समाचार - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, August 21, 2016

समाचार

ग्रामीण पर्यटनमा गाउँहरुकाे दौड


लमजुङ, भदाै ५ गते । ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको ल
मजुङमा अर्को ग्रामीण पर्यटकीय गाउँ जन्मिने तरखरमा छ । त्यो गाउँ हो रागिनास नगरपालिका– १३ स्थित रागिनासकोट गाउँ ।
रागिनासकोटमा भूकम्पको क्षतिपछिको पुनःनिर्माणसँगै होमस्टेका लागि तयारी थालिएको छ । पुनःनिर्माण सँगै अब  यो गाउँ पनि ग्रामिण पर्यटनको दौडमा लागेको पुनः निर्माण कार्यको संयोजन गरिरहेको सर्वोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भएको छ । उहाँका अनुसार स्थानीयवासीले गाउँमै सहयोग भित्र्याएर पुनःनिर्माणसँगै पर्यटकलाई आर्कषण गर्नका लागि होमस्टे(घरबास कार्यक्रम) अवधारणाका साथ पर्यटक भित्र्याउने तयारीमा जुटेका छन् ।

भुकम्पले भत्काएका रागिनासकोटका घरहरू मध्ये होमस्टे सञ्चालनका लागि १४ घरमा आधुनिक तवरबाट पुनःनिर्माण कार्य थालिएको छ । ती घरको बनोट स्थानीय महत्व झल्कने गरी बनाइएको छ भने एउटा परम्परागत घुमाउने घर समेत निर्माण गरिएको छ । आधुनिक घरमा स्थानीयवासी र अमेरीकी नागरिक नतसा वाजनियाकले लगानी गरेको सर्वोदयका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भएको छ । उहाँका अनुसार रागिनासकोटका १४ घर, १ आरोग्य भवन र १ सामुदायिक भवन निर्माणका लागि करिब १ करोड ५० लाख रकम नतसाले स्थानीयलाई सहयोग गरि सकेकी छन् । गत वर्ष भूकम्प गएपछि उनी आफै आएर यस गाउँको निरीक्षण गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे अनुसार सो कार्य गरिएको ओलिया बताउनु हुन्छ ।

