तीन संस्थाले पोखरामा नारायण गोपालको स्मृति दिवस मनाउने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, November 27, 2016

तीन संस्थाले पोखरामा नारायण गोपालको स्मृति दिवस मनाउने

तीन संस्थाले पोखरामा नारायण गोपालको स्मृति दिवस मनाउने

पोखरा, मङ्सिर १२ गते ।
पोखरामा व्रिmयाशील तीन ओटा साङ्गीतिक संस्थाहरुले संयुक्त रुपमा स्वर सम्राट् नारायण गोपालको स्मृति दिवस मनाउने भएका छन् ।
अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीले संयुक्त रुपमा नारायण गोपालको स्मृति दिवसको सन्दर्भ पारेर कार्यव्रmम गर्न लागेका हुन् । मङ्सिर १८ गते शनिबार पोखराकै फुलबारीस्थित जे.ई. म्युजिक एकेडेमीमा हुने कार्यव्रmममा स्वर सम्राट्का स्वरमा भएका गीतहरु नयाँ र पुराना डेढ दर्जन कलाकारहरुले गाउने जनाइएको छ ।
कार्यव्रmमलाई व्यवस्थित गर्नका लागि जे.ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजूको संयोजकत्वमा ११ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, सचिवमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, कोषाध्यक्षमा जे.ई. म्युजिककी इतु जोजिजू र सहसचिवमा अनुपमका रुपिन्द्र प्रभावी रहनुभएको छ । यस्तै, सदस्यहरुमा सुरज उपाध्याय, अल्पज्ञानी, पशुपति गुप्ता, लक्ष्मी गिरी, नरेन्द्रमान श्रेष्ठ र वीरेन्द्रमान पालिखे रहनुभएको छ ।
हरेक महिनाको पहिलो शनिबार संयुक्त रुपमा ‘सुगम सङ्गीत यात्रा’ नामक साङ्गीतिक अभियान सञ्चालन गरिरहेका तीन संस्थाले यस वर्षदेखि हरेक वर्ष नारायण गोपाल स्मृति दिवस मनाउने निर्णय गरेका हुन् ।
नेपाली साङ्गीतिक क्षेत्रका स्वर सम्राट् नारायण गोपालको जन्म वि. सं. १९९६ असोज १८ गते भएको थियो भने २०४७ मङ्सिर १९ गते निधन भएको थियो ।



No comments:

Post a Comment