‘वारि जमुना पारि जमुना..’ का गायक खेमराजको निधन
काठमाडौं, भदौ ९ गते । ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक खेमराज गुरुङको ४२ वर्षको
उमेरमा बिहीबार निधन भएको छ ।

चिकित्सकहरुका अनुसार
उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो ।
थप उपचारका उनलाई
बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा
लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो
।
गायक गुरुङका जीवन,
जीवन (भाग २), अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।
-अनलाइन खबर डट कमबाट साभार
No comments:
Post a Comment