भेडीखर्के साइलालाई जन्मदिनमा सम्मान
नवराज पहाडी
लमजुङ । ठाडोभाका शिरोमणि भेडीखर्के साइलालाई ८४ वर्ष प्रवेशको शुभ अवसरमा सम्मान गरिएको छ । उहाँको निवास रहेको लमजुङको सुन्दरबजार नगरपालिकाको सुुन्दरबजार स्थित सयपत्री आवासीय माविमा आयोजना गरिएको भेडीखर्के साइलाको ८४औँ जन्मोत्सव एवम् सम्मान कार्यक्रममा शुक्रबार सम्मान गरिएको हो ।
लमजुङ क्याम्पसका प्रमुख लालप्रसाद अमगाईको प्रमुख अतिथ्यतामा भएको सम्मान कार्यक्रम ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजनामा भएको हो । सो अवसरमा प्रमुख अतिथि अमगाई, आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले दोसल्ला, सम्मान पत्र र टीकाका साथ उहाँलाई सम्मान गर्नु भएको हो । सो अवसरमा सयपत्री आवासीय माविले पनि भेडीखर्के साइला र ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई सम्मान गरेको थियो ।
ठाडोभाका शिरोमणि भेडीखर्के साइलाले लोकभाका, कला साहित्यको प्रवद्र्धनका क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै दोसल्ला ओढाई सो माविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले सम्मान गर्नु भएको हो । यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले लमजुङ जिल्लामा साहित्य, कला संस्कृतिको प्रवद्र्धन र पत्रकारिताका क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै ढाका टोली र टीका लगाएर प्रिन्सिपल शर्माले सम्मान गरेको बताउनु भयो ।
कर्यक्रममा प्रमुख अतिथि अमगाईले ठाडोभाकालाई धानको राजा बासमतीसँग तुलना गर्दै त्यो खाएर यही वर्ष सकेर विऊ पनि मासेमा अर्को वर्ष खान पाइन्न । त्यसैगरी ठाडोभाकाको गीतलाई पनि विऊको रुपमा विकसीत गरी यसको संरक्षण र प्रवद्र्धन कार्यमा आयोजक संस्थाले नेतृत्वदायि भूमिका खेलोस् भन्नुभयो । उहाँले लमजुङ संस्कृति, प्रकृति र साहित्यमा धनी भएको र यसले नेपालकै गौरव बढाउन सक्ने प्रचुर सम्भावना भएको हुँदा त्यसतर्फ लाग्न सबै जिल्लाबासीलाई आग्रह गर्दछु भन्नुभयो ।
कार्यक्रममा ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाले ठाडोभाकाको गीतमै आफ्नो मन्तव्य व्यक्त गर्दै विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा चर्चा गर्नु भयो । उहाँले आफ्नो शेषपछि ठाडोभाका मर्ने छैन भन्ने विश्वास यो प्रतिष्ठानका कार्यहरूले दिएको बताउदै सबैलाई धन्यवाद दिनु भएको थियो ।
सो अवसरमा कार्यक्रमका विशेष अतिथि कवि विश्वनाथ न्यौपानेले भोडीखर्के साइलाको योगदानमा प्रकाश पार्ने गरी लेख्नु भएको शुभकामना कविता वाचन गर्नु भएको थियो । त्यसैगरी, स्पन्दन साहित्य समाजका अध्यक्ष नवराज ढकालले ठाडोभाका लमजुङको सान र पहिचान हो भन्दै शुभकामना कविता वाचन गर्नु भयो । कार्यक्रममा सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले ठाडोभाकाको श्रीवृद्धिका लागि गायकको पहिचान सहितका विभिन्न कार्यमा आफ्नो विद्यालयले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमाख सयपत्री साहित्य संगीत क्लबका अध्यक्ष अभिषेक ढुंगाना सहितले शुभकामना व्यक्त गरेका थिए ।
ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष अमृता घिमिरेले स्वागत, सदस्य सञ्जोग लामिछानेले धन्यवाद ज्ञापन तथा सचिव कृष्ण आलेले सञ्चालन गर्नु भएको थियो ।
No comments:
Post a Comment