राष्ट्रिय पुस्तक नीति–२०७३ को मस्यौदा
सार्वजनिक
काठमाडौं - पुस्तकालय दिवसको अबसर पारेर शिक्षा मन्त्रालयले राष्ट्रिय पुस्तक नीति–२०७३ को मस्यौदा सार्वजनिक गरेको छ । नवौं पुस्तकालय दिवसका अवसरमा भएको कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले मस्यौदा सार्वजनिक गरेका हुन् । उक्त मस्यौदा छलफल र सुझाबका लागि सार्वजनिक गरिएको जनाइएको छ ।
कार्यक्रममा
पुस्तकालय गुरु योजना र पुस्तकालय अभिलेख व्यवस्थापनको मस्यौदा पनि सार्वजनिक
गरिएको छ । सार्वजनिक गरिएका तीन वटै मस्यौदा छलफल र सुझाबका लागि १५ दिनसम्म
शिक्षा मन्त्रालयको वेवसाईटमा राखिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले
हरिगोविन्द लुईंटेल, डा. तुलसीप्रसाद भट्टराई र इन्दिरा दलीको
संयोजकत्वमा क्रमशः राष्ट्रिय पुस्तक नीति, पुस्तकालय
गुरु योजना र पुस्तकालय अभिलेख व्यवस्थापन कार्यदल गठन गरेको थियो ।
‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नारा सहित बुधबार मनाईएको पुस्तकालय
दिवसको औपचारिक कार्यक्रममा शिक्षा मन्त्री पौडेलले आम नागरिकबाट प्राप्त सुझाबका
आधारमा मस्यौदालाई आबस्यक परिमार्जन गरेर लागू गरिने बताए ।
एजेन्सी
No comments:
Post a Comment