नेताहरूको नियतमा खोट हुनुहुँदैन भन्ने प्रष्ट हुन गएको छ ।
त्यसो त यहाँ नेताको नियतको कुरा गरिरहँदा मुलुकको कर्मचारीतन्त्रलाई  पनि विर्सन मिल्दैन । नेताहरूले हिजोका दिनमा देश र जनताका लागि गरेको त्याग तपस्या र बलिदान विर्से तर तिनलाई यसप्रकार यो ढंगले विलभरपाई मिलाएर खाएमा बेरुजु वा भ्रष्टाचार ठहर्दैन भनेर सिकाउने काम गर्ने तत्व कर्मचारी तन्त्र हो, त्यसले यो मुलुकलाई बरबाद गर्नमा नेता र कर्मचारी दुवैको नियम उत्तिकै कारक देखिन्छन् । मुलुकमा यतिबेला संविधान संशोधनको खेल पनि देखावटीमात्र जस्तो देखिन्छ । त्यसको अन्तरनिहित उद्देश्य चाहिं सत्ताको खेल हो भन्ने देखिन्छ । सत्ताको खेलमा झेली खेल खेल्नमा हाम्रो देशका नेताहरु उत्तिकै पोख्त छन् । राजनीतिक दल गठनको उद्देश्य सत्ताकै लागि हो । तर त्यसको पनि मर्यादा तथा दायरा हुन्छ । राजनीतिको खास नियम हुन्छ । जब राजनीतिमा मर्यादा, सीमा र नियम भंग हुन्छ तब राजनीतिक अस्थिरता सुरु हुन्छ । अहिले त्यस्तै राजनीतिक अस्थिरताको मूल्य देशले चुकाइरहेको छ । संविधान संशोधन नभई चुनाव हुनै सक्दैन भन्नु तर्क होइन कुतर्क हो । राजनीतिमा कुतर्क हावी भएको छ र यस्तो कुतर्कले आगामी दिनमा राजनीतिलाई अझ प्रदूषित बनाउँदै जाने खतरा छ ।
एकातिर संविधान कार्यान्वयनको खिचातानी छ । अर्कोतिर कार्यान्वयनका लागि निर्वाचन जरुरी छ र निर्वाचन हुन संविधान संशोधन विना सम्भवन नुहने एकथरीको तर्क छ भने अर्कोथरी यो बेला संशोधनको होइन भन्नेमा छन् । संविधान संशोधनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कुर्सीको सुरक्षाको प्रत्याभूति मागेको भन्ने चर्चाले यतिबेला राजनीतिक बृत्त निकै तरड्डीत हुन पुगेको छ । संविधानको संशोधन भइहालेको खण्डमा पनि त्यसपछि यो समस्याको समाधान हुन्छ भन्ने ग्यारेन्टी संशोधनका लागि तयार भएका दलहरूले गर्न सक्छन् ? संविधान संशोधन र चुनाव यो सरकारको प्रमुख एजेण्डा हो । संशोधन नगरी चुनाव हुन सक्दैन भन्ने मान्यता स्थापित गर्न खोजिंदैछ । स्थानीय निकायको । चुनाव उहिले नै हुनुपर्ने थियो– डेढ दशकसम्म स्थानीय निकायको चुनाव गर्न भाँजो हाल्दै र टार्दैै गर्ने पनि दल र नेताहरू हुन् ।
मुलुकमा महंगी र भ्रष्टाचारको पारो दैनिक यति चढ्दो छ कि बुझ र भनी नसक्नु छ । ‘बानी(अनुशासन) र पानी’ माथिबाट तल वग्ने हुँदा सर्वप्रथम मुहान नै सफा हुनुपर्ने प्रष्ट हुँदै आएको छ । यो मुलुकमा व्याप्त भएको भ्रष्टाचारको जड राजनीतिक संरक्षण र अझ पछिल्ला वर्षमा मौलाउँदै गरेको नीतिगत भ्रष्टाचारको स्वरुप झनै विकराल बन्दै गएको छ ।
स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा पनि भ्रष्टाचार मौलाएको विभिन्न तथ्यहरूले पुष्टि गर्दै आएका छन् । स्थानीय निकायको चुनाव गर्ने विषयमा २०७० सालमा गरिएको दोस्रो जनमत संग्रहका समयमा सबै राजनीतिक दलले ६ महिना भित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर आज मुलुकमा त्यस्तो छ महिना कति विते ? तर आजका दिनमा पनि स्थानीय निकायको निर्वाचनको अन्योलता कायमै छ । यो पनि नेताहरूको नियनकै खोटको उपज हो । यसैले प्रष्ट शब्दमा किटानका साथ भन्न सकिन्छ कि संविधान संशोधन नभई केही हुनेवाला छैन भनी फैलाइएको हल्ला पनि नेताहरूकै जाली खेल हो र समयमा गरिनुपर्ने स्थानीय चुनाव हो तर हुन नदिने नियत हो । त्यसमा पनि यो संविधान जसले बनाएको दावी गरिरहेका छन् । संविधान जारी र संशोधन सँगै गर्नु पर्ने भएपछि उनीहरूले संविधान लेखनका लागि खर्चेको, विधि, समय र धनको पनि केही अर्थ देखिन छाडेको छ । त्यसैले, नियम बदल्ने कामकुरा सोच्नु पूर्व आफ्नो नियत बदल्न तर्फ नेताहरूले ध्यान दिने हो भने मुलुकको समस्या समाधानमा ठूलो सघाउँ पुग्ने देखिएको छ ।
 
