ठाडो भाकालेअसमसँग लगायो साहित्यिक मितेरी
लमजुङ, भदौ १४ गते ।
ठाडो भाका लोक कला प्रतिष्ठान नेपालको आयोजनामा नेपाल र असमका साहित्यकारहरुबिच साहित्यिक मितेरी समारोह शनिबार र आइतबार गरी दुई दिनसम्म लमजुङको बेसीसहरमा सञ्चालन भएको छ ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मातृकाप्रसाद खनाल, उपाध्यक्षद्वय लालुमाया गुरुङ र युवराज घिमिरेको अध्यक्षतामा पालैपालो विभिन्न सत्रमा भएको कार्यक्रममा कवि विजयराज न्यौपाने, गायिका माया गुरुङलगायतले आफ्ना प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा ठाडो भाका शिरोमणि भेडीखर्के साइँला र गायिका उत्तम गुरुङले प्रस्तुत गर्नुभएको ठाडो भाकाको दोहोरीबाट प्रभावित भएर असमका साहित्यकारहरुका
तर्फबाट साहित्यकार नव सापकोटा, मुन्नी सापकोटा र जयन्तीदेवीले ठाडो भाकाका गायक÷गायिकासँगै गायिका माया गुरुङलाई सम्मान गर्नुभएको थियो ।
आइतबार पर्यटन र साहित्यका विषयमा नेपालका तर्फबाट सहप्राध्यापक अङ्गराज घिमिरेले र असमका तर्फबाट हरि गजुरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद जमिन्द्रमान घलेले भूगोलका हिसाबले जहाँ रहे पनि नेपाली भाषा र साहित्यका माध्यमबाट विश्वका नेपालीहरुलाई एउटै परिवार जस्तो बनाएको बताउनुभयो । मितेरी साहित्यिक कार्यक्रम लमजुङमा हुनु गौरवको कुरा भएको बताउँदै यो एक ऐतिहासिक कार्यक्रम भएको बताउनुभयो ।
सो कार्यक्रममा प्रतिष्ठानका तर्फबाट असममा रहेर नेपाली साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार नव सापकोटा, डम्बर दाहाल, मदन थापा, टीकाराम उपाध्याय ‘निर्भीक’, दुर्गा खतिवडा, हरि गजुरेल, मुन्नी सापकोटा, बृजलाल शर्मा, कृष्ण क्षेत्री र मित्रदेव शर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संस्थाको परिचय दिनुभएको थियो ।
सो अवसरमा असमका तर्फबाट असम नेपाली साहित्य सभाका सभापति डम्बर दाहाल, उपसभापति तथा कार्यक्रम संयोजक मदन थापा, साहित्यकार नव सापकोटा, टीकाराम उपाध्याय ‘निर्भीक’, दुर्गा खतिवडा, जयन्तीकला देवी, कृष्ण क्षेत्री, चन्द्र लुइँटेल, हरि गजुरेल, मित्रदेव शर्मा, मन्नी सापकोटा, बृजलाल शर्मा, बसुन्धरा शर्मा,
उत्तम प्रधान, रुद्र ढुङ्गेल, हेमन्त भट्टराई, छविलाल निरोला, जमुना शर्मा, लेख गुरागाईँ र पङ्कज घोर्सानेले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । यस्तै नेपालका तर्फबाट नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष लोकचन्द्र खनाल, साहित्यकार तेजनारायण अधिकारी, अमृता असीम, ध्वज गुरुङ, सीता पौडेल, वासुदेव थापा, गायिका माया गुरुङ, सुधा पहाडी, अपूर्वराज पहाडीलगायतले आफ्ना प्रस्तुतीहरु राख्नुभएको थियो । सदस्य लोकचन्द्र खनालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।
अन्य तस्बिरहरु :
No comments:
Post a Comment