एसएलसी ‘ग्रेड वृद्धि परीक्षा’को नतिजा सार्वजनिक
१५ भदौ, भक्तपुर । परीक्षा नियन्त्रण
कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी)काे स्तर वृद्धि
परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि
भएको जानकारी दिए ।
४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५
जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका
थिए ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ
हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी
हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए ।
कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको
थियो ।
एजेन्सीबाट
No comments:
Post a Comment