विचार

मेलमिलाप र विकासबाट जनतालाई सुख बाडौ“

                                                            -दामोदर पौडेल, अधिवक्ता
राजनीति विकासको लागि पनि हो । राजनीति जनतालाई सजग र सक्रीय रूपमा विवेकशील वनाएर समानता प्रेमी वनाउनु पनि हो । राजनीति भनेको राज्यको मूल नीति भएको हुनाले यसले देशको सवै पक्षलाई निर्देशित मात्र गर्दैन वरू सही दिशा पनि दिन सक्दछ । राजनीतिज्ञहरूले देशका प्राविधिक पक्षमा आफै काम गर्दैनन् वरू विभिन्न पक्षहरूलाई व्यवस्थित र जनहितकारी वनाउन सक्दछन् । व्यवस्थित  र जनतालाई उन्नत वनाउन चाहाने राजनीतिले मात्र देश र समाजलाई अग्रगमन दिन सक्दछ । यो अग्रगमनको साँचो केमा छ ? र कसरी यो कार्यलाई अगाडि वढाउने ? भन्ने सोच र नीति आजको आवश्यकता हो । यसको लागि निष्पक्ष भएर राजनीति शास्त्री, अर्थशास्त्री, दर्शनशास्त्री, समाजशास्त्री आदिको राम्रो सहयोग लिने तथा जनताको भावना पनि वुझ्ने कार्य हुन आवश्यक छ । हामीले संसदमा विकासमा एकता गर्ने प्रतिपक्षले विकासलाई सकारात्मक सहयोग गरिरहेको अवस्थामा वजेटलाई सवैको सहमतिले प्रयोग गर्ने र कार्यकर्ताहरूको चाहानालाई होइन जनताको चाहाना र प्रतिपक्षको सजगता र पारदर्सितालाई महत्व दिदै अगाडि वढ्न सक्नुले हामीहरूको चाहाना विकाश नै हो भन्ने प्रष्ट देखाउने छ ।
अहिलेको आवश्यकता भनेको जनताको हितलाई सर्वोपरी मान्नु नै हो । यसको लागि शान्तिसुरक्षा र रोजगारी प्रमुख सर्तहरू हुन् । रोजगारी सरकारले दिने होइन सरकारले त सार्वजनिक विकाशका कार्य गर्ने हो । जनतालाई शिपको क्षमतामा अभिबृद्धी गराउने हो भन्ने सोच सरकार प्रतिपक्ष र जनता स्वयम्मा हुन आवश्यक छ । तर यसको अर्थ रोजगारी कुनै दलका कार्यकर्ताहरूले पाउने भन्ने होइन कि स्वरोजगारीको व्यवस्थालाई प्रवल वनाउने कार्य गरिनु आवश्यक हो । स्वरोजगारीले अरूलाई पनि रोजगारी दिन समेत सक्ने हुन्छ । विकाश र आत्मनिर्भरताको वाटोमा मानिसलाई अगाडि वढाउने छ । विचारको विविधतालाई स्वभाविक रूपमा लिनुले हामीलाई विकाशसका साझा सवालमा एक हुन सहयोग गर्ने छ । यदि हामी विचारहरूलाई एउटै फुलवारीका शोभा दिने अलग अलग फुलहरू हुन् भन्ने सोच्न सकेनौँ भने विकासको लक्ष्यमा हामी अगाडि नवढी शक्ति सञ्चय गर्ने र राजनीतिक फाइदा लिने र कसै गरेर जनतालाई आफ्नो पक्षमा डर, त्रास आदि जेको माध्यमवाट भए पनि लिने र सत्तामा नै वसिरहने सोचमा रहेको प्रष्ट हुनेछ । यो विकासप्रिय र न्यायपूर्ण हुन नसक्ने हुँदा हामीले समयमा नै आफ्नो राजनीतिक सोचलाई प्रष्ट गर्न र असहमतीका स्वरहरूले हामीलाई सही वाटो देखाउने छन् भन्ने सोच राख्न सक्नु पर्दछ । यसले हामीलाई एउटा प्रमुख विन्दुमा मिलाउने र सहकार्यमा अगाडि वढाउन सहयोग गर्ने छ ।
