पोखरामा ‘मौसम हराएको देश’को खोजी
रुपिन्द्र प्रभावी
पोखरा, भदौ ७ गते ।
पोखरा साहित्य, कला र सङ्गीतको एक ऊर्वर भूमि मानिन्छ । यसका पछाडि यहाँका वाङ्मयसेवीहरुको कडा साधना कारक तत्त्व बनेको छ । यसका लागि यहाँको सुन्दर प्रकृतिले पनि उत्तिकै महत्त्व राख्दछ । एक समय थियो, पोखरा नाटकका लागि पनि निकै समृद्ध सहर मानिन्थ्यो । राष्ट्रिय स्तरमै यहाँका नाट्य गतिविधि र नाटकहरुले चर्चा पाउँथे तर साठीको दशकपछि यहाँको नाट्य गतिविधि शून्यप्रायः बन्यो । विगत २÷३ वर्षदेखि भने यहाँको नाट्य साख पुनःस्थापित गर्ने अभियानमा युवा पुस्ताको सव्रिmयाता लोभलाग्दो बन्दै गएको छ । खास गरी युथ व्रिmयसन थिएटर र पञ्चामृत नाट्य समूह यही कर्ममा सव्रिmय देखिएका छन् । यसैको अर्को प्रमाण पञ्चामृत नाट्य समूहले यही भदौ ९, १० र ११ गते मौसम हराएको देश नाटकबाट पनि प्रस्तुत गर्दै छ ।
सूत्रधारले ‘नाटक मञ्चन हुने सम्भावना ज्यादै न्युन छ’ भनेर घोषणा गरेपछि टाढा टाढादेखि नाटक हेर्ने अभिलाषा बोकेर आएका दर्शक नाटक मञ्चन गर्न दबाब दिन थल्छन् । त्यसपछि नाटक मञ्चन गर्न यसको व्यवस्थापन पक्ष बाध्य हुन्छ ।
नाटकको सुरुआत्मै नाटकीय लाग्ने यही दृश्यबाट सुरु हुन्छ– पञ्चामृत नाट्य समूहको दोस्रो प्रस्तुतिस्वरुप मञ्चन हुन लागेको नाटक ‘मौसम हराएको देश’ ।
यसअघि प्रस्तुत गरिएको नाटक पुलिस र प्यासको सफलताले हौसिएका पञ्चामृतका कलाकारहरु यस पटक अझ बढी आशावादी देखिएका छन् । पोखरामा नाटक मञ्चनका लागि सबैभन्दा बढी खड्किने समस्या भनेकै नाटक घर नहुनु हो । यस्ता समस्याका बाबजुद पनि कलाकारहरु उत्साहका साथ नाट्य कर्ममा लागिरहेका छन् । पञ्चामृतले नाटक घर निर्माणको घोषणासमेत गरिसकेको छ । के छन् त योजनाहरु ? समूहका अध्यक्ष परिवर्तन भन्नुहुन्छ, “समूहको अग्रसरतामा निर्माण हुने नाट्य घर निर्माणको सहयोगार्थ मङ्सिरमा अर्को नाटक मञ्चन गर्ने, सडक नाटक गर्ने र राजनीतिक दल तथा अन्य संस्थाहरुसँग अन्तरव्रिmया गर्ने योजनामा छौँ ।”
पञ्चामृतले नाटक घर निर्माणको योजना बुनिरहँदा यसअघि नै खुलेको अर्को नाट्य संस्था युथ व्रिmयसन थिएटर भने धमाधम नाटक घर निर्माणमा जुटिरहेको छ । हालै मात्र जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएको थिएटरले यसअघि दुई ओटा नाटक र एउटा कविता मञ्चन गरिसकेको छ । नाटककार कृष्ण उदासीको नाटक अन्तर्राष्ट्रिय रक्सी भट्टीबाट नाट्य क्षेत्रमा थिएटरले औपचारिक पाइला चालेको थियो । पोखराको रङ्गमञ्चको विकासका लागि धेरै नाट्य संस्थाहरु खोलिनुपर्ने धारणा राख्ने उदासी आफैँेले लेखेको नाटक मौसम हराएको देशको निर्देशनमा उदासी अहिले निकै व्यस्त हुनुहुन्छ ।
२०४४ सालमा आफैँले लेखेको नाटक आँसुको बदलाबाट अभिनयमा डेब्यु गर्नुभएका उदासीको मञ्चन हुन लागेको नाटक मौसम हराएको देश १०४ औँ नाटक हो । २०७२ वैशाख १२ को भूकम्पबाट पिडित एउटा बस्तीको कथामा नाटक केन्द्रित छ । पुनर्निर्माण र पुनःस्थापनाको प्रतीक्षामा बसेको बस्ती व्रmमशः जीर्ण बन्दै गएको मार्मिक कथा नाटकले बोकेको छ । युवाहरु विदेसिएका छन्, युवतीहरु दलालहरुको फन्दामा फसेका छन् । गाउँमा रहेका केही युवा पुस्ता पनि कुलतको दलदलमा भासिँदै गएका छन् । गाउँमा केवल बुढाबुढी छन् । मलामी जाने मान्छेसम्म छैनन् । गाउँमा छन् भने रोग, भोक र अभाव मात्र छन् तैपनि बाँच्नका लागि कठोर सङ्घर्ष गर्दै छ गाउँ । हिजोको सुन्दर गाउँ आज असुन्दर बन्दै गएको छ । यस्तै दर्दनाक यथार्थप्रति सचेत गराउने प्रयास नाटकले गरेको छ ।
