अन्तरङ्गको रजत उत्सव- तस्बिरसहित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 29, 2016

अन्तरङ्गको रजत उत्सव- तस्बिरसहित

अन्तरङ्गको रजत उत्सवमा विभिन्न व्यक्तिलाई सम्मान, मुक्तकमा सुनील प्रथम 

लमजुङ, भदौ १३ गते । लमजुङको जेठो पत्रिका अन्तरङ्ग साप्ताहिकले आफ्नो रजत उत्सवका अवसरमा विभिन्न व्यक्तिहरुलाई अन्तरङ्ग रजत उत्सव सम्मान २०७३ प्रदान गरेको छ ।
साहित्य, संस्कृति, समाजसेवा, पत्रकारिता, शिक्षा लगायत विभिन्न क्षेत्रमा व्रिmयाशील विभिन्न व्यक्तित्वहरुलाई संस्कृतिकर्मी चेतन कार्की, असमका साहित्यकार प्रा. टीकाराम उपाध्याय ‘निर्भीक’, ठाडो भाका शिरोमणि भेडीखर्के साइँला र सांसद जमिन्द्रमान घलेले सम्मान पत्र र दोसल्लार्ले  सम्मान गर्नुभयो । साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी, साहित्यकार मुरारी सग्देल, स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्णबहादुर आले, संस्कृतिकर्मी चेतन कार्की, पत्रकार कृष्णप्रसाद बाँस्तोला, साहित्यकारद्वय विश्वविनोद र शलिग्राम अधिकारी, सांसद जमिन्द्रमान घले, साहित्यकार रुद्रनिधि तिवारी, झपरबहादुर थापा, साहित्यकार तथा समाजसेवी कृष्णराज ओलिया, लक्ष्मीनारायण शिल्पकार (झण्डे बुढा) र संवाददाताद्वय सावित्री गुरुङ र जीतबहादुर गुरुङलाई पनि रजत उत्सव सम्मान प्रदान गरिएको थियो । यसै बिच, अन्तरङ्ग साप्ताहिकले रजत उत्सवकै अवसरमा आयोजना गरेको तेस्रो राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा काठमाडौँका सुनील अधिकारी प्रथम हुनुभएको छ । २ सय जना मुक्तककारहरुबाट छानिएका १२ जना मुक्तककारहरुमध्ये स्याङ्जाका मिलन समीर र रामेछापका जीवन खत्री व्रmमशः द्वितीय र तृतीय हुनुभएको छ भने स्याङ्जाकी सम्झना रेग्मी ‘सानु’ र बाग्लुङका विवश थापा ‘आँसु’ले सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २५ सय रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो ।
सोही कार्यव्रmममा साहित्यकार तथा पत्रकार नवराज पहाडीको मुक्तक सङ्ग्र्रह ‘रागको राप’ तथा असमका साहित्यकारहरु मदन थापाको ‘अक्षरको खेती’, मुन्नी सापकोटाको ‘जिङ्गो बाजेको आँसु’, हरि गजुरेलेको ‘मान्छेका कथा खोज्दै’ र हेमन्त भट्टराईको ‘कोपिलो’ कृतिको विमोचन गरिएको थियो ।
पत्रिकाका सम्पादक तथा प्रकाशक नवराज पहाडीको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, एमालेका जिल्ला अध्यक्ष धनन्जय दवाडी, नेकपा माओवादी (केन्द्र) जिल्ला संयोजक मोहनहरि पौडेल, प्रमुख जिल्ला अधिकारी मोहन जी.सी, कारागार शाखाका प्रमुख काजीमान सुनार, असम नेपाली साहित्य सभाका अध्यक्ष डम्बर दाहाल, नेपाल–असम मितेरी साहित्यिक समारोहका संयोजक मदन थापा, असमका साहित्यकार चन्द्र लुइँटेल, अन्तरङ्गकी व्यवस्थापक सुधा पहाडी, साहित्यकार मातृकाप्रसाद खनाल, गायिका लालुमाया गुरुङलगायतले आफ्ना अभिव्यक्ति राख्नुभएको थियो ।











































No comments:

Post a Comment