वास्तवमा हामी भनेका कुनै वादका लागि होइनाँै वरू वाद हाम्रो हितको लागि हो । यो तथ्यलाई ध्यान दिदै सवै वादलाई हामीले जनताको हितको पक्षमा उभ्याउने र उपयुक्त छनौटको अधिकार जनतालाई नै दिने कार्य गर्न सक्नु पर्दछ । यो नै हामीहरूको न्यायपूर्ण मिलन विन्दु हुनेछ । जव सत्ताधारी पक्षले सत्तामा रहँदा पनि लोकतान्त्रिक सोच र व्यवहार गर्दछ र प्रतिपक्षको भूमिकालाई महत्वपूर्ण मान्दछ भने त्यस समयमा प्रतिपक्ष स्वभावैले सरकारका जनहितकारी र रचनात्मक कार्यहरूको पक्षमा नरहने कुरै हुँदैन । विकासमा र माध्यमको छनौटमा आम सहमती भन्ने कुरा लोकतन्त्र र विविध विचारको स्वीकार्यताले नै मात्र दिन्छ । यसमा हामी सहमत हुन सक्यौँ भने देशको विकास र जनताको हितलाई कसैले रोक्न सक्दैन । विकसित देशहरूको विकासको रहस्य पनि यही नै हो । विकासको लागि प्रतिपक्षलाई वाधक देख्नु र जनहितको लागि प्रतिपक्षको उपस्थिति अनुपयुक्त देख्नुले विकास हुन सक्दैन । प्रतिपक्ष भनेका विचारलाई धारको काम गर्न प्रेरित गर्ने माध्यम हुन् । एकपटक प्रचण्डले साम्यवादी व्यवस्थाको असफलताको प्रमुखकारण यसले लिएको एकांगी वाटो वा एकलकाटे वाटो हो भनेर अंग्रेजी शव्दको (ःयलयतयलयगक) प्रयोग गर्नु भएको थियो । वास्तवमा वहाँको भनाई पूर्णत सत्य थियो भन्न सकिने प्रष्ट आधार छन् ।
एउटा उदाहरण दिइने गरिन्छ । एउटा दाउरा काट्नेले भुत्ते                   (नकाट्ने ) वन्चरो(टाँगी)ले दाउरा काट्दै थियो । एकजना सज्जनले उनलाई भने कि त्यसलाई उध्याउने वा अर्चाप्ने कार्य गर्ने हो भने दश घण्टा लाग्ने कार्य दुई घण्टामा नै सकिन्छ र शरीरलाई वढी वल पनि पर्दैन । तर दाउरा चिने मित्रले भनेछन् कि त्यो कार्य गर्ने उनलाई फुर्सत नै छैन । जवकि उध्याउने कार्य गर्न आधा घण्टा पनि लाग्दैन । विकास र निर्माणमा प्रतिपक्षी भनेका विचारलाई उध्याउने र काम गर्नेले जनतालाई वेइमान गर्न नदिने माध्यम हुन् । यो तथ्यलाई वुझेर नै प्रधानमन्त्रीजीले एकांगी शव्द प्रयोग गर्नु भएको हुनु पर्दछ । यो वहाँको अत्यन्त सकारात्मक भनाई हो । यो भनाईले व्यवहारमा पनि स्थान पाउन पर्ने र त्यो सत्य र आवश्यक विषयलाई आफ्ना कार्यकताहरूलाई पनि मनन गर्न लगाउन सक्नुले मात्र उहाँको सदासयतालाई पुरा गने हुन्छ । अहिलेको अवस्थामा देशले शान्तिपूर्ण र जिम्मेदारीपूर्ण सत्तापक्ष र प्रतिपक्ष अनि प्रष्ट लोकतान्त्रिक आस्थामा आधारित राजनीतिक परिवेश नै चाहेको छ । त्यो निरपेक्ष आवश्यकता हो भन्ने विश्वका अनुभवहरूले पनि देखाएका छन् । हामीले अव वाद र विवाद भन्दा विकाश र जनहित विशेषत गरिव जनताको उत्थानलाई नै पहिलो प्राथमिकता दिन पर्ने समय आएको छ भन्ने सोच्न र व्यवहारमा लागु गर्न ढिला गर्न हुँदैन ।
मित्रतामा आधारित साझा सहमतिका आधारमा अगाडि वढ्ने सोचलाई कसैले नकार्न सक्दैन । त्यो सोचको लक्ष्य जनहित हुने हुँदा कसैले त्यसमा वाधा पु¥याउने कार्य गरेमा जनताले नै त्यसलाई अस्विकार गर्दछन् । यसलाई नै ध्यान दिएर हामी जनहितको महान लक्ष्यमा एक भएर अगाडि वढाँै । यसमा सवैको कल्याण छ । प्रतिपक्ष यसमा काँधमा काँध मिलाउन तयार नहुने कुनै कारण छैन । प्रधानमन्त्रीजीले अव हामी विकासमा नलागे को लाग्ने ? र कहिले       लाग्ने ? धारणा राख्नु  भएको छ । यो धारणालाई सवैले सहयोग गर्नु पर्ने देखिन्छ पनि । तर वहाँको दलले देशको विकाश अरुदलहरूले पनि गर्न हुन्छ र गर्न सक्दछन् भन्ने लोकतान्त्रिक सोच र व्यवहार देखाउन पर्दछ । किनभने अरू सत्तामा रहँदा ववण्डर गर्ने र आफु सत्तामा रहँदामात्र सिर्जनात्मक कुरा गर्ने प्रवृत्तिको अन्त्यवाट नै प्रधानमन्त्रीजीको भनाइले सार्थकता पाउन सक्दछ र सवैको सहयोग प्राप्त हुन सक्ने अवस्था आउँदछ ।