अहिलेको समयमा आएर पनि माध्यमिक कालीन नाट्य शैली अपनाइएकोमा असन्तुष्ट नाटककार उदासी विदेशी नाटक अनुवाद गरेर मञ्चन गरेर मात्र नेपाली रङ्गमञ्च फस्टाउन नसक्ने विचार राख्नुहुन्छ । यो नाटक आफ्ना अन्य नाटकभन्दा फरक रहेको भन्दै यसले नेपाली नाटकमा मौलिक नाटकलाई प्राथमिकता दिनुपर्ने धारणाको विकास गर्ने नाटककार तथा निर्देशक उदासीको दाबी छ ।
वि. सं. २००६ तिरबाट सुरु भएको मानिने पोखरेली रङ्गमञ्च ३० को दशकदेखि झण्डै ६० को दशकभन्दा केही अघिसम्म निकै फस्टाएको मानिन्छ । त्यस अवधिमा पोखरामा डाँफे कला मन्दिर, प्रतिबिम्ब नाट्य समूह, क्षितिज नाट्य समूह, दीर्घजीवी नव प्रतिभा नाट्य परिवार, ओम कला मन्दिर, जमर्को प्रतिभा समूह, सिर्जनशील कला समूह, युवा नाट्य परिवार लगायत संस्थाहरुको सव्रिmयताले पोखरेली रङ्गमञ्चको साख राम्रैसँग उठेको पनि थियो तर त्यसपछि भने पोखरेली रङ्गमञ्च निकै सुस्तायो । युथ व्रिmयसन थिएटरले २०७० असार १४ र १५ मा अन्तर्राष्ट्रिय रक्सी भट्टी मञ्चन गरेपछि एक दशकसम्म सुस्ताएको पोखरेली रङ्गमञ्चले पुनर्जागरण पाएको रङ्गकर्मीहरुको भनाइ छ ।
पोखरामा नाटक देखाउन थिएटरबाहेक पनि प्रकाश, ध्वनिलगायतको समस्या टड्कारो छ । देश सङ्घीय गणतन्त्रमा प्रवेश गरिसकेको सन्दर्भमा समेत राज्य तहबाट राजधानीबाहिर यस्ता गतिविधिमा ध्यान नदिइनु बिडम्बना नै हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पनि पोखरेली रङ्गमञ्चलाई त्यति ध्यान दिन नसकेको मौसम हराएको देश नाटकका व्यवस्थापक, पुराना रङ्गकर्मी हेमन्त हितैषीको गुनासो छ ।
रेडियो नाटक हुँदै रङ्गमञ्चमा प्रवेश गरेको पञ्चामृतको दोस्रो नाटक पनि सफल हुने सो टिमको दाबी छ । नाटकमा केही अनुहारहरु दोहोरिएका छन् भने केही नयाँ कलाकारहरुलाई पनि प्रवेश गराइएको छ । परिवर्तन, सबु पाठक, दिल गुरुङ, शीतला अधिकारी, आशिष अधिकारी, निलम तामाङ, केशव क्षेत्री, रमेश तिमिल्सिना, प्रेम केसी, गोविन्द थापा, उज्ज्वल रेग्मी, आकाश दाहाल, अर्जुन रेग्मीको अभिनय रहेको छ भने रोम तामाङको सङ्गीत, राकेशजङ पन्थीको प्रकाश, विवश बाबुको प्रबन्ध र विष्णुप्रसाद गौतमको सह निर्देशन रहेको छ ।
नाट्य कर्म आफैँमा जटिल कर्म हो । डिजिटल जमानामा प्रत्यक्ष अभिनय गर्नु समय र खर्चका दृष्टिबाट पनि निकै चुनौतीपूर्ण छ । यद्यपि, यस क्षेत्रमा हिजोदेखि आजसम्म लाग्ने कलाकारहरुको अभाव भने छैन । प्रतिबद्ध भएर लाग्ने हो भने नाटकलाई दर्शकले राम्रै साथ पनि दिन्छन् । नाट्य इतिहासमा गौरवपूर्ण ढङ्गले नाम लेखाउन सफल पोखरेली रङ्गमञ्चलाई युवा पुस्ताले पुनर्जागृत गराउने लक्षण देखाएका छन् । देखासिकी वा अस्वस्थ प्रतिस्पर्धाका लागि मात्र भन्दा पनि निस्वार्थ ढङ्गले यस क्षेत्रमा लाग्ने हो भने पक्कै पनि पोखरेली रङ्गमञ्चले नयाँ ढङ्गबाट गौरवमय इतिहास रच्ने छ । कम्तिमा पनि इतिहासलाई निरन्तरता दिन सक्ने विश्वास गर्न सकिन्छ ।
No comments:
Post a Comment