मञ्जरीद्वारा लमजुङमा अभिनय कार्यशाला - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 7, 2016

मञ्जरीद्वारा लमजुङमा अभिनय कार्यशाला

मञ्जरीद्वारा लमजुङमा अभिनय कार्यशाला 

लमजुङ, भदौ २२ गते । 
लमजुङको पहिलो नाट्य संस्था मञ्जरी नाट्य समूहले ३ दिने अभियन कार्यशाला सम्पन्न गरेको छ । सदरमुकाम बेसीशहरमा युवा नाटककार तथा निर्देशक पुरु लम्सालले सहभागीहरुलाई नाटकमा अभियनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद जमिन्द्रमान घलेले मानव जीवन र समाज परिवर्तनमा नाटकको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले लमजुङमा पनि नाट्य संस्था खोलेर युवाहरुले उदाहरणीय कार्य गरेको भन्दै आफूले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नाटकमार्फत् दिइएका चेतना धेरै नागरिकले बुभ्mन सक्ने भएकाले कलाकारहरुलाई व्यवसायिक रुपमा लाग्न समेत आग्रह गर्नुभयो ।
प्रशिक्षक लम्सालले नाटकबाट धेरै कुरा सिक्न र सिकाउन सकिने बताउनुभयो । उहाँले नाटकमा राम्रो भविष्य रहेको भन्दै निरन्तर लाग्न र मेहनत गर्न सक्ने कलाकार सफल हुने बताउनुभयो । नेपाली कला र साहित्यका क्षेत्रमा धेरै उत्कृष्ट प्रतिभा जन्माउन सफल लमजुङमा आएर नाटकको प्रशिक्षण सञ्चालन गर्न पाएकोमा आफूलाई धेरै गौरव लागेको लम्सालको भनाइ थियो ।
आगामी दिनमा लमजुङमा नाटकका माध्यमबाट विभिन्न गतिविध सञ्चालन गरिने समूहका अध्यक्ष केदार बोहराले बताउनुभयो । 
नाट्य समुहमा रहेका सदस्य एवं कलाकारहरुमा लेखन तथा अभिनयमा थप गुणस्तर कायम गराउने कार्यशाला सफल हुने सहभागीहरुको विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका सहभागी सन्जोग लामिछानेले प्रशिक्षणपछि आफूमा नाटकका क्षेत्रमा कार्य गर्ने उत्साह र ज्ञान प्राप्त भएको बताउनुभयो ।
यस्तै अर्का सहभागी निर्मला परियारले प्रशिक्षणले आफ्नो कलाकार बन्ने सपनालाई थप ऊर्जा दिएको बताउनुभयो । 
मञ्जरी नाट्य समुहका अध्यक्ष केदार बोहोराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुवनसिंह परियारले गर्नुभएको थियो । 

No comments:

Post a Comment