पुरुष हिंसा विरुद्ध पनि बोल्ने कि ?

                                  - यमुना अर्याल काफ्ले
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चल्छ । यो अभियानको स्वरुप नै विभेदकारी छ ।
भन्ने बेलामा हामी समानता र समताका ठूल्ठूला कुरा गर्छौं, तर व्यवहारमा भने हिंसामा पनि लैगिकताको प्रारुप खोज्छौं । हिंसामा लैंगिकता कहिलेदेखि गाँसिन थाल्यो ?
हिंसा भनेको हिंसा नै हो, चाहे त्यो पुरुषले गरोस् या महिलाले । हिंसा सहने ‘पीडित नै हुन्छन्, ती महिला हुन् या पुरुष । हिंसा गर्ने ‘पीडक नै हो, चाहे महिला होस् या पुरुष ।
‘‘घर शान्ति नै विश्व शान्तिको आधार हो’ भनिन्छ । यसो भनिरहँदा घरभन्दा अन्यत्र हिंसा हुँदैन भन्न खोजिएको हो ? स्कूल शान्ति नै शिक्षा क्षेत्रको आधार, सडक शान्ति नै यात्राको आधार किन भनिएन ? आखिर कहाँ छैन हिंसा ? कसले को माथि गर्दैन हिंसा ? मौका पाउँदा चौका हान्ने अवसरवादी जो पनि बन्न खोज्छन् । त्यसमा पुरुष मात्रै हुन्छन् भन्ने छैन, धेरथोर महिलाको हिस्सा पनि हुन्छ ।
हामी सधैंभरी श्रीमानले श्रीमतीमाथि अत्याचार गरेको देख्छौं । तर, श्रीमतीबाट उत्पीडित श्रीमानको अवस्थाबारे बेखबर बन्छौं । हिंसा बनेको कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, मानमर्दन गर्ने जस्ता शारिरिक मात्र होइन, मानसिक रूपमा गरिने दुव्र्यहार पनि हिंसाकै रुप हो ।
हाम्रो दिमागमा हिंसा जहिले पनि पुरुषले महिलामाथि मात्रै गर्छन् भन्ने कुरा भरिएको छ । महिलाले फिटिक्कै गल्ती गर्दैनन्, महिला भनेका सहने मात्र प्राणी हुन् भन्ने बुझाई छ । तर, हेप्ने र होच्याउने ठाउँ आयो भने महिलाले पनि बाँकी राख्दैनन्, राखेको देखिएको छैन भन्दा पनि फरक पर्दैन । परिमाण धेरथोर मात्र हो ।
यस्तो आडम्बरी सोच हामी सबैको मनबाट ननिकालेसम्म हिंसा विरुद्धमा जतिसुकै अभियान चलाए पनि त्यो नाम मात्रको हो । अभियान चलुन्जेल न्यानो ताप्ने, त्यसपछि चिसै ।
रोजगार लोग्नेका बेरोजगार स्वास्नी बन्नुपर्दा महिलाहरु हेपिनुपरेको गुनासो गर्छन् । उनीहरू आफू जागिरमा गएर लोग्ने घरमा बेरोजगार भएर बसोस् त, उसले कति अमिलो वचन सुन्नुपर्छ ¤ खानदानीका छोरी बिहे गर्ने सामान्य हैसियतको श्रीमान् बाँचुन्जेल श्रीमतीसँग हेपिएर बस्नुपर्छ, यसमा महिलाले गरेका हिंसाको वास्ता गरिँदैन । किनकि हिंसामा पुरुषकै हात हुन्छ भन्ने आम मान्यता छ ।
केही वर्षअघि बबरमहलमा बस्दा देखेको एउटा घटनाले अहिले पनि मन पोल्छ । हाम्रो कोठा नजिकैको घरमा डेरामा एक जना दिदीका आमा– छोरी बस्थे । गोर्खा विकास बैंकमा काम गर्ने ती दिदीका श्रीमान् वैदेशिक रोजगारमा गएका थिए । तीन वर्ष विदेश बसेर श्रीमान् घर फर्किए ।
श्रीमती बैंककी जागिरे, छोरी स्कूल जाने भइसकेकी थिई । कति खुसी थियो परिवार ¤ श्रीमती अफिस जान्थिन्, श्रीमानले श्रीमतीका लुगा धोइदिन्थे, घर सफा गर्थे । बच्चालाई खुवाउने, स्कूल पु¥याउने, ल्याउने काम पनि आफैं गर्थे । सकारात्मक सोचका थिए उनी ।
श्रीमती अफिसबाट अँध्यारो अनुहार लगाउँदै फर्किन्थिन् र भन्थिन् ‘‘यस बेलासम्म खाना पकाएका छैनौ ? बच्चालाई यस्तो गरेनौ ? उस्तो गरेनौ ? कुन– कुन लुगा धोइदियौ ? दिनभरि के–के ग¥यौ त ?’ यस्तै अनेक कुरामा गनगन गर्थिन् ।
श्रीमान् चाहिँ आज भ्याइनँ, यति गरेँ अरु भोलि गरुँला भन्थे । वरपरका मानिस कुरा काट्ने खुराक पाउँथे । ‘‘कस्तो जोइटिग्रे हो, स्वास्नीका लुगा धोएर बसेको छ, जानु नि फेरि विदेश, स्वास्नीको गुलाम भएर त के बस्नु ¤’ यस्तै(यस्तै ।
श्रीमतीको ठाउँमा श्रीमान् अफिस गएका हुन्थे र घरको काम श्रीमतीले गर्थिन् भने त्यो कुरा काट्ने खुराक बन्दैन थियो । तर, जागिरे श्रीमतीको श्रीमान् भएर गृहिणीको काम गर्दा यस्ता कुरा सुन्नुप¥यो । ती दिदी लोग्नेलाई यति हेप्थिन्, बाटोमा सँगै हिँड्न पनि गाह्रो मान्थिन् । अफिसका साथीसँग भेट हुँदा पनि मेरो लोग्ने भनेर चिनाउँथिनन् । साथीहरूले श्रीमान् कहाँ के काम गर्छन् भनेर सोधेमा आफ्नो बेइज्जत हुने उनको चिन्ता थियो ।
