समाजसेवाका लागि डान्सपार्टी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, September 22, 2016

समाजसेवाका लागि डान्सपार्टी

समाजसेवाका लागि डान्सपार्टी

पाेखरा, असोज ६ गते । सुर्योदय डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टि आइतबार ओजोन डान्सबारमा भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त सन्डेज फन डान्स पार्टीबाट उठेको रकम अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको र विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको यात्राको लागि सहयोग गर्ने एकेडेमिका सदस्य सर्मिला बस्नेतले बताउनु भयो ।

उक्त सन्डेज फन डान्स पार्टिको मुख्य प्रायोजक जुगल इन्टरनेशनल ओभरशिज र अन्य सहयोगीहरु वेलकम बुटिक, नगेन आर्ट ग्यालरी, तिर मैन लिाई, जनएकता बचत तथा ऋण सहकारी संस्था लि., ब्लु स्काई प्याराग्लाइडिङ्ग, ए.बि.सी. मार्ट, ए. टी. जिम, लोयल हार्ट लगाएत ब्यक्तिहरु रहेको एकेडेमिका सदस्य निलम तामाङ्गले बताउनुभयो ।

मिडिया पार्टनरमा रेडियो जननी र नगेन न्युजडटकम रहेको जानकारी एकेडेमिका सदस्य सिम्रन राईले दिनुभयो ।

  सुर्योदय डान्स एकेडेमिले बिगतमा पनि भुकम्प पिडित र सडक बालबालिकाको लागि न्यानो कपडा, मृगौला रोगीलाई सहयोग, रक्तदान जस्ता विभिन्न काम गरेको जानकारी एकेडेमिका सदस्य आनिया तामाङ्गले दिनुभयो ।

उक्त डान्स पार्टिका सयोंजकहरु सर्मिला बस्नेत, आनिया तामाङ्ग,सिम्रन राई, निलम तामाङ्ग,सेलिना प्रबिन र बिनु गुरुङ्ग रहेका छन् । डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टि आइतबार ओजोन डान्सबारमा भव्यताका साथ सम्पन्न गरेको छ ।

No comments:

Post a Comment