थापाठाना–पोखरा सम्पर्क समाजद्वारा निःशुल्क स्वास्थ्य शिविर
पोखरा, असोज १७ गते ।
पर्वतको थापाठानाबाट पोखरा आई विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरुको संस्था थापाठाना–पोखरा सम्पर्क समाजले थापाठानामै एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
‘गुणस्तरीय जीवनको खोजीमा नयाँ ठाउँ तर एउटै गाउँ’ भन्ने भावनात्मक सम्बन्धसहित स्थापित समाजले गरेको शिविरमा ८ सयभन्दा बढीले स्थास्थ्य जाँच गराएका थिए । कास्की सेवा हस्पिटल र विन्ध्यवासिनी डेन्टल प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा विभिन्न १२ रोगका २५ जना विशेषज्ञहरुले स्वास्थ्य सेवा दिएका थिए । सो अवसरमा निःशुल्क रुपमै औषधी वितरण तथा एक्स रे सेवा पनि प्रदान गरिएको समाजका सचिव रमेश थापाले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि कास्की सेवा हस्पिटलका प्रबन्ध निर्देशक डा. पदमबहादुर खड्का, स्याङ्जाली सम्पर्क सदनका उपाध्यक्ष टेकनारायण पौडेललगायतले शुभकामना दिनुभएको थियो ।
No comments:
Post a Comment