दुई जनाको बीचमा राम्रो बोलीचाली समेत भएन, एक वर्षसम्म जेनतेन बसेका श्रीमानले पछि के सोचे कुन्नि, उनी फेरि विदेश हानिए । सायद उनलाई श्रीमतीको दास हुनुभन्दा परदेशीको दास हुनु वेश भन्ने लाग्यो ।
यस्ता पात्र धेरै छन् समाजमा । ती दिदीले आफ्नो लोग्नेको सम्मान र औकात दाँजिन्, पेशा दाँजिन् र सम्मान दिन सकिनन् । यही व्यवहार पुरुषले महिलामाथि गर्छन्, त्यसैलाई हामी महिलामाथि हुने हिंसा भन्छौं । पुरुषमाथि हुने हिंसाको बारेमा पनि बोल्ने कोशिस गरौं न ¤
केही दिनअघि राजधानीको एक स्कूलका छात्रामाथि त्यहाँको लेखापालले यौन हिंसा गरेको समाचार आयो । स्कूलमा हाम्रा छोरी– बहिनीहरुले राम्रोसँग अध्ययन गर्न पाएनन्, उनीहरू ढुक्कसँग पढ्न पाउने वातावरण बन्नुपर्छ भन्ने आवाज घटना भएकै दिन उठ्नुपथ्र्यो । त्यसको लागि पनि यही महिला हिंसा विरुद्धको अभियान नै कुर्नुपर्ने ?
कार्यालयमा कर्मचारी र कामदारमाथि हुने हिंसा, घरमा, समाजमा हिंसा भएका छन् भने हिंसाको हिस्सा महिला र पुरुष दुवैले लिनुपर्छ र आइन्दा यस्ता घटना नहोऊन् भनेर लाग्नुपर्छ । महिला हिंसा विरुद्धको मात्रै अभियान चलाउनुको अर्थ पुरुष हिंसा भए पनि फरक पर्दैन भन्ने हो भने त्यसको अर्थ छैन ।
महिला हिंसा विरुद्धको १६ दिने अभियामा देश विदेशमा महिला हिंसा विरुद्धमा आवाज उठाइन्छ । यो अभियान वर्षमा १६ दिन मात्र मनाउने हो कि अरू दिनमा पनि मनाउनुपर्छ, यो चाहिँ अनुत्तरित प्रश्न हो । हिंसा जस्तो सवालमा पनि महिलामाथि हुने हिंसाको विरुद्धमा मात्रै अभियान चलाउने प्रचलन नै व्यक्तिगत रूपमा यो पंक्तिकारलाई ठीक लाग्दैन । ‘‘महिला विरुद्धको हिंसा’को साटो ‘‘हिंसा विरुद्धको अभियान’ भनेको भए उचित हुने थियो जस्तो लाग्छ ।
समाजमा महिलाले खेपेको हिंसाको बढी चर्चा हुन्छ, समाचार बन्छ, अभियान चल्छ । तर, यही समाजमा पुरुषले खेपेका हिंसा पनि महिलाको तुलनामा कम छैनन् । ती घटना भने सार्वजनिक हुँदैनन्, गरिँदैन ।
एक जना श्रीमानले आफ्नी श्रीमतीमाथि गरेको हिंसाको मुद्दा लिएर जहाँ गए पनि उनको मुद्दाको सुनुवाइ हुन्छ, पुलिस प्रशासनले जाहेरी लिन्छ, सहानुभूतिका शब्द पनि महिलाले पाउँछिन् । तर, त्यही खाले घटना लोग्नेमाथि भएको रहेछ भने पहिलो कुरा त्यो घटना सार्वजनिक गर्न सजिलो हुँदैन । समाजले के भन्ला ? घरपरिवारका सदस्यले के भन्लान् ? साथीसंगीको बीचमा कस्तो प्रभाव पर्ला भन्ने संकोच बढ्छ । पुलिस प्रशासनको सहारा खोज्न जाँदा पनि लोग्नेमान्छेका मुद्दामा त्यति साह्रो संवेदनशील भएको पाइँदैन, जति महिलाको मामिलामा हुन्छन् । उल्टै ‘‘एउटी स्वास्नी पनि मिलाएर राख्न नसक्ने नामर्द’ भन्ने जस्ता लाञ्छना खेप्नुपर्छ ।
यस्तो अवस्थामा पुरुष विरुद्धको हिंसा हुन्छ कि हुँदैन ? पुरुषमाथि हुने हिंसाका घटनाको बारेमा सुनुवाइ हुनुपर्छ कि पर्दैन ? यस बारेमा पनि बहस पैरवी गर्नुपर्ने अवस्था छ ।
एउटा श्रीमान् घर परिवारको खुसीको लागि अर्काको मुलुकमा पसिना बगाउँछ । तर, त्यही श्रीमानको रगत पसिनाको कमाइमा रमाउने श्रीमती अर्कैसँग भाग्छे । त्यो अवस्थामा श्रीमानले भोगेको मानसिक पीडाको क्षतिपूर्ति के हुन्छ ? यो पुरुषमाथि गरिएको बेइमानी होइन ?
लोग्नेले श्रीमतीमाथि विश्वास गरेर पैसा पठाउँछ । त्यही पैसामा श्रीमती अर्कैसँग खुसी मनाउँछे । बालबच्चाको बिचल्ली हुन्छ । समाजले उल्टै लोग्नेलाई दुत्कार्छ, ‘यस्ती स्वास्नी छ भन्ने थाहा पाउँदा(पाउँदै किन उसैलाई पोसिस् ? धन पनि स्वाहा, श्रीमती पनि गायब, बालबच्चाको विचल्ली । त्यसैले यस बारेमा पनि हाम्रा आवाजहरू उठ्नुपर्छ ।

