टप्समा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न
पोखरा, मङ्सिर ८ गते ।
पोखराको रामघाटस्थित टप्स उमाविमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा भाग लिएका थिए । विद्यार्थीहरुले फिल्ड र ट्रयाकका विभिन्न इभेन्टहरुमा भाग लिएका विद्यालयका सुपरभाइजर चित्रकुमार गुरुङले जानकारी दिनुभयो ।
प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा विद्यार्थीहरुलाई विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा हाइजम्प, लङजम्प, सर्टपुट, विभिन्न दूरीका दौडहरु, रिले दौड, समावेश गरिएका थिए । नेपालकै खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको टप्पले हरेक वर्ष स्पोर्टस् मिट सञ्चालन गर्दै आएको छ । विद्यालयमा विभिन्न खेलका प्रशिक्षकहरुको व्यवस्था गरी पढाइसँगै स्वास्थ्यका लागि खेलकुको महत्त्वलाई आत्मसात् गरी खेलकुदका कार्यक्रम नियमित सञ्चालन हुँदै आएकोे प्राचार्य रत्नमान गुरुङले जनाउनुभयो । प्रतियोगिताका विजेता सदन र खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ ।

No comments:
Post a Comment