रानाभाटको ‘आँसुको छाल’ लोकार्पण
पोखरा, असोज २ गते ।
कवि भीम रानाभाटको चौथो कृति ‘आँसुको छाल’ हाइकु सङ्ग्रह शनिबारदेखि बजारमा आएको छ । साहित्य शृङ्खला, पोखराको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारीवादी नेता टेकनाथ बरालले लोकार्पण गर्नुभयो ।
कृतिको समीक्षकद्वय असफल गौतम र शैलज पौडेलले परिचर्चा गर्नुभएको थियो । समीक्षकद्वयले पोखरामा अन्य विधाहरु राम्ररी फस्टाए पनि हाइकुमा देखिएको कमीलाई रानभाटको कृतिले एउटा ईंट्टा थप्ने विश्वास व्यक्त गर्नुभयो । हाइजिन रानभाटले आफू गीत, गजल, कवितामा कलम चलाइरहँदा हाइकुमा पनि साथी भाइको सङ्गतले कलम चलाउँदा चलाउँदै कृति नै तयार भएको बताउनुभयो । हाइकुको गम्भीरतालाई मध्यनजर गरेर लेखनमा अझै खारिनुपर्नेमा उहाँको जोड थियो ।
रानाभाटका यसअघि रगतका छिर्का (मुक्तक सङ्ग्रह), रङ, रगत र मान्छे (कविता सङ्ग्रह) र यही हो मेरो देश (मुक्तक सङ्ग्रह) प्रकाशित छन् ।
शृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यव्रmमको सञ्चालन राजेन्द्र पौडेलले गर्नुभएको थियो ।
No comments:
Post a Comment