टप्स सिर्जनशील समूहमा गौतम
पोखरा, असोज ४ गते ।
पोखराको रामघाटस्थित टप्स उच्च माविमा व्रिmयाशील टप्स सिर्जनशील समूहको मङ्गलबार सम्पन्न तेस्रो अधिवेशनले अन्जू गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समूहकी अध्यक्ष स्मृति झाको अध्यक्षतामा भएको अधिवेशनबाट उपाध्यक्षमा आकृति लामिछाने, सचिवमा रेश्मा तिवारी, कोषाध्यक्षमा सुमन त्रिपाठी र सहसचिवमा दिव्या गुरुङ सर्वसम्मत चयन भएका छन् । समितिका सदस्यहरुमा रोशन गुरुङ, प्रसूनदीप गुरुङ, समीर तिवारी, निरन्जन गुरुङ, निशा चापागार्इँ, अमिता गुरुङ, सीता गौतम, अपर्ना थापा, रोशन यादव र श्रेया केसी रहेका छन् ।
समूहको पहिलो बैठकले संरक्षकमा विद्यालयका संस्थापक÷प्राचार्य रत्नमान गुरुङ, शिक्षक संयोजकमा अर्जुनकुमार ढकाल र सल्लाहकारहरुमा विद्यालयका सुपरभाइजर चित्रकुमार गुरुङ, उच्च मावि संयोजक निर्मल सोती, अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख रमेश शर्मा, गणित विभागका प्रमुख जीतबहादुर खनाल, शिक्षक÷शिक्षिकाहरु सुजन थापा, रवि थापा, चेतमाया गुरुङ र मायादेवी पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
पूर्व शिक्षक तथा समूहका पूर्व संयोजक रुपिन्द्र प्रभावीको संयोजनमा भएको कार्यव्रmममा शिक्षक अर्जुन ढकाल, अभिषेक झा, निर्मल सोती, रमेश शर्मा, जीतबहादुर खनाललगायतले विद्यालयमा सिर्जनशील गतिविधि बढाउन समूहले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
समूहले विगत ३ वर्षदेखि टप्स साहित्य यात्रा, विभिन्न साहित्यकारहरुको जन्म जयन्ती, स्मृति दिवस र अन्य दिवसहरु मनाउने, कला, साहित्य र सङ्गीतसम्बन्धी प्रतियोगितालगायतका कार्यव्रmम सञ्चालन गर्दै आएको छ ।
No comments:
Post a Comment