गजल पुरस्कार कपिललाई, सम्मान रविलाई
पोखरा, भदौ ११ गते ।
गजल प्रतिभा पुरस्कारबाट गजलकार कपिल शर्मा र गजल प्रतिभा सम्मानबाट रवि प्राञ्जललाई सम्मानित हुनुभएको छ । गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष शनिबार एक कार्यक्रमका बिच गजलकार शर्मा र सम्मान प्राञ्जललाई प्रदान गरिएको हो ।
गजललकार रवि प्राञ्जल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ र सन्ध्याका कार्यवाहक अध्यक्ष अमृत सुवेदीले दोसल्ला, सम्मान पत्र र नगदसहित गजलकार शर्मालाई पुरस्कृत गर्नुभयो । यसैगरी, कवि श्रेष्ठ, प्रतिभा छनौट समितिका संयोजक दीपक समीप र कावा अध्यक्ष सुवेदीले दोसल्ला र सम्मानपत्रसहित गजलकार प्राञ्जललाई सम्मान प्रदान गर्नुभयो ।
नेपाली साहित्यमा लोकप्रिय विधा गजलको छुट्टै महत्त्व र स्वाद रहेको सम्मानित गजलकार प्राञ्जलले बताउनुभयो । ‘नेपाली गजलमाथि धेरैले धेरै तरिकाबाट विश्लेषण गर्छन्, त्यो सबैलाई छुट छ,’ प्राञ्जलले भन्नुभयो, ‘गजलमा रहेका केही बहसका विषय छन् तर यो साहित्यमै शक्तिशाली विधा हो, जसमा लामा कथा, कविता, उपन्यासमा व्यक्त हुने विषय एक शेरमै व्यक्त हुन सक्छन् ।’ गजल विधाको विकास र प्रवद्र्धनमा क्रियाशील ओजिलो संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको प्राञ्जको भनाइ थियो ।
अर्का पुरस्कृत व्यक्तित्व शर्माले गजलको विधागत विकासमा लागेको संस्था र आफूले पनि गजल जान्ने, सिक्ने र नेतृत्व गर्ने अवसर पाएको संस्थाबाट पुरस्कृत हुन पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँले पुरस्कारले थप जिम्मेवार र सिर्जनशील हुन हौसला प्रदान गरेको बताउनुभयो ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आफू पनि विगतमा गजल लेख्ने गरेको र अहिले धेरै लेख्न नसके पनि गजलप्रेमी भएको बताउनुभयो । ‘सुरुसुरुमा गजलप्रति असाध्यै प्रेम थियो । गजल मन पथ्र्यो, लेखिन्थ्यो,’ उहाँले भन्नुभयो । गजलमा युवाहरुको बढी आकर्षण बढ्दै गएको बताउँदै श्रेष्ठले निरन्तर गजल विधामै क्रियाशील हुनु र निरन्तर कार्यक्रम गर्दै अघि बढ्नु सकारात्मक भएको बताउनुभयो । उहाँले पुरस्कार तथा सम्मानका कार्यक्रमले सर्जकको मनोबल बढाउने भनाइ भनाइ राख्नुभयो ।
प्रतिभा छनौट समितिका संयोजक दीपक समीपले पश्चिमाञ्चल क्षेत्रमा जन्मेका वा कर्म गर्दै आएका र गजल सङ्ग्रह प्रकाशित गरेका व्यक्तिहरुबाट शर्मा पुरस्कारका लागि र देशको कुनै पनि ठाउँमा रहेर नेपाली गजलमा विशेष योगदान पु¥याउने स्रष्टाहरुमध्येबाट कवि प्राञ्जललाई छनौट गरिएको बताउनुभयो । प्राञ्जलको परिचयसमेत प्रस्तुत गर्दै समीपले प्राञ्जल नेपाली साहित्य र गीत सङ्गीतको क्षेत्रमा विशिष्ट नाम भएको बताउनुभयो । २०३६ सालदेखि नै साहित्य यात्रा थालेका प्राञ्जलले गजल, कविता र कथामा कलम चलाएर सङ्ग्रह प्रकाशित गरेका र चर्चित गीत, गजल पनि बजारमा ल्याइसकेको बताउनुभयो ।
पुरस्कृत गजलकार शर्माको परिचय दिँदै निर्वतमान अध्यक्ष तथा प्रतिभा छनौट समितिका सदस्य उदीपराज ढुङ्गानाले कपिलले पश्चिमाञ्चल क्षेत्रलाई कर्मथलो बनाएर गजल, मुक्तक, कविता, नाटक र अभिनयमा आफ्नो विशिष्ट परिचय बनाउन सफल रहेको बताउनुभयो । तस्बिरमा दोसल्ला गजल सङ्ग्रह प्रकाशित गरेका शर्माले अहिले पोखरामा नाटकघर निर्माणको सपना देखेको उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषी, नवनीत साहित्य सागरका अध्यक्ष तथा प्रतिभा छनोट समिति सदस्य लक्ष्मण थापा, यसअघि पुरस्कृत व्यक्ति दनार्दन दाहाल, सरस्वती श्रेष्ठ ‘सरु’, ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल लगायतले शुभकामना दिनुभएको थियो । कावा अध्यक्ष अमृत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोहन भण्डारीले गर्नुभयो । पुरस्कार तथा सम्मान प्रदान कार्यक्रमसँगै भएको गजल वाचन शृङ्खलामा झण्डै २ दर्जन गजलकार गजल वाचन गरेका थिए ।

No comments:
Post a Comment