सुगम सङ्गीत यात्रा देउराली फार्म हाउसमा
पोखरा, असोज २ गते ।
पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको १५ औँ शृङ्खला पोखराकै मझेरीपाटनस्थित देउराली फार्म हाउसमा सम्पन्न भएको छ ।

त्रिवेणीका प्रबन्ध निर्देशक सङ्गीतकार नवराज बरालको अध्यक्षतामा भएको कार्यव्रmममा जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक गायक रामभक्त जोजिजू, पशुपति गुप्ता, प्रमिला बराल, सुस्मिता चालिसे, रामविलास राई, विव्रmम बराल, नमुना कार्कीलगायतले आफ्ना साङ्गीतिक प्रस्तुती राख्नुभएको थियो ।

No comments:
Post a Comment