स्थानीय समाचार

पा“च वर्ष अलपत्र मोटरेवल पुल सात महिनामा सक्ने प्रण

नौथर– पूर्वउत्तरी क्षेत्रको मुलद्वार मानिने नौथर सेरा नाका स्थित दोर्दी खोलामा निर्माण गर्न लागिएको मोटरेवल झण्डै पाँच बर्षसम्म अलपत्र अवस्थामा रहे पनि अबको ७ महिनामा सक्ने प्रतिवद्धता व्यक्त गरिएको छ । पुलको निर्माणकर्ता ठेकेदार कम्पनीले त्यस्तो प्रविद्धता जनाउदै पुनः काम थालेको हो ।
सडक डिभिजन कार्यालयले निर्माण सो पुलको निर्माण कम्पनी सपना जयवावा जेवीलाई यस्तै लापवाही गरिरहे अब कालोसुचीका लागि सिफारिस गर्ने चेतावनी दिएपछि सो पुलको निर्माणको काम अघि बढेको हो । पुल निर्माण कार्यको ठेक्का लिएको सपना जयवावा जेवीले चालु आव २०७२÷७३को अवधि भित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धताकासाथ पुनःनिर्माण कार्य अगाडि बढाएकोे सडक डिभिजन कार्यालय नं १ दमौलीका प्रमुख ईञ्जिनियर भानु जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले बर्षाअघि नै निर्माणकार्य सक्छु भनेर प्रतिबद्धता सहितको पत्र बुझाएर काम थालेको छ । अब काम हुने विश्वास जागेको छ उहाँले भन्नुभयो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ०६८ सालदेखि काम थालिएको सो मोटरेवल पुलको निर्माण कार्य सुचारु नहुँदा अलपत्र परेको थियो । पुल निर्माणमा चरम ढिलाई र लापर्वाही हुन थाले पनि सरोकारवाला निकायले चासो नदेखाउँदा त्यस भेगका नागरिकहरु आक्रोशित भई आन्दोलन गर्ने चेतावनी दिएपछि सडक डिभिजन कार्यालयले नयाँ कदम चालेको जिविसका पूर्वसदस्य समेत रहनु भएका स्थानीय मोहन घिमिरेले बताउनु भयो ।
सो पुलको २०६८ चैतमा शिलान्यास भएर काम अघि बढे पनि अहिलेसम्म खोलामा ३ वटा पिलर र एकातर्फ केही ‘सपोर्टिङ वाल’ मात्रै निर्माण गरेर काम अलपत्र पारी ठेकेदार गायव भएका थिए । कुल ३ कारेड १६ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पुलको लम्बाई ५८ मिटर र ६ मिटर चौडाई रहेको छ । सो पुलको निर्माण कार्य २०७० असार मसान्त भित्रै सक्ने गरी सम्झौता भएको जोशीले जानकारी दिनु भयो ।
सो मोटरेवल पुलको ७० प्रतिशत निर्माण कार्य अझै बाँकी रहेको पुल निर्माण समितिका अध्यक्ष कुमराज गुरुङले बताउनु भएको छ । उहाँले भन्नुभयो झण्डै पाँच वर्ष झुलाएर राखेर नबनाएको पुल ७ महिना बन्छ भनेर विश्वास गरिहाल्ने अवस्था छैन तर पनि आशावादी छौँ । पुलको अभावमा बर्षौ देखि सास्ती खेप्दै आएका स्थानीयले दोर्दी करीडोरमा पुल निर्माणमा ढिलाई हुँदा थप सास्ती खेप्नु परेको छ । उक्त मोटरेवल पुल बनेमा जिल्लाको पूर्वी उत्तरी क्षेत्रका दोर्दी नदी पारीका नौथर, श्रीमञ्ज्याङ, गौंडा, पाचोक, ढोडेनी, फलेनी, श्रीमञ्ज्याङ गाविस लगायतका गाविसमा सामान ढुवानी तथा आवत जावतमा सुविधा पुग्ने हुन्छ ।
पुल निर्माणमा ढिलाई भएपछि दोर्दी कोरीडोरमा निर्माण कार्य सुरु गरेका जलविद्युत आयोजनाहरु पनि समस्या खेप्दै आएका छन् । त्यतिमात्र होइन दोर्दी करीडोरमा निर्माणाधिन अवस्थामा रहेका ४९.६ मेगावाटको सुपर दोर्दी– ख, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी– ए र २ मेगावाटको छ्याङ्दी जलविद्युत आयोजनाहरूले       आफ्ना निर्माण सामग्री ढुवानी तथा मजदुर तथा प्राविधिक जनशक्तिलाई आवत जातवमा निकै कष्टकर हुँदै आएको छ ।

स्कुल जान ठग्ने विद्यार्थीको भीरबाट खसेर मृत्यु


बेंसीशहर– स्थानीय नगरपालिका– ७, बाहुनबेंसीस्थित यशोब्रम्ह माध्यामिक विद्यालयमा कक्षा ४ मा पढ्ने १३ बर्षीय सन्देश बुढामगरको स्कूल जानेक्रममा लडेर मृत्यु मंसिर १३ गते भएको छ । तर उनी र उनका २ जना साथी त्यस दिन घरबाट स्कूल गएको भएपनि स्कूल पुगेका थिएनन् ।
बेंसीशहर– ७, दनाइँगाउँको जंगलमा खेल्दै गर्दा दौडन क्रममा भीरबाट खसेर बुढामगरको मृत्यु भएको उनका साथीहरुले बताएका प्रहरी निरिक्षक कमलबहादुर रजौरेले बताउनु भयो । उहाँका अनुसार करीब ४०÷४५ मीटर तल खसेर ढुंगामा टाउको ठोक्किएपछि गम्भीर चोट लागेर बुढामगरको घटनास्थलमै मृत्यु भएको पाइयो ।
बुढामगरका दुइ साथीलाई सोधपुछ गरेर उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रजौरेले शवको लमजुङ जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाएका छन् । रोल्पाको गाम गाविस ७, चिप्ले स्थायी घर भएका बुढामगर परिवार १०÷१२ बर्षदेखि बेंसीसहरमा बस्दै आएका छन् ।  मजुदुरी गरेर जीवन धान्ने क्रममा लमजुङ आएका उनीहरू पछिल्लो समय बेंसीसहर नगरपालिका– ९, शीत्तलपाटी टोलमा बस्दै आएको प्रहरी भनाई छ ।

