शुभकामना आदान प्रदानसँगै अनुपमको आय–व्यय सार्वजनिक
पोखरा, असोज १८ गते ।

कार्यव्रmममा संस्थाले गत जेठ १५ गते सम्पन्न गरेको तेस्रो अनुपम साङ्गीतिक साँझको आय–व्यय अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सार्वजनिक गर्नुभयो । उहाँले २ लाख ४४ हजार ५ सय रुपैयाँ आम्दानी तथा २ लाख ८ हजार रुपैयाँ खर्च भएको र ३६ हजार ५ सय रुपैयाँ बचत भएको जानकारी दिनुभयो । बचत रकममध्ये ५० प्रतिशत अनुपम अक्षय कोषको वृद्धिका लागि प्रयोग गरिने र ५० प्रतिशत रकमबाट गरिब, जेहेनदार र असहाय बाल बालिकाका लागि सङ्गीत र उद्घोषण कलाको तालिम प्रदान गरिने उहाँले जनाउनुभयो ।


अनुपम म्युजिकका सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा प्रमुख अतिथि पत्रकार तथा साहित्यकार बद्रिविनोद प्रतीकले नेपालमा मनाइने हरेक चाडहरु सबै नेपालीहरुको साझा चाड भएको बताउनुभयो । जुनसुकै सम्प्रदायको पर्व भए पनि ती सारा नेपाली नै भएकाले दसैँ, तिहार, छठ वा नेपाल संवत हिन्दु वा अन्यको भनेर वर्गीकरण गर्न नहुने उहाँको भनाइ थियो । नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा अनुपमले खेलेको भूमिकाको प्रतीकले प्रशंसा गर्नुभयो ।


सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घको सदस्यमा निर्वाचित हुनुभएकोमा गोमा ढकाललाई बधाईसहित सम्मान गरिएको थियो ।
No comments:
Post a Comment