लमजुङकाे सर्वाेदय सेवा आश्रमलाई मन्त्रालयको सम्मान - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, October 4, 2016

लमजुङकाे सर्वाेदय सेवा आश्रमलाई मन्त्रालयको सम्मान

लमजुङकाे सर्वाेदय सेवा आश्रमलाई मन्त्रालयको सम्मान

लमजुङ,  असोज १६ गते ।
विगत चार वर्षदेखि लमजुङको तार्कुघाटमा वृद्धाश्रम चलाइरहेको एक संस्था आइतबार महिला, समाज कल्याण तथा बालबालिका मन्त्रालयबाट सम्मानित भएको छ ।

२६औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा लमजुङ तार्कुघाटमा सञ्चालन भइरहेको लायन सर्वोदय जेष्ठ नागरिक आश्रमसम्मानित भएको हो । मन्त्रालयले प्रदान गरेको सम्मानपत्र आइतबार काठमाडौंको प्रज्ञा भवनमा एक विशेष कार्यक्रमका बीच संस्थाका अध्यक्ष कृष्णराज ओलियाले ग्रहण गरे ।
लायन्स क्लब अफ काठमाडौं सामाखुसीदुवारा सञ्चालित आश्रम चार वर्षअघि महायज्ञ गरेर स्थापित गरिएको हो । २ सय रोपनी जग्गामा फैलिएको आश्रममा हाल १५ जना वृद्धवृद्धाले आश्रम लिइरहेको संस्थाका सचिव मन बहादुर रोकाले जानकारी दिए ।
आश्रमलाई एलसिआइएफले समेत सहयोग गरेको सचिव रोकाले जानकारी दिए । आश्रममा ६० जना जेष्ठ नागरिकलाई आश्रय दिने लक्ष्य लिइएको उनले जानकारी दिए ।
साझा पाेस्टबाट साभार

No comments:

Post a Comment