नेपाली सेनाकी युवतीद्वारा आत्महत्या

रागिनास– स्थानीय नगरपालिका– १४, बगुवा गाउँकी २१ बर्षीया सिर्जना गुरुङले विष सेवनगरी आत्महत्या गरेकी छन् । घरमा आएको भोलिपल्ट धानबालीमा लाग्ने किरा मार्ने बिषको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत थिइन् ।
दिउँसो साँढे १ बजेतिर घरमा उनले विष सेवन गरेको र तत्काल उपचारका लागि ल्याए पनि उपचार काम लाग्न नसकी कर्मदा अस्पताल ल्याउनासाथ उनलाई मृत घोषणा गरिएको प्रहरी निरीक्षक कमबहालुर रजौरेले बताउनु भयो । उहाँका अनुसार सिर्जना घरमा आएको भोलिपल्ट विष सेवन गरेको बुझिएको छ ।
नेपाली सेनाको साँस्कृतिक विभागमा नृत्यांगनाका रूपमा रहेकी उनी साँस्कृतिक कार्यक्रमका लागि काठमाडौं गएको र त्यो कार्यक्रमपछि बुटवल नगई सिधैँ घरमा आएकी थिइन् । सेनामा भर्ती भएकी छोरीको आत्महत्याको घट्नाले परिवार र गाउँ शोकमा ढुबेको छ । मृतक सिर्जनाका आमा बाबु र एक भाइ घरमै छन् ।
पाल्पामा रहेको चण्डिप्रसाद गणमा दरबन्दी रहेका उनी महिला ब्यारेक नभएका कारण उनी बुटवलस्थित नेपाली सेनाको २२ नं. बाहिनीमा काजमा रहेको परिवार स्रोतले बताएको छ ।

दलित संघको जिल्ला अध्यक्षमा मजाकोटी

बेसीशहर– दलित सेवा संघको जिल्ला अध्यक्षमा दलबहादुर मजाकोटी निर्वाचित हुनुभएको छ । सदरमुकाम बेसीशहरमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत् रूपमा मजाकोटी अध्यक्ष पदमा  मंसिर १० गते चयन हुनु भएको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा सोमबहादुर विक, सचिव सुकराम दुलाल, सहसचिव अर्जुन परियार र कोषाध्यक्ष हिरामाया मजाकोटीलाई चयन गरेको छ । समितिका सदस्यहरूमा अस्मिता अछामी, सिर्जना विक, सरना परियार, उन्नति देवकोटा(हिमाली), सरोज विक र चन्द्रकुमार विक चयन हुनु भएको सचिव सुकराम दुलाल बताउनु भएको छ । सम्पन्न अधिवेशनले गोपाल खाती, जमानसिंह दुलाल र मिना विश्वकर्मालाई सल्लाहकार तथा मानव संसाधान तथा स्रोत व्यवस्थापन उपसमितिमा प्रविना बसेल, वविता नेपाली र सिताराम बसेललाई चयन गरेको छ ।
अधिवशेनका प्रमुख अतिथि तथा दलित सेवा संघका केन्द्रीय महासचिव सञ्जुसिंह विश्वकर्माले नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । उहाँले निवर्तमान अध्यक्ष विवश बुढाथोकीले वधाई ज्ञापन गर्दै आगमी दिनमा अपनाउनु पर्ने तौरतरिका बारे नयाँ समितिलाई सुझाव दिनुभएको थियो । संघको अधिवेशनका अवसरमा दलित समुदायलाई राज्य सञ्चालन प्रणाली, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच सुनिश्चित गरिनुपर्ने विषयलाई मुख्य मुद्दाका रूपमा अघि बढाउने निर्णय गरेको जानकारीमा आएको छ ।
दलित सेवा संघले दलित समुदाय प्रतिका विद्यमान सबैखाले विभेदहरूको न्युनिकरण गर्ने गराउने, त्यसक्षेत्रमा चेतना अभिवृद्धि गर्न सचेतनाका कार्यक्रमहरू गर्ने र दलित समुदायका साझा मुद्धाहरूमा वहस, पैरवी र वकालत गर्ने आदि कार्य गर्दै आएको छ ।

