‘मौसम हराएको देश’ नाटक पोखरामा मञ्चन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, August 25, 2016

‘मौसम हराएको देश’ नाटक पोखरामा मञ्चन



मौसम हराएको देशनाटक पोखरामा मञ्चन, पहिलो दिनमै नाट्यप्रेमीको प्रतिक्रियाले आयोजक उत्साहित 
राजाराम पौडेल
पोखरा, भदाै ९ गते ।
नाटक हेर्न पुगेका दर्शकले खचाखच भरिएको पोखरा उद्योग वाणिज्य संघको हलमा नाटक मौसम हराएको देशबिहिबार मञ्चन भएको छ । 
पोखरामा छुट्टै नाटकघर नभएको कारणले नियमित नाटक हेर्नबाट बन्चित नाट्यप्रेमीको नाटक हेर्ने चाहनालाई पञ्चामृत नाट्य समुहले पुरा गरेकोमा उनीहरु खुशी देखिन्थे । नाटक हेरीसकेपछि उनीहरुले समुहको यो प्रयासलाई खुलेरै प्रशंसा गरेका छन् । 
दर्शककाे प्रतिक्रियाले आयोजक उत्साहित भएका छन् । 
नाटकको भाद्र १० गते शुक्रबार र ११ गते शनिबार पनि पोखरा उद्योग वाणीज्य संघको हलमा मञ्चन हुने छ । शुक्रबार र शनिबारको मञ्चनमा पनि दर्शकको साथ पाउनेमा आयोजक विश्वस्त छन् । नाटकको मञ्चन दुवै दिन दिउँसो ३ बजेबाट पोखरा उद्योग वाणिज्य संघमा हुने छ ।
कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिलप्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीको अभिनय गरेका छन् । 
नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङलाई दिइएको छ । नाटकको सुत्रधार गोविन्द सिञ्जाली मगर हुन् भने सहनिर्देशन विष्णुप्रसाद गौतम, प्रकाश राकेश जंग पन्थी, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले पाएका छन् । नाटककार उदासीको यो १ सय ४ औ नाटक हो । यस अगाडी उदासीले १ सय ३ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् ।
नाटकको सूरुवात भुकम्पको परिवेशबाट हुन्छ । भुकम्प पछाडीको पुर्नस्थापित बस्तिबाट नाटक अगाडी बढ्छ । प्रकृती प्रेम र जीवन सर्घष नाटकमा देखाइएको नाटककार उदासीले जनाए । मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतीबाट हुने घात समेतलाई देखाउन खोजका छौँउनले भने । विभिन्न कारुणीक दृश्यको अलावा हाँस्य सामाग्री मार्फत समेत दर्शकले मनोरञ्जन लिएका थिए ।
पञ्चामृत नाट्य समुहको दोस्रोे प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिएको र पहिलो दिनको दर्शक सहभागिता र प्रतिक्रियाले आफुहरु उत्साहित भएको संयोजक परिवर्तनले बताए । 
पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । नाटक घर निर्माणको लागि जग्गा खोज्ने काम अगाडी बढेको छअध्यक्ष परिवर्तनको भनाइ छ । एकपछि अर्को गर्दे नाटक मञ्चन गर्ने समुहको योजना छ । नाटक मौसम हराएको देश मञ्चन प्रश्चात आगामी मंसीरमा अर्को नाटक मञ्चन गर्ने तयारी समुहले बनाएको छ । केही समयपश्चात्  सडक नाटक समेत देखाउने समूहले जनाएकाे छ ।

No comments:

Post a Comment