कोरोना अपडेट : लमजुङमा आज ११ जनामात्र थप संक्रमण पुष्टि, बालबालिकामा संक्रमण तथा जिल्लामा मृत्यू शून्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 15, 2021

कोरोना अपडेट : लमजुङमा आज ११ जनामात्र थप संक्रमण पुष्टि, बालबालिकामा संक्रमण तथा जिल्लामा मृत्यू शून्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङ जिल्लामा आज थप २४ जनाले कोरोना जितेका छन् भने थप ३५ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । आज असार १ गते जिल्लामा मृत्यू शून्य छ । जिल्लामा कोरोना संक्रमितको कुल संख्या १६४८ पुगेको छ ।

        हिजोजस्तै आज पनि तीन पालिकामा मात्र संक्रमित देखिएका छन् । अर्को खुशीको खबर के छ भने आज बालबालिका संक्रमित भएका छैनन् । 

        आज बेसीशहर नगरपलिकामा बढी ९ जना संक्रमित फेला परेका छन । सुन्दरबजार नगरपालिका– ३ का ४२ वर्षका पुरुष, मध्य नेपाल नगरपालिका– ४ का २९ वर्षका पुरुष संक्रमित देखिएका छन् । 

        उमेरका हिसावले आज सबैभन्दा कममा २० वर्षका पुरुष र बढी उमेरमा ७६ वर्षीया महिला छन् । उनीहरू दुवै जना क्रमशः बेसीशहर नगरपालिका– २ र वडानं– ८ का हुन् । 

        आज बेसीशहर नगरपालिका– १ का ४८ वर्षका पुरुष, वडानं– २ का २० वर्षका पुरुष र ४९ वर्षीया महिला, वडानं– ७ का ६३ वर्षीया महिला, वडानं– ८ का ४०, ६२ र ७६ वर्षीया महिलाका साथै वडानं– १० का पनि २५ र २८ वर्षीया महिलामै संक्रमण पुष्टि हुन आएको छ ।  

No comments:

Post a Comment