अन्तरङ्ग सम्वाददाता
लमजुङ– बेसीशहर नगरपालिकाले उत्कृष्ठ २० जना कृषकलाई जनही १० हजार नगद र सम्मानपत्रद्वारा सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कार’ कार्यक्रमबाट २० जना कृषकलाई असार ३१ गते सम्मान तथा पुरस्कृत गरेको हो ।
नगरपालिकाको कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको चालु आर्थिक बर्ष २०७७÷७८ को घोषित कार्यक्रम अन्तरगत नगर भित्रका २० जना कृषकलाई पुरस्कृत गरिएको हो । सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती तर्फ ९ जना, बाख्रापालन तर्फ ५, भैशी पालन तर्फ ३, घुम्ति गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा १÷१ जना कृषक छनोट भई पुरस्कृत भएको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताउनु भयो । उहाँका अनुसार सम्मानित हुनेहरूलाई जनही नगद १० हजारका साथमा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीका अनुसार पुरस्कृत हुनेमा तरकारी खेतीतर्फ बेसीशहर नगरपालिका– १ को नयाँगाउँका चित्रजङ गुरुङ, वडा नं– २ का सोमराज थापा, वडा नं– ८ का मायादेवी दनाई, वडा नं– १० का रामचन्द्र गुरुङ, दीपक गुरुङ, टम्बरबहादुर गुरुङ, हरि भण्डारी, वडा नं– ६ का प्रकाश थापा र वडा नं– ९ का विनिता खत्री हुनुहुन्छ ।
त्यस्तै, बाख्रापालनतर्फ सम्मान तथा पुरस्कृत हुनेहरूमा बेसीशहर नगरपालिका– ५ नाल्मका माया गुरुङ, वडा नं– १० कुप्लिङका वेनबहादुर गुरुङ, साधुँका आशबहादुर तामाङ, वडा नं– ११ कार्कीडाँडाका बिजय सिलवाल र वडा नं– १ उदिपुरका रोशन पन्त हुनुहुन्छ ।
भैंसी पालन कार्यक्रमतर्फ सम्मान तथा पुरस्कृत हुनेहरूमा बेसीशहर नगरपालिका– ७ भलुवाटारका निराज पौडेल, बन्थोकका तीर्थबहादुर बस्नेत र बेसीशहर नगरपालिका– ६ चनौटेका रामकाजी रावत हुनुहुन्छ तथा नगरपालिका घुम्ति गोठ भेडा पालन तर्फ बेसीशहर–१० पाग्रेक्यूका दिनेश गुरुङ र लोकल सुँगुर पालन तर्फ बेसीशहर नगरापलिका– २ नरुवाल पाखाथोकका यमबहादुर आले हुनु भएको के.सी.ले बताउनुभयो ।
नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच मेयर गुमानसिंह अर्यालले, उपमेयर लक्ष्मीदेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत जर्नादन अधिकारीले संयुक्त रुपमा किसानहरूलाई सम्मान गर्नु भएको हो ।
सम्मान पछि मेयर अर्यालले सीमित साधान र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताउनु भयो । मेयर अर्यालले जुन क्षेत्रमा लागेपनि व्यावसायिक रुपमा लाग्नु पर्ने भन्दै किसानहरूको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरिएको हो भन्नु भयो ।
सम्मानित कृषक रोशन पन्तले पुरस्कार तथा सम्मानले व्यवसायमा अघि बढ्न थप हौसला मिलेको बताउनु भयो । उहाँले वडा नम्बर १ उदिपुरमा बाख्रा पालन गर्दै आउनु भएको छ ।
पशु विकास शाखाका प्रमुख हरिबहादुर धितालले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा शाखाका प्रमुख एवम् उपसचिव किसानराज चिलुवाल, जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागिता थियो ।
No comments:
Post a Comment