आमाद्वारा छोरा बचाई दिन आग्रह


बेसीशहर– आफ्नो मृगौला पीडित छोराको उपचारमा सहयोग गरिदिन एक आमाले याचना गर्नु भएको छ । नेटा गाविस– ३ घर भई हाल बेसीशहर– ९ मा बस्दै आएका १४ बर्षीय किशोर सिजन खत्रीलाई बचाई दिन आग्रह गर्नु भएको हो । जनविकास माध्यामिक विद्यालयमा कक्षा– ७ मा अध्ययनरत उनको दुई वटै मृगौलामा खराबी आएको छ ।
काठमाडौ महारजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार चलिरहेको छ । उनका बुबाको गतवर्ष मृगौलामा खराबी भएर निधन भएको सिजनकी आमा पुनमले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बुबाको निधनपछि छोरामा पनि मृगौलामा खराबी देखियो भन्दै छोराको जीवन रक्षाका लागि सबैसँग याचनासमेत गर्नुभएको छ । । सिजनको उपचारका लागि अहिलेसम्म उसका मावलीतर्फबाट सहयोग जुटाउँदै आएको पुनमले बताउनुभयो । उहाँका अनुसार नेपाल बैंक लि.को ८१२ नम्बरको परिवारको खातामा सहयोग रकम जम्मा गर्न सकिन्छ ।
यसैविच, बेसीशहर– ९ स्थित अर्थली प्याराडाइज अंग्रेजी बोडिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरूले मृगौला पीडित किशोर सिजनलाई आर्थिक सहयोग गरेका छन । सो विद्यालयका विद्यार्थीहरूले खाजाखर्च बचाएर र त्यसमा शिक्षकहरूले केही थप गरी नौं हजार एकसय छवीस रुपैयाँ सिजनका आमा पुनम खत्रीलाई हन्तान्तरण गरिएको छ । विद्यालयका प्रिन्सिपल उद्धव घिमिरे र साहायक प्रिन्सिपल रञ्जिता अघिकारीले खत्रीलाई रकम हस्तान्तरण गर्नुभएको हो । प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुले खाजा खर्चबाट बचाएको रकममा र शिक्षकहरुबाट केही थप गरी पीडित परिवारलाई दिइएको बताउनुभयो । 
सबै क्षेत्रबाट यसैगरी सहयोग रकम दिइएमा आफ्नो छोराको उपचार हुने पीडित सिजनकी आमा पुनमले बताउदै सहयोगका लागि अनुरोध गर्नु भएको छ ।

पुस्तकालयका उम्मेदवारहरू


लमजुङ– बेसीशहर– ९ स्थित लक्ष्मीनारायण सामुदायिक पुस्ताकालयको नयाँ कार्य समितिका लागि हुन लागेको निर्वाचनमा ४० जना आकांक्षी देखिएका छन् । सो निर्वाचन यही मंसिर २२ गते हुँदैछ ।
पुस्ताकालय सञ्चालक समितिको १५ पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । तीमध्ये ११ जना महिला छन् । तेस्रो पटक तोकिएको अधिवेशनको सो दिनको उपस्थित संख्या जत्ति भए पनि गणपुरक संख्या पुग्ने विधानमा व्यवस्था रहेको जानकारीमा आएको छ ।
निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेकोमा ३ जनाले नाम फिर्ता लिएपछि ४० जना बाँकी रहेको पुस्तकालयका प्रमुख मधुसुधन अधिकारीले बताउनु भयो । उहाँका अनुसार समितिको अध्यक्ष हुनका लागि कार्यसमितिका १५ जना सदस्य  निर्वाचित भएर आउनु पर्दछ ।
उम्मेदवारी दिनेहरूमा पुस्तकालयको वर्तमान समितिका अध्यक्ष गणेश नेउपाने, उपाध्यक्ष द्वय तेजनारायण अधिकारी र नारायण घिमिरे, महासचिव शालिग्राम अधिकारी, कोषाध्यक्ष धर्मराज गौली हुनुहुन्छ । सो पुस्तकालयको सदस्य पदमा दावी गर्नेहरूमा अन्तरड्डका सम्पादक नवराज पहाडी, पत्रकार दिपक अधिकारी, हिमचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे, सोही संस्थाका कावा अध्यक्ष बेन सुयल, शिक्षक संघका जिल्ला अध्यक्ष शिवराज अधिकारी, आधिकारीक निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष पूर्णचन्द्र अधिकारी, अपाड्ड संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेल लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष दिपक पौडेल, लक्ष्मीनारायण साकोसका अध्यक्ष शोभा थापा, सोही साकोसका पूर्व अध्यक्ष पार्वती तामाङ, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष अमृता घिमिरे, वडानं– ९ की वडा संयोजक सीता श्रेष्ठ, महिला नेतृ मायादेवी पौडेल हुनुहुन्छ ।
यसैगरी, अन्य उम्मेदवारहरूमा बालकल्याण माविका प्रअ तीर्थराज न्यौपाने, पूर्वप्रअ देवीलाल श्रेष्ठ, दलित व्यक्तित्व गोपाल खाती, अधिवक्ता माधवप्रसाद वसौला, शिक्षक पुप्पसागर वराल, युवाकवि वन्धुराज अधिकारी, सामाजिक अभियन्ता विष्णु चिलुवाल, दिव्यराज अधिकारी, रेशम घिमिरे, किशोरकुमार वस्नेत र पदमबहादुर राउत हुनु भएको पुस्तकालय स्रोतले जनाएको छ । 
यसैगरी, ती पदमा दावी गर्नु हुने महिलाहरूमा घना दनाई खड्का, सीतादेवी पौडेल, विनिता वोहोरा, वुना कुमारी रिमाल, विमला राउत । लक्ष्मी रेग्मी प्रत्यासी हुनु भएको जानकारीमा आएको छ ।
स्मरणीय छ, उक्त पुस्तकालयमा रहेका साधारण सदस्यमा झण्डै दुई तिहाई संख्या नेपाली काँग्रेस समर्थकहरू रहेको र सोही दलको एक पक्षले अर्को पक्षलाई हराउनका लागि यति ठूलो संख्यामा उम्मेवादी परेको स्रोतको भनाई छ ।
पुस्तकालय सञ्चालनका लागि त्यस्ता संस्थाको भावना र मर्म बुझ्ने व्यक्तिहरूको खाँचो हुनुका साथै समय दिन सक्ने व्यक्ति हुन पनि उत्तिकै जरुरी हुन्छ । अबको नेतृत्व के कस्तो चयन गर्ने हो त्यो दिनका मतदाताले ठण्डा दिमागले सोच्न आवश्यक छ । नेतृत्वमा को आउने हो, त्यो मंसिर २२ गते निर्धारण हुने भएको छ ।

No comments:

Post a Comment