लमजुङको रागिनास कोटबाट देखिने सूर्याेदय तथा सूयास्तको दृश्य अतिनै मनमोहक छ । रागिनासकोटको भ्रमणबाट फर्केका एक पर्यटक बेलायतकी टानाले बताइन् । उनले भनिन्, आफू भक्तपुरको नगरकोट पनि गएको तर त्यो स्थलभन्दा लमजुङको रागिनासकोटबाट सूर्योदयदेखिका सबै दृश्यहरू प्रष्ट देखिने रहेछ राम्रो लाग्यो । रागिनसकोट क्षेत्र प्रकृतिमा धनी मानिएको मनोरमस्थल हो । पर्यटककीय क्षेत्रको विकासका लागि  प्रचुरसम्भावना बोकेको रागिनासकोट पुग्दा जो कोहीलाई पनि फेरि आउँ आउँ लाग्छ । यहाँ पुराना बाईसे चौवीसे राजाका पालकाको दरबारको अवशेष पनि देख्न सकिन्छ रागिनास कोट ग्रामिण पर्यटन विकास समितिका अध्यक्ष खड्ग गुरुङले बताउनु भयो ।
रागिनासकोटबाट उत्तरतर्फ चाँदीझै टल्कने सुभ्र र सेता पंक्तिवद्ध भएर उभिएझै देखिने हिमश्रृङखलाहरु छन् । त्यस्तै अन्य भागमा खुलेर मुसुक्क मुस्कराइरहेजस्ता देखिने पहाडहरु छन् । बाईसे चौबीसे राज्य कालमा राजकुमार द्रब्य शाह बसेको स्थान पनि मानिन्छ । उकाली ओराली, नागबेली जस्तै बग्ने चेपे नदी, फूलजस्तै कोमल र सहृदयी स्वभावका मनकारी गाउँलेहरू आफ्नो गाउँमा आउने पाहुनालाई स्वागत गर्न दोबाटोसम्म पुग्ने गर्दछन् । त्यसो यो प्रचलन लमजुङका पर्यटकीय गाउँहरूको विशेषता नै हो । स्थानीय भेषभूषामा सजिएका महिला र पुरुष हातमा फूलमाला र अबीर लिएर पाहुनाको स्वागतार्थ खटिने गर्दछन् ।
प्राकृतिक सुन्दरताले युक्त भएर पनि भौगोलिक विकटताका कारण सधैँभरी पछि पार्न रागिनासकोटका वासिन्दाहरूलाई स्वीकार्य भएन र कस्सिए उनीहरू गाउँलाई पर्यटकीय गाउँ बनाउन ।
रागिनासकोटका १४ घरमध्ये हालसम्म ५ घरहरूको निर्माण कार्य पुरा भइसकेको छ । बाँकी घरहरू क्रमशः निर्माण गरिने भएको छ । गत वर्षको भदौबाट शुरु भएको पुनःनिर्माण यही वर्षको मंसीरमा सक्ने लक्ष्य छ । गाउँमा पुनःनिर्माण सकेलगत्तै होमस्टेको अवधारणा अनुसारको काम थाल्ने स्थानीयबासीको तयारी छ ।
ती घरहरूमा गाउँले तवरबाट पींढी, फलैंचा, आकासेपानीको व्यवस्थापनका लागि ट्याङक जडान गरिने र सडक बत्ती जडान गर्ने तयारीमा रहेको रागिनासकोट पुनःनिर्माणका कार्यक्रम संयोजक बिबेक पण्डितले बताएउनु भयो । उहाँका अनुसार रागिनासकोटमा रहेका केही पुरानाघरहरूलाई भने पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपमा सुरक्षितसँग छन् ।
रागिनासकोटमा पुनःनिर्माणसँगै वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भइरहेको छ । वातवरणमैत्री अवधारणा अनुसार गोबरग्यासँ, धुवाँरहित चुल्हो, फोहोरमैला र पानीको व्यवस्थापनका लागि कार्यहरू भइरहेको छ । प्रत्येक घरमा सोलार प्यानल जडान गरिने कार्यक्रम रहेको ओलियाले बताउनु भयो । उहाँका अनुसार गुरुङ जातिको वस्ती रहेको रागिनासकोटमा त्यस जातिको कला, संस्कृतिलाई जोगाउन संग्राहलय समेतको निर्माण कार्य गरिदैछ । सो स्थानमा बैशाख १२ गतेको भुकम्पलाई सम्झना गर्दै स्मारक समेत निर्माण गरिने भएको ओलिया बताउनु हुन्छ ।
रागिनासकोटबाट १ सय ८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत गरी १८ वटा हिमश्रृङ्खलाहरू देख्न सकिने रागिनासकोट पर्यटन व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताउनु भयो । उहाँँका अनुसार यस स्थानमा बाईसेचौवीसे राज्य शासनमा निर्माण गरिएको ऐतिहासिक रागिनसकोट किल्ला, अन्य कोट, किल्ला र गढी लगायतका इतिहास बोकेका स्थलहरू जीर्ण अवस्थामा छन् । त्यतिमात्र होइन यहाँ स्थानीय कालिका, कोटेश्वर महादेब, थानीमाई मन्दिर समेत रहेका छन् । सरसफाईप्रति सचेत गाउँलेहरू आफ्नो गाउँलाई चिरीच्याट्ट पारेका छन् । युवायुवती, आमासमूह, केटाकेटी, बुढाबूढी जो कोही पनि गाउँमा आएका पाहुनालाई स्वागत र विदाईमा खटिन्छन् । उनीहरूले पाहुनालाई सेलरोटी, साँधेको भटमास, कुखुराको मासु, गुन्द्रुक, टिमुरको चटनी, हरियो सागसब्जी, झिनियाँ लगायतका परिकार खुवाउँछन् ।
रागिनासकोटको पुनःनिर्माणसँगै एग्रोटुरीजम अवधारणा पनि सँगसँगै अघि बढ्ने भएको ओलियाले बताउनु भएको छ । उहाँका अनुसार ‘रागिनासकोटको तल्लो भागमा अलैंची खेती शुरुवात गरिएको छ, अर्को बर्षबाट राईनासकोटमा चियाखेती समेत गरिने योजना रहेकोछ ।’
रागिनासकोट लमजुङ प्रबेशद्वार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ ।

No comments:

Post a Comment