शब्दार्थबाट तीन कृति एक साथ विमोचन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 27, 2016

शब्दार्थबाट तीन कृति एक साथ विमोचन


शब्दार्थबाट तीन कृति एक साथ विमोचन
काठमाडौँ, भदौ ११ गते ।
 शब्दार्थ प्रकाशनको १२ औँ वर्ष प्रवेशको उपलक्ष्यमा विनयकुमार शर्मा नेपालद्वारा लिखित पुनरावृत्ति निबन्धसङ्ग्रह, मृत्युबोध कविता सङ्ग्रह र विनोदकुमार श्रेष्ठ रचित द स्प्रिङ लभ उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानमा एक साथ स्रष्टाको पुस्तक स्रष्टाबाटै भन्ने अभियानका साथ विमोचन गरिएका छन् ।
उक्त अवसरमा प्रा.डा. कृष्णप्रसाद दाहालले दर्शनको खुडकिला टेकेर विचारको तुलनात्मक तर्कवितर्क गर्दै बौद्धिकतामा पुनरावृत्तिले नयाँ बहस ल्याएको बताउनुभयो । डा. रामप्रसाद ज्ञवालीले मृत्युबोध भित्र जीवनबोधको शृङ्खला संयोजन दार्शनिक तरिकाले उत्कृष्ट शैलीमा बुनिएको र प्रशस्त बौद्धिक खुराक रहेको बताउनुभयो । डा. लेखप्रसाद निरौलाले शरीरले स्पाइनर कर्ड इन्जुरी भएर कम्मर तलको भाग नचले पनि दिमागले सशक्त उपन्यास लेखेकोमा लेखक श्रेष्ठको सरह्रना गर्नुभयो ।
सभापति र प्रमुख अतिथि कसैलाई नबनाइएको उक्त कार्यक्रम सञ्चालन दुर्गाप्रसाद नेपाल र साक्षीको रूपमा वयोवृद्ध कोषकार वसन्तकुमार शम्र्मा नेपाललाई राखिएको थियो भने स्वगत मन्तव्य कवि ठाकुर शर्माले गर्नु भएको थियो ।

No comments